Saturday, August 24, 2019

ठमेल परिषद्को मैदानमा उत्रिए प्रधान :बाम गठबन्धन र स्वतन्त्र व्यावसायीको समर्थन

प्रकाशित मिति: 2019/06/05

जेठ २२, काठमाडौं ।  यही जेठ २५ गते हुन गईरहेको ठमेल पर्यटन विकास परिषद् (टीटीडीसी) निर्वाचनमा परिषद्का बर्तमान कार्यसमिती सदस्य अर्जुनलाल प्रधानले उमेद्धवारी  दिएका छन ।

आज प्रधानले नेकपा समर्थीत व्यावसायी र स्वतन्त्र व्यावसायीको समर्थनमा उमेद्धवारी दर्ता गर्दैछन । ठमेल बिकास र सुधारका लागि एक दर्जन मुद्धासहित प्रधान मैदानमा छन । प्रधानले गन्तव्य नेपालसँग संक्षिप्त कुरा गर्दै आफुलाई ठमेलका घरधनी र व्यावसायी लगायत शुभचिन्तकहरुको अपार मायाका बिच आफ्नो नेतृत्वको उमेद्धवारी तय भएको बताए । 

को हुन अर्जुनलाल प्रधान ।
ठमेलका रैथाने प्रधान विगत तीन दशकदेखी नेपाली पर्यटन क्षेत्रमा संलग्न व्यक्ति हुन । बाल्यकाल देखी नै ठमेलको चित्र आफ्नै आँखाले हेर्दै र उतारचढाब भोग्दै यहाँसम्म आईपुग्दा यसबिचमा कोरिएका समृद्ध ठमेलका उनका आफ्नै सपनालाई मुर्तरुप दिन उनी लागि परेका छन । यसको अभ्यासका रुपमा लामो समयदेखी सामाजिक कार्यमा अग्रसर रहँदै आएका छन । यसका साथै खेलकुद पर्यटन र अन्तर्राष्ट्रिय बास्केटबल प्रतियोगितामा प्रबन्धकको रुपमा समेत भुमिका निर्वाह गरिसकेका व्यक्ति हुन । जो समृद्ध ठमेलको सपनासँग जोडिएका छन ।
यसैबिच ठमेल परिषद्को निर्वाचनको लागि परिषद्का बर्तमान उपाध्यक्ष प्रकाशनरसिंह राणाले पनि आजै उमेद्धवारी दर्ता गर्ने बताईएको छ ।

 

तपाईंको बिचार