Thursday, February 20, 2020

सगरमाथा आरोहणमा मृतकको संख्या १० पुग्यो

प्रकाशित मिति: 2019/05/26

१२ जेठ, काठमाडौं । सगरमाथा चढ्ने र ओर्लने आरोहीहरुको यतिबेला भिड बढेको छ । जसकारण आरोहणमा दुर्घटनामा मृत्यु हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो पटक ४४ वर्षीय ब्रिटिश नागरिक रोबिन हायन्स फिसरको मृत्यु भएसँगै मृतकको संख्या १० पुगेको छ । । उनको शनिबार बिहान २८ हजार २१५ फिट उचाइमा मृत्यु भएको हो । 

चढ्ने र ओर्लिने आरोहीहरुको संख्या अत्यधिक बढ्दा बाटोमा घण्टौं रोकिनुपर्ने बाध्यता हुने गरेको छ । यसैका कारण पनि कतिपय आरोहीहरुको मृत्यु हुने गरेको छ ।
नेपाली शेर्पा गाइडहरुले ट्राफिक जाम हुने ठाउँलाई ‘मृत्यु क्षेत्र’ नाम दिएका छन् । उनीहरुले अहिले ट्राफिक जाम गम्भीर समस्या बनेको भन्दै नेपाल सरकारका अधिकारीहरुको ध्यानाकर्षण गराएका छन् ।
वसन्त ऋतुको यो ट्राफिक जाम सबैभन्दा खतरानाक थियो,’ हालै २२ मेमा सगरमाथा चढेका एक शेर्पा गाइड छिरिङ जाङ्गबु शेर्पाले भने, ‘धेरैजसो अतिरिक्त अक्सिजन सिलिण्डर नबोकेर सगरमाथा चढ्नेहरु नै बढी प्रभावित भएका छन् । उनीहरु अत्यधिक चिसो र हावाको कारण होइन, ट्राफिक जामकै कारण पीडित भए ।’

उनका अनुसार उनको आरोहण टोलीले अर्को एक आरोहीबाट अक्सिजन सिलिण्डर सापटी लिनुपरेको थियो । सापटी नपाएको भए ती आरोही मर्ने थिए ।
चौथो शिविरदेखि शिखिरसम्मका विभिन्न स्थानमा ट्राफिक जाम हुने गरेको आरोहीहरु बताउँछन् । 

तपाईंको बिचार