Tuesday, June 25, 2019

प्रधान र राणाको उमेद्धवार परिचयात्मक कार्यक्रम सम्पन्न

प्रकाशित मिति: 2019/06/06

जेठ २३, काठमाण्डौ । ठमेल पर्यटन बिकास परिषद (टिटिडिसी)को यही २५ गते सम्पन्न हुन गईरहेको निर्वाचनको लागि अध्यक्षका प्रत्यासी अर्जुनलाल प्रधान र प्रकाशनरसिंह राणा समुहको परिचयात्मक कार्यक्रम सम्पन्न भएको  ।

ठमेल स्थीत दुई छुट्टाछुट्टै स्थानमा कार्यक्रममा ठमेल क्षेत्रका आम पर्यटन व्यावसायी, परिषद् सदस्य, पत्रकार तथा शुभेच्छुकहरुको उपस्थीति रहेको थियो ।
परिचयात्मक कार्यक्रममा प्रधान र राणा दुबैले आफ्नो जित निश्चीत भएको भन्दै समृद्ध ठमेल निर्माणका लागि अव सहि नेतृत्व चुन्ने बेला आएको बताए ।
प्रधान समुह
प्रधान समुहको प्यानल अन्र्तगत उपाध्यक्षहरुमा टासी गुरुङ, महेश महर्जन, पाल्साङ गुरुङ महासचिवमा सहदेब धमला, सचिवमा बद्री तिमिल्सिना, कोषाध्यक्षमा पुण्यराम लगेजु रहेका छन ।
त्यसैगरी कार्यसमिती सदस्यहरुमा गोपाल गुरुङ, नरेन्द्र बहादुर श्रेष्ठ, रहेन्द्र प्रसाद प्रधान, बिनोद श्रेष्ठ, कुल्साङ दोर्जी लामा र राजन खरेल रहेका छन ।   
राणा समुह
राणा प्यानलमा क्रमशः उपाध्यक्षहरुमा भविश्वर शर्मा, राजुमान डंगोल, गिता गुरुङ, महासचिवमा धु्रब अधिकारी, सचिव दवाङग तामाङ, कोषाध्यक्ष रामकुमार थपलिया, सदस्यहरुमा कर्मा घले, राजेन्द्र दुलाल, केशव बस्नेत, राजन श्रेष्ठ, दिनेश श्रेष्ठ, स्वब्नील शर्मा, रुपेश गुरुङ, महेशराज कोईराला सहितले मनोनयन दर्ता गराएका हुन । 

तपाईंको बिचार