Saturday, August 24, 2019

ठमेल परिषद्को नेतृत्वका लागि प्रधान, राणा र गुरुङको मनोनयन दर्ता

प्रकाशित मिति: 2019/06/05

जेठ २२, काठमाडौं ।  यही जेठ २५ गते हुन गईरहेको ठमेल पर्यटन विकास परिषद् (टीटीडीसी) निर्वाचनमा नेतृत्वका लागि बर्तमान कार्यसमिति सदस्य अर्जुनलाल प्रधान, बर्तमान उपाध्यक्ष प्रकाशनरसिंह राणा र बर्तमान अध्यक्ष समिर गुरुङले मनोनयन दर्ता गरेका छन ।
तिनै समुहले आफ्नो जितको सुनिश्चीतता भएको भन्दै   प्यानलसहित मनोनयन दर्ता गरेका हुन ।
यसैबिच प्रधान समुहको प्यानल अन्र्तगत उपाध्यक्षहरुमा टासी गुरुङ, महेश महर्जन, पाल्साङ गुरुङ महासचिवमा सहदेब धमला, सचिवमा बद्री तिमिल्सिना, कोषाध्यक्षमा पुण्यराम लगेजु रहेका छन ।
त्यस्तै कार्यसमिती सदस्यहरुमा गोपाल गुरुङ, नरेन्द्र बहादुर श्रेष्ठ, रहेन्द्र प्रसाद प्रधान, बिनोद श्रेष्ठ, कुल्साङ दोर्जी लामा र राजन खरेल रहेका छन ।  प्रधान समुहलाई बाम गठबन्धन, स्वतन्त्र व्यावसायी र ठमेलका स्थानियको समर्थन रहेको बुझिएको छ । राणाले आफु ठमेलको पुरानो व्यावसायी भएको जिकिर गर्दै नेतृत्वको लागि अग्रशर भएको बताए । त्यसैगरी गुरुङले ठमेलमा अझै धेरै गर्नुपर्ने भएकाले फेरी दोस्रो कार्यकालको लागि आफुले अग्रशरता देखाएको बताए ।

गुरुङ नेपाली कांग्रेस निकट हुन भने राणा अझै खुलेका छैनन ।

 

 

तपाईंको बिचार