Saturday, October 19, 2019

गन्तव्य नेपालको १५ औ बार्षिकोत्सव आज साँढे १ बजेबाट होटल अन्नपूर्णमा हुँदै

प्रकाशित मिति: 2019/05/28

जेठ १४, काठमाण्डौ । गन्तव्य नेपालको १५ औं बार्षिकोत्सव आज होटल अन्नपूर्णमा हुदैछ ।

नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आथित्यतामा हुने कार्यक्रममा बिभिन्न राजनीतिक दलका नेता, सांसद, पर्यटन बिभागका उच्च पदस्थ कर्मचारी, पर्यटन व्यावसायी, पत्रकार लगायतको सहभागिता रहने छ ।
दिउँसो १ः ३० बजे औपचारिक सुरुवात हुने कार्यक्रम आर्थिक समृद्धिको लागि पर्यटन भन्ने मुल नाराका साथ आयोजना गरिएको हो । कार्यक्रममा टुरिजम म्यान अफ दि ईयर २०१९ अवार्ड  लगायत पर्यटन क्षेत्र अन्र्तगत बिभिन्न बिधागत पर्यटन अवार्ड तथा गन्तव्य नेपाल पत्रकारिता पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
गन्तव्य नेपाल पर्यटन पत्रकारिताका क्षेत्रमा विगत डेढदशक यता क्रियाशिल रहेको छ ।

तपाईंको बिचार