Saturday, August 24, 2019

नेपाल योग पर्यटनको लागि उत्कृष्ट गन्तव्य हो :योगाचार्य डा. सुबोध

प्रकाशित मिति: 2019/05/19

जेठ ५,  काठमाण्डौ । पूर्वीय दर्शनमा योगको महत्व मानब जिबनको लागि अपरिहार्य कर्मका रुपमा बर्णन गरिएको छ । बिशाल जनसमुदाय र भुगोल ओगट्ने योग कर्मबारे आममानिसमा पछिल्लो समय रुची बढेसँगै यसका अनुयायी पनि बढ्दै गएका छन ।

योगाचार्य डा. सुबोध सिंखडा हालै ठमेलमा भेटिए, नामुद योगगुरुका रुपमा परिचीत उनी बिशेषतः योग क्षेत्रलाई आफ्नो व्यावसायिक कर्म बनाउदै आएका छन ।
२०३२ सालमा धादिङमा जन्मिएका सिंखडा परिवारमा कान्छा छोरा हुन । २३ बर्ष योगबिधीमा बिताउँदै गर्दा सूरुका दिनमा योगप्रतिको रुची भने योग तथा प्राकृतिक चिकित्सा कालीमाटीमा छोटो  समयको तालिम पश्चात भएको थियो । एसएलसी, आइए, बिए जेजे पढ्नु थियो पढे । त्यसपछि योगअध्ययनका लागि उनी भारत पुगे, गुरुकुलबाट योग शिक्षामा मास्टर्सको उपाधि लिएका उनी हाल योग समाधीमा पिएचडी गरिरहेका छन ।
हिमालयन योग एकेडमीका माध्यमबाट उनले बिदेशी नागरिकहरुलाई योग अभ्यास गराउँदै आएका छन । हालसम्म दर्जनौ मुलुकको भ्रमण उनलाई योगले नै गराएको छ ।
उनको अर्को पाटो पनि छ, त्रिभुवन बिश्वबिद्यालय अन्र्तगत उनले योग शिक्षामा प्राध्यापन पनि गरिरहेका छन । नेपालमा पहिलोपटक उनकै नेतृत्वमा योग बिषयमा पिजी डिप्लोमा अध्ययन सुरु भएको छ ।
यसर्थ योगको प्राकृतिक ध्यान र अध्यापन उनको बर्तमानका परिचय हुन । उनै योगाचार्य डा. सुबोध सिंखडासँग गरिएका केही संबाद ।
१. योग के हो ?
जोड्नु हो । शरीर मन र आत्मालाई जोडेर सुख, शान्ति दिने काम नै योग हो ।
२. तपाईका लक्षित ग्राहक को हुन ?
बिदेशी नागरिक । नेपाल घुम्न आउने धेरै पर्यटकहरु पूर्वीय दर्शनमा रुची राख्छन । उनीहरुलाई योग अभ्यास गराउने गरेको छु । नेपाल योग पर्यटनको लागि उत्कृष्ट गन्तव्य हो । 
३. तपाईको भिजन के छ ?
पर्यटन क्षेत्रको स्थायित्वको लागि लागि परेको छु । पर्यटनमा प्रकृति, संस्कृति र दर्शनको मेल गराएर जबसम्म पर्यटन रहन्छ, तबसम्म नेपाल रहन्छ भन्ने मेरो बुझाई हो ।
४. सन्देश के छ ?
स्वस्थ जिबनका लागि पूर्वीय दर्शनमा आधारित योगअभ्यास गरौ ।
५. तपाई आफै चै खुसी हुनुहुन्छ ?
म अत्यन्त खुसी छु । जिबन जिउनु नै खुसी भएर हो, दुःखी नहुन आग्रह गर्छु ।

तपाईंको बिचार