Tuesday, May 21, 2019

डोमेस्टीक टुरिजम मार्ट सफल बनाएको भन्दै अध्यक्ष अधिकारी र संयोजक सुबेदी सम्मानित

प्रकाशित मिति: 2019/05/12

बैशाख २९, काठमाण्डौ । गन्तव्य नेपाल गु्रपका अध्यक्ष शिव अधिकारी अबिरल सम्मानित भएका छन ।
नेपालमै निजी क्षेत्रबाट पहिलोपटक आन्तरीक पर्यटन मेला (डोमेस्टीक टुरिजम मार्ट २०१९) डिटीएम सफलतापूर्वक सम्पन्न गरेको भन्दै गन्तव्य नेपाल गु्रप तथा डोमेस्टीक टुरिजम मार्टका अध्यक्ष अधिकारी र डिटीएम संयोजक माधबप्रकास सुबेदीलाई न्यूज लाईन्स मिडियाले सम्मानपत्रसहित आज सम्मान गरेको हो ।  
मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद पाण्डे लगायत उपस्थीत थिए ।  
न्यूज लाईन्स मिडियाले भनेको छ,– ‘२० लाख पर्यटक भित्राउने लक्ष्यको साथ नेपाल सरकारले घोषणा गरेको भ्रमण बर्ष सफल पार्ने उदेश्यको साथ ‘पहिला देश अनि बिदेश’ भन्ने मुल नाराका साथ देशकै पहिलो डोमेस्टीक टुरिजम मार्ट– २०१९ आफ्नो अध्यक्षतामा निजी स्तरबाट भव्य रुपमा सम्पन्न गरी देशभर पर्यटन मैत्री बातावरणबा सिर्जना गर्ने र देशको ईज्जत गौरब बढाउने तथा नेपालीहरुको एकताको लागि सक्रिय भुमिका जस्ता दर्जनौ कार्यमा पु¥याउनु भएको अतुलनिय योगदानको उच्च मुल्यांकन गर्दछौ ।’
सम्मान ग्रहणपछि बोल्दै अध्यक्ष शिव अधिकारी अबिरल ले सरकारको भिजन २०२० को लक्ष्य प्राप्त गर्न सम्मानले थप हौसला प्रदान गरेको भन्दै आगामी दिनमा अझै क्रियाशिल भएर लाग्ने भन्दै आयोजक संस्थालाई धन्यबाद दिए ।
डोमेस्टीक टुरिजम मार्ट गत बैशाख १३ र १४ गते काठमाण्डौको भृकुटीमण्डपमा हजारौ अवलोकनकर्ताले भ्रमण गरी सम्पन्न भएको थियो ।

 

तपाईंको बिचार