Friday, October 18, 2019

समृद्ध ठमेलका पुराना अवतार :तेजेन्द्रनाथ श्रेष्ठ

प्रकाशित मिति: 2019/05/15

काठमाडौं । ठमेलका बरिष्ठ पर्यटन व्यवसायी तेजेन्द्र श्रेष्ठले समृद्ध ठमेल निर्माणमा आफुले कुनै कसर बाँकी नराख्ने बताएका छन ।

मंगलबार होटल यात्रीमा ठमेलको सुरक्षा र ट्राफिक व्यवस्थापन सम्बन्धि विशेष अन्तक्र्रिया कार्यक्रममा श्रेष्ठले अब यो वा त्यो बहानामा ठमेललाई समस्यामा पार्ने तत्वलाई परास्त गरिने चेतावनी दिए । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ र महानगरीय प्रहरी परिसर, टेकुसँगको समन्वयमा भएको कार्यक्रमको संयोजन श्रेष्ठले गरेका थिए ।
कार्यक्रममा ठमेलका घरधनी, पर्यटन व्यवसायी तथा पर्यटकीय संघसंस्थाका प्रतिनिधिहरुले आफ्नो सुझाव सल्लाह र गुनासो पोखेका थिए । उनीहरुले १९ महिनाअघि लागु गरिएको ‘फ्रि भेहिकल जोन’, पार्किङको समस्या तथा यहाँभित्र सञ्चालित अवैध गतिविधिलगायतका बारेमा सुझाव तथा गुनासो राखेका थिए ।  
ठमेल पर्यटन विकास परिषदका पूर्व अध्यक्ष श्रेष्ठले अव ढिलासुस्ती गरेर जनतालाई अल्मलाउनेहरुलाई ठिक पार्ने समय आएको बताए । ठमेलको बिकासमा अब आफुले नेतृत्वदायी भुमिका खेल्ने समेत उनले बताए ।  
समग्र मुलुककै अस्तित्व बोकेको ठमेलको विकासमा लाग्नु सबैको दायित्व भएको र आफु सधै यसकै लागि लागिरहेको भन्दै उनले फुटेर होईन जुटेर अघि बढ्न आग्रह गरे ।
महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले पर्यटकीय ठमेलको सुरक्षा संवेदनशिलताप्रति आफु जानकार रहेको भन्दै यस क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाउनका लागि नयाँ योजनाका साथ आफु लागिरहेको बताए ।  

तपाईंको बिचार