Monday, October 14, 2019

ठमेलमा सज्जीत चित्रकलामा सजिएको होटल आर्ट्स काठमाण्डौ

प्रकाशित मिति: 2019/05/16

जेठ २, काठमाण्डौ । शान्त र आरामदायी होटलको खोजीमा हुनुहुन्छ, ‘होटल आर्ट्स काठमाण्डौ’ तपाईको उपयुक्त खोजी हुनसक्छ ।

थ्रि स्टारको सुबिधा रहेको यस होटल सन २०१६ मा स्थापना भएको हो । सुबिधासम्पन्न ६० वटा रुम, कन्फ्रेन्स हल, गार्डेन रेष्टुरेन्ट, हेल्थ स्पा र डिलक्स रुम यसको प्रमुख बिशेषता हो ।
बिशेषतः बिदेशी पर्यटकहरुलाई केन्द्रीत गरेर स्थापना गरिएको यस होटलमा बिभिन्न आर्टचित्र हरु आर्कषणका रुपमा रहेको सञ्चालक चिरञ्जीबी भट्टले बताए ।
उनी आफैमा आर्टचित्रमा पोख्त व्यक्ति हुन, चित्रकलामा एमए सम्मको अध्ययन गरेका भट्ट हाल डक्टरेट (पिएचडी)को अध्ययनमा छन ।
शान्त शालिन स्वभावका उनीसँगै उनको चित्रकलालाई देखेर बिदेशीहरु मोहित हुने गर्दछन, जसलाई उनले होटल सञ्चालनको टुल्सका रुपमा प्रयोग गरेका छन ।
हालसम्म १६ वटा देशको भ्रमण गरीसकेका चिरञ्जीबीले निकट भबिश्यमा नै होटललाई थप ग्रेडिङ गर्ने योजना सुनाए । २५ बर्ष पर्यटनमा व्यतित गर्दै गर्दा आफुले पाएको सफलताले खुुसी नै छु, – उनले भने ।

 

तपाईंको बिचार