Friday, July 19, 2019

पर्यटक यातायात व्यावसायी भँडेल डायनामिक अवार्डबाट सम्मानित

प्रकाशित मिति: 2019/05/13

बैशाख ३०, काठमाण्डौ । नेपाल पर्यटक यातायात व्यावसायी संघका पूर्व केन्द्रिय अध्यक्ष तथा हाईवे स्टार टुर्सका प्रबन्ध निर्देशक मनोजकुमार श्रेष्ठ ‘भँडेल’ बिशेष पर्यटक यातायात डायनामिक अवार्डबाट सम्मानित भएका छन ।

आईतबार राजधानीमा न्यूज लाईन्स मिडियाले आफ्नो बार्षिकउत्सब कार्यक्रममा भँडेल यातायात क्षेत्रमा डायनामिक व्यक्तित्वको रुपमा उदाएको भन्दै  सम्मान गरेको हो ।
मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलाराज रेग्मी र पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले भँडेललाई संयुक्त रुपमा डायनामिक व्यक्तित्वका रुपमा सम्मान गरेका हुन ।
बरिष्ठ युवा पर्यटन व्यावसायी भँडेल पर्यटन क्षेत्रमा चर्चित पात्र हुन । 

तपाईंको बिचार