Friday, September 20, 2019

टान पर्यटन बोर्डको कारिन्दा होईन, अध्यक्ष दाहाल भन्छन,–‘टानको खातामा पैसा हराएको छैन’

प्रकाशित मिति: 2019/05/05

बैशाख , काठमाण्डौ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)मा    पदयात्रा क्षेत्रमा देखीएका समस्या, आर्थिक मुद्धा र टिम्सबापतको रकम प्राप्ती लगायतका बिषयमा छलफल गर्न एकमहिना अगाडी केन्द्रिय कार्यसमितीको बैठक बसेको थियो । यद्यपी पदाधिकारी र केन्द्रीय सदस्यहरुको मत बाझिएका कारण बिना निष्कर्ष छलफल टुंगिएको स्थीतीमा एक महिना अगाडि आईपुग्दा अहिले टान कार्यसमितीले के गरिरहेको छ, त बुझ्ने कोसिस गरेका छौ ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहाल सँगको कुराकानी ।
१. टानले अहिले के गरिरहेको छ ?
नियमित जे गर्नुपर्ने त्यही गरिरहेको छ, सचिवालयका कामहरु नियमित भईराखेका छन । २०२० भ्रमण बर्ष सफल बनाउन आवश्यक सहभागिताका लागि छलफल गरिएको छ । मन्त्रालय, बिभाग र बोर्डसँग छलफल गरिएको छ ।
२. टिम्स बिबाद के हो ?
ट्रेकिङ व्यावसायीहरुले ट्रेकिङ व्यावसाय गैरकानुनी रुपमा सञ्चालन भयो यसलाई नियमबद्ध बनाउन र राज्यलाई पनि करबृद्धि गर्न सकिने भनेर टिम्स ल्याईएको हो । तर केही बर्षयता टिम्स बापतको रकम कार्यन्वयन हुन सकिरहेको छैन ।
पर्यटन बोर्ड र टान बिचको सम्झौता पालना भएको छैन, टान चै पर्यटन बोर्डको कारिन्दा मात्रै भयो । यस्तोमा पर्यटन बोर्डका महानिर्देशक र उच्च पदस्थ पदाधिकारीहरुलाई पत्राचार गरेर बैठक बस्यौ, तर साझा धारणा आउन सकेन । यस्तोमा टान र बोर्ड नेतृत्व समेतको पहलमा उपसमिती बनाईएको छ । संभवतः एकमहिना भित्र टिम्स बापतको रकम जुन बोर्डमा रोकिराखेको छ, त्यो प्राप्त हुने बाटो खुल्नेछ ।
३. टानमा चरम आर्थिक अनियमितता छ, भनेर सदस्यहरु रिसाए नि ?
  खर्च पारदर्शी हुनुपर्छ भनेर साथीहरुले भन्नुभएको हो, त्यो राम्रै कुरा हो । तर टानको पैसा अर्कैको खातामा गयो कि, कसैले लुकाएर खायो की भन्ने कुरा चै शंका मात्रै हो । यसमा सत्यता छैन । निति निर्णय गर्दा खेरी कहिलेकाही बिचार नुपुगेको हुन सक्छ, कमीकमजोरी भेटिए सुर्धार्नुपर्छ, तर पैसा हराएको छैन ।

४. आगामी योजना के छ ?
 प्दयात्रा क्षेत्रलाई मर्यादित बनाउँने, पदयात्रा नियन्त्रीत निर्देशीत कम्पनी नियमअनुसार सञ्चालन गर्ने र एकल पदयात्राको अवशर पनि श्रृजना गर्ने गरि अगाडि बढेका छौ । बृक्षारोपण, अन्तर्राष्ट्रिय सगरमाथा दिवस, भ्रमण बर्ष सफल बनाउन कार्यक्रम, म्याराथन र २०१९ भित्रै एड्भेन्चर टुरिजम मार्ट गर्ने गरी अगाडि बढेका छौ ।

तपाईंको बिचार