Tuesday, May 21, 2019

ठमेल परिषद्को नेतृत्वको लागि शर्मा, प्रधान र पन्तको दाबी

प्रकाशित मिति: 2019/05/15

जेठ १, काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को निर्वाचन नजिकिएसँगै ठमेल पर्यटन बिकास परिषद्का बर्तमान महासचिव भवि शर्मा, बर्तमान कार्यसमिती सदस्य अर्जुनलाल प्रधान र पूर्व महासचिव गोबिन्द पन्तबिच राजनीतिक रंगका बिच नै कडा प्रतिष्पर्धा हुने संकेत देखिएको छ ।

केही दिन अघि बसेको परिषद्को कार्यसमिति बैठकले निर्वाचन गर्ने निर्णय गरेसँगै अध्यक्षका दाबेदारका रुपमा शर्मा, प्रधान र पन्तको चर्चा सुरु भएको छ ।
२ बर्षे कार्यकाल समाप्त भएको २ महिना नाघिसक्दा पनि निर्वाचन घोषणा गर्न नसकेको भन्दै सदस्यहरुले साधारणसभा बोलाउन आग्रह गरेसँगै परिषद्ले अटेर गरेपछि परिषद् सदस्यहरु सिडिओ कार्यालयमा पुगेका थिए । यससँगै जिल्ला प्रशासन कार्यालयको दवाव पश्चात बाध्य भएर परिषद्ले निर्वाचन गर्ने निर्णय गरेको हो । ठमेलको बढ्दो राजनीतिक सरगर्मीका बिच अबको नेतृत्वले अहिले भोगिरहेको नेतृत्वको एकलबादी सोच अन्त्य गर्ने ढंगले अघि बढ्ने उमेद्धवारलाई आफुहरुले समर्थन गर्ने परिषद् सदस्यले बताए । निर्वाचन आफ्नो पक्षमा पार्नको लागि अध्यक्षका प्रत्यासी तिनै जना कम्मर कसेर लागेका छन । 

तपाईंको बिचार