Saturday, October 19, 2019

सोसिएसल सर्भिस लाईफ टाईम अचिभमेन्ट अवार्ड २०१९ बाट जगत गुरुङ सम्मानित

प्रकाशित मिति: 2019/05/30

 जेठ १६, काठमाण्डौ । गन्तव्य नेपाल सोसिएसल सर्भिस लाईफ टाईम अचिभमेन्ट अवार्ड २०१९ बाट समाजसेवी जगत बहादुर गुरुङ सम्मानित भएका छन ।  
नेपालका लागि ‘स्वास्थ्य र शिक्षा’ नामक संस्थाका माध्यमबाट गुरुङ सामाजिक सेवामा सक्रिय रहँदै आएका छन ।
नुवाकोट जिल्लालाई कर्मभुमी बनाएर अघि बढेका गुरुङले सुकमान मेमोरियल पोलिक्लिनीक स्थापना गरेका छन । जसबाट स्थानिय सर्बसाधारण नागरिकले सहज स्वास्थ्य सेवा पाईरहेका छन ।
यसका साथै स्थानिय ग्रामिण सडक निर्माण, ग्रामिण बिधुतीकरण, सामुदायिक भवन निर्माण, बिद्यालय तथा पर्यावरणका क्षेत्रमा उनले उल्लेख्य योगदान पुर्याएका छन । सामाजिक क्षेत्रमा उनले पुर्याएको योगदानको कदर गर्दै बिभिन्न सामाजिक संघसंस्थाबाट उनी सम्मानित भईसकेका छन । उनले सामाजिक रुपान्तरणमा खेलेको भुमिकालाई मुल्यांकन गर्दै गन्तव्य नेपालले आफ्नो १५ औँ बार्षिकोत्सवको अवसरमा सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अथिति नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  सोसिएल सर्भिस लाईफ टाईम अचिभमेन्ट अवार्ड २०१९ बाट गुरुङलाई सम्मानित गरेका हुन ।

 

तपाईंको बिचार