Tuesday, June 25, 2019

पूर्वको पर्यटकीय गन्तव्य ईलामको पानीटार

प्रकाशित मिति: 2019/05/26

जेठ १२, ईलाम । ईलाम पूर्वको प्राकृतिक मनोरम स्थलको रुपमा परिचित छ । यसमा इलाम जिल्लाकै महत्वपुर्ण पर्यटकीय गन्तब्य बनेको छ पानीटार! थुम्कै थुम्कामा फैलिएको देउमाई नगरपालीका ३ मा पर्दछ  पानीटार ।

रमणीय चियाबारीले जो कोहीको मन छुने गर्दछ । प्राकृतिक सौन्दर्यताले भरिएको पानीटार प्रचार प्रसारको अभावमा पछि परेको छ । इलाम सदरमुकाम बाट २५ किलोमिटर पश्चिममा अवस्थीत पानीटार चिया बगान साढे चार सय रोपनीमा फैलिएको छ । अझै पनि पानीटारको विषेषता धेरैलाई थाहा छैन।
नगरपालीकाले बाटो बिजुली खानेपानीलाई विकास निर्माणको पहिलो प्राथमीकतामा राखेको छ । चियाबारीको रमणीयता सँगै दृश्यावोलकन , मन्दीर र खेलमैदानले पनि धेरैको रोजाईमा पानीटार पर्न थालेको छ । झट्ट हेर्दा इलामको कन्यामको झल्को दिने पानीटार थुम्का थुम्काले रमणिय क्षेत्र वनभोज स्थलका लागि पनि सम्भावना बोकेको स्थान पनि हो। यहाँ चिया प्रसस्तै उत्पादन हुने गरेको छ।
पर्यटक तान्ने सम्भावना बोकेको पानीटारलाई प्रचारमा ल्याउँदै पुर्वाधार विकासमा पनि स्थानियले मेहेनेत गर्न थालेका छन्। देउमाई नगरपालीककाको मंगलबारे बजार बाट ३ किलो मिटर टाढाको पानीटार आसपास होमस्टे ब्यवस्थापनको पनि शुरुवात भएको छ । पानीटार सहित त्यस क्षेत्रका धार्मीक र पर्यटकीय स्थलमा आउने आगन्तुकलाई लक्षित गर्दे मंगलबारे ब्यवस्थीत होटल समेत खुल्न थालेका छन् ।

नगरपालीकाले होमस्टेको अवधारणा अगाडी सारेको छ। सडकको अवस्था सुधार गएकाले पनि यस क्षेत्रमा पर्यटक थपिदै जान थालेका छन्। पानीटारका डाँडाकाँडा बाट जिल्लाका विभिन्न स्थानसँगै तराईका फाँट समेत देख्न सकिन्छ। यस क्षेत्रमा छरिएर रहेका विभिन्न जातजातिको संस्कृतिले पनि यो क्षेत्र महत्वपूर्ण छ।

जिल्लामा पर्यटन विकासको लहर चले सँगै यहाका बासिन्दा पर्यटक भित्राउन कसिएका छन्। पानीटार आसपासका क्षेत्र पनि रमािणय प्राकृतिक सौन्दर्यले सजिएका छन्। दक्षिणतर्फ रहेका सिद्धिथुम्काडाँडा , अजम्बरेडाँडा जीतपुरको झ्याउँपोखरी , खान्द्रङ गुफा लगाएतका पर्यटकीय क्षेत्र पनि प्रसिद्ध छन्। अन्ततः यस क्षेत्रलाई पर्यटन पुर्वाधार विकास गर्न सके ईलामको मात्र होइन, नेपालकै महत्वपुर्ण पर्यटक स्थल बनाउन सकिन्छ ।

तपाईंको बिचार