Friday, September 20, 2019

डीटिएम अभुतपूर्व रुपमा सफल भयो, मेला गर्ब गर्न लायक :गोपालबाबु श्रेष्ठ

प्रकाशित मिति: 2019/04/30

बैशाख १७, काठमाण्डौ । गन्तव्य नेपाल ग्रुप अन्र्तगत गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टले गत बैशाख १३ र १४ गते डोमेस्टीक टुरिजम मार्ट(आन्तरीक पर्यटन मेला) आयोजना गरेको गर्यो । पर्यटकीय क्षेत्रको चिनारी, पर्यटन सम्बद्ध व्यावसायिक संघसंस्था, हस्तकला, ट्राभल ट्रेक लगायत पर्यटन सम्बद्ध १११ वटा स्टलको अवलोकनका लागि हजारौ उपस्थीत भए ।

पहिला देश अनि बिदेश भन्ने मुख्य नाराका साथ काठमाण्डौको भृकुटीमण्डपमा आयोजना गरिएको मेला मुलतः नेपाल चिनाउने अभियानको रुपमा कोशेढुंगा साबित भएको पर्यटन बिद्हरुले बताउने गरेका छन ।
मुख्यतः मुलुकभित्रका पर्यटकीय गन्तव्यको चिनारी र संस्कृति बुझाउने अभियानका रुपमा मेलालाई लिईरहँदा मेला सफल बनाउनका लागि ईभेन्ट म्यानेजमेन्टले बिभिन्न कमिटीहरु बनाएको थियो । जसमा गुडविल एम्बेसडरहरुले यसको प्रचारप्रसारमा उल्लेख्य योगदान पुर्याएका थिए ।
मेला कस्तो रह्यो र आगामी दिनमा कसरी अगाडि बढ्नुपर्छ भन्ने सन्दर्भमा गन्तव्य नेपाल टुरिजम एम्बेसडर गोपालबाबु श्रेष्ठ भेटिए, उनीसँगका केही सवाल ।
१. डोमेस्टीक टुरिजम मार्ट (डिटीएम) कस्तो रह्यो ?
निजी क्षेत्रबाट पहिलोपटक गन्तव्य नेपालले पर्यटन प्रर्वद्धन गर्नको लागि जुन कार्यक्रम गर्यो, यो अत्यन्तै सराह्निय छ । कार्यक्रम आयोजना गर्नु नै प्रमुख बिषय हुन सक्थ्यो, तर यहाँ उत्साहपूर्ण सहभागितका बिच कार्यक्रमले भिजन २०२० लाई समेत मार्गनिर्देश गर्ने गरी अगाडि बढ्यो । यस अर्थमा मेला अभुतपूर्व रुपमा सफल भयो, यो आफैमा गर्ब गर्न लायक भएको छ ।
२. सल्लाह के छ ?
सरकारले निकै ठुलो बजेट र तयारीका बिच कार्यक्रमहरु पनि कमजोरी मुक्त हुँदैनन, निजी क्षेत्रबाट भएका कार्यक्रममा चै कमजोरी नै नहुने भन्ने कुरा भएन । कसले कसरी हेर्ने भन्ने कुरा पनि होला । छोटो अवधीमा जेजसरी हतारका बिच कार्यक्रम भयो, यसको पूर्वतयारी पहिलादेखी नै हुन जरुरी छ । आगामी फेबु्रअरीमा दोस्रो मार्ट को आयोजना गर्ने कुरा गरिएको छ, यो आफैमा सहि निर्णय हो । पर्याप्त अभ्यास गर्ने समय पुग्छ, अर्कोकुरा यसको प्रचारप्रसार ७७ वटै जिल्ला समेट्ने भनिएको छ, त्यसको असर केकति पर्यो, मुल्यांकन गरिनु जरुरी छ ।
कार्यक्रमका सबै पाटो एउटै व्यक्तिले गर्न सक्दैन, ईभेन्ट म्यानेजमेन्ट भनिएपनि यसको प्राबिधीक र व्यवस्थापकिय पाटो बिषयबिज्ञको सहयोग जरुरी छ । अर्कोतर्फ राष्ट्रिय मिडिया मार्फत यसको प्रचारप्रसार हुन जरुरी छ ।

तपाईंको बिचार