Saturday, August 24, 2019

ठमेल परिषद्को निर्वाचनको लागि प्रधान समुहको प्यानल सार्वजनिक

प्रकाशित मिति: 2019/06/05

जेठ २२, काठमाडौं ।  यही जेठ २५ गते हुन गईरहेको ठमेल पर्यटन विकास परिषद् (टीटीडीसी) निर्वाचनमा परिषद्का बर्तमान कार्यसमिती सदस्य अर्जुनलाल प्रधानको समुहले मनोनयन दर्ता गरेको छ ।

प्रधान समुहको प्यानल अन्र्तगत उपाध्यक्षहरुमा टासी गुरुङ, महेश महर्जन, पाल्साङ गुरुङ महासचिवमा सहदेब धमला, सचिवमा बद्री तिमिल्सिना, कोषाध्यक्षमा पुण्यराम लगेजु रहेका छन ।
त्यसैगरी कार्यसमिती सदस्यहरुमा गोपाल गुरुङ, नरेन्द्र बहादुर श्रेष्ठ, रहेन्द्र प्रसाद प्रधान, बिनोद श्रेष्ठ, कुल्साङ दोर्जी लामा र राजन खरेल रहेका छन ।  प्रधान समुहलाई बाम गठबन्धन, स्वतन्त्र व्यावसायी र ठमेलका स्थानियको समर्थन रहेको बुझिएको छ ।

तपाईंको बिचार