Saturday, November 23, 2019

पर्यटकीय क्षेत्र नाम्चेमा पर्यटन सुरक्षा विषयमा छलफल

प्रकाशित मिति: 2019/05/02

काठमाडौँ, १९ वैशाख । स्वदेशी तथा विदेशी पर्यटकको सुरक्षाका लागि पर्यटक प्रहरीको आवश्यकता रहेको सरोकारवालाहरुले बताएका छन । 

बुधबार सोलुखुम्बुस्थीत जम्बला होटल नाम्चेमा भएको कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पर्यटक प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताईएको छ ।
सामुदायिक सेवा केन्द्र नाम्चेका अध्यक्ष लामाकाजी शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरुले हिमाल आरोहण गर्न आउने पर्यटकलाई अप्ठ्यारो पर्दा उद्दार गर्नका लागि पर्यटक प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउनुपर्नेमा जोड दिएका छन् । यस्तै, पर्यटक भ्रमण गर्न आउने समयलाई लक्षित पर्यटक प्रहरीको दरबन्दी समेत बढाउनुपर्ने बताए । 
कार्यक्रममा नाम्चे क्षेत्रका पर्यटन व्यवसायी, होटल व्यवसायी, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधी, स्थानीय जनप्रतिनिधीलगायत १५० भन्दा बढी व्यक्तिको सहभागीता रहेको थियो ।

तपाईंको बिचार