Friday, September 20, 2019

लाजिम्पाटमा सुबिधा सम्पन्न माई ताई रेष्टुरेन्टको उद्घाटन

प्रकाशित मिति: 2019/05/12

बैशाख २९, काठमाण्डौ । काठमाण्डौको लाजिम्पाटमा ‘माई ताई रेष्टुरेन्ट एण्ड बार’ सञ्चालनमा आएको छ ।

शुक्रबार एक कार्यक्रमका बिच ‘फोर स्टार दी हिमालय होटल’ (पहिला ग्याङजुङ होटल) कोे पहिलो तलामा अवस्थीत माई ताईको नेपाल पर्यटन बोर्डका सञ्चालक समिती सदस्य दिपक महतले उद्घाटन गरेका थिए ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलिया, राष्ट्रिय पर्यटन पत्रकार संघ नाटोजका केन्द्रिय अध्यक्ष शिव अधिकारी अबिरल, पर्यटन व्यावसायी राजेन्द्र बजगाँई, शेर्पा संघका महासचिव संगम शेर्पा, गुरुङ पर्यटन व्यवसायी संघका अध्यक्ष कमला गुरुङ, डिटीएम संयोजक माधब प्रकास सुबेदी लगायतका पर्यटन क्षेत्रका व्यक्तिहरु, खेलाडी, पत्रकार लगायतको सहभागिता रहेको थियो । 

पर्यटन क्षेत्रका व्यक्तिहरुको उत्साहप्रद उपस्थीति भएको उक्त उद्घाटन कार्यक्रममा सहभागिहरुले निकै राम्रो कामको थालनी गरेको भन्दै प्रशंसा गरेका थिए ।
बिशेषतः नेपाली, ईन्डीएन, कन्टीनेन्टल र थाई खानाका परिकार माई ताईले प्रदान गर्नेछ भने थाई बक्सीङ खेलाडिहरुमा लोकप्रिय ‘मो आई थाई’ ककटेल र मकटेल पेय पदार्थ बिशेष आकर्षणको रुपमा  रहेको छ ।
सुबिधा सम्पन्न एसी हल, बर्थडे, पार्टी तथा अन्य बिभिन्न कार्यक्रमका लागि १५० जना क्षमताको सेमिनार हल समेत रहेको छ ।
१५ बर्षदेखी अनुभवप्राप्त सेफ, कलात्मक शान्त सुन्दर थाङ्का संस्कृतिको अनभुव समेत यहाँ पुग्ने आगन्तुकले अनुभव गर्न सक्नेछन । भित्र प्रवेश गर्ने बित्तिकै बिशाल गुम्बा आकृतिका रुम, मधुर शान्त बत्तीहरुमा फोर स्टार होटलकै मापदण्ड पुरा गरी माई ताई सजिएको छ ।
पर्यटन क्षेत्रमा २० बर्षभन्दा लामो समयदेखी सक्रिय बरिष्ठ युवा पर्यटन व्यवसायी, निट नेपालका केन्द्रिय उपाध्यक्ष तथा राष्ट्रिय पर्यटन पत्रकार संघ(नाटोज)का केन्द्रिय सल्लाहकार छेटुप तामाङ, पर्वतारोहण व्यावसायी निमा डि शेर्पा, नेपाल र दुबईका स्टार होटलमा लामो समय अनुभवी राजन भण्डारी लगायतको लगानीमा माई ताई रेष्टुरेन्ट तयार भएको हो ।
मध्यम र उच्च बर्गका लागि तयार भएको उक्त रेष्टुरेन्ट बिदेशीहरु माझ बिशेष लोकप्रिय रहने सञ्चालक छेटुप तामाङले बताए ।

तपाईंको बिचार