Tuesday, May 21, 2019

गन्तव्य नेपालले २० हजार भित्तेपात्रो बजारमा पठायो

प्रकाशित मिति: 2019/05/12

बैशाख २९, काठमाण्डौ । गन्तव्य नेपाल गु्रपले भित्तेपात्रो बजारमा ल्याएको छ ।

गन्तव्य नेपाल गु्रप अन्र्तगत हालसम्म भएगरेका पर्यटन क्षेत्र सुधार र सामाजिक रुपान्तरणमा खेलेको भुमिकालाई दृष्यचित्रबाट जानकारी दिने उदेश्यले भित्तेपात्रो बजारमा ल्याईएको गन्तव्य नेपाल गु्रपका अध्यक्ष शिव अधिकारी अबिरलले जानकारी दिए ।
पर्यटनको मुख्य गन्तव्य क्षेत्र ठमेलका सम्पुर्ण पर्यटन व्यवसायी, ट्राभल ट्रेकिङ कम्पनी, पर्यटकीय संघसंस्था लगायत सबैमा भित्तेपात्रो बितरण गरिने र यसका लागि २० हजार प्रति बजारमा पुर्याईने ग्रुपका अध्यक्ष अधिकारीले बताए ।
उनले गन्तव्य नेपाल पर्यटन क्षेत्रको बिकासमा डेढ दशकयता निरन्तर रुपमा सक्रिय रहेकाले पर्यटन क्षेत्रमा सकारात्मक उर्जा पैदा गर्न भित्तेपात्रो सफल हुने बताए ।

तपाईंको बिचार