Saturday, August 24, 2019

इलामको पानीटार देउमाई चियाबगान कृषियोग्य भुमि बन्दै

प्रकाशित मिति: 2019/06/03

 जेठ २०, काठमाण्डौ । नेपाल कृषि प्रधान देश हो । नेपाल कृषि प्रधान मात्र होईन, धार्मिक, सांस्कृतिक पर्यटकीय स्थल भएको देश पनि हो । तर नेपाल बिश्वमा नै कृषि प्रदान देश भनेर चिनिएको छ । ईलाम जिल्लाकै महत्वपुर्ण कृषियोग्य भुमी बनेको छ पानीटार ।

देउमाई नगरपालिका ३ मा रहेको चिया बगानले भरिएको  यस क्षेत्र पर्यटक तान्ने मात्र होईन कृषिका लागि पनि उत्तिकै गतिलो गन्तव्य बनेको छ । ईलाम सदरमुकामबाट २५ किलोमिटर पश्चिममा अवस्थीत पानीटार चिया बगान साँढे चार सय रोपनीमा फैलिएको छ । यो ठाँउ कृषिका लागि उपयुक्त मानिदै आएको छ । चिया प्रशस्तै उत्पादन हुँदै आएको छ । सडकको अवस्था सुधार भएकाले पनि यस क्षेत्रमा कृषि क्षेत्रबाट निकै नै मुनाफा लिन सकिने त्यहाँका स्थानिय बासिन्दाहरु बताउँछन ।
यस क्षेत्रमा छरिएर रहेका बिभिन्न जातजातिको  संस्कृतिले पनि यो क्षेत्र महत्वपुर्ण छ । त्यसैले पनि कृषिलाई पहिलो प्राथमिकतामा लिएको त्यहाँका जानकारहरु बताउँछन । पानीटार देउमाई चियाबगान ईलाम जिल्लाको लागि मात्र होईन देश भरिकै उत्कृष्ट चिया बगान मानिदै आएको छ । अन्ततः यस पानीटार देउमाई चिया बगानलाई कृषि क्षेत्रबाट तिब्र रुपमा बिकास गर्न सकिएको खण्डमा यस क्षेत्रलाई ईलामको मात्र होईन नेपालकै  महत्वपुर्ण कृषियोग्य क्षेत्र बनाउन सकिन्छ । समृद्धिको यात्रामा दौडिनको लागि पानीटारलाई पनि सँगसँगै लैजानु आवश्यक छ ।

तपाईंको बिचार