Saturday, October 19, 2019

२१ औं शताब्दि अनुकुल ठमेल निर्माण गछौ :रामचन्द्र गिरी, सचिवका उमेद्धवार

प्रकाशित मिति: 2019/06/06

जेठ २३, काठमाण्डौ । ठमेल पर्यटन बिकास परिषद्को यही जेठ २५ गते हुन गईरहेको निर्वाचनको सन्दर्भमा ठमेलका चिरपरिचीत व्यक्तित्व तथा परिषद्का बर्तमान कार्यसमिती सदस्य रामचन्द्र गिरी (बिल्ला) ले सचिवको उमेद्धवारी घोषणा गरेसँगै चुनाबी मैदानमा उत्रिएका छन ।

ठमेललाई राम्रो, सुन्दर र सबैको ठमेल बनाउने अभियानमा आफुहरु ठमेलका घरधनी व्यावसायी, पर्यटन बिज्ञ सबैसँग सल्लाह सुझाब लिएर ठमेलमा रहेका बिकृती बिसंगतीलाई निरुत्साहित गर्नका लागि आफ्नो टिम लागिपर्ने बताए ।
एक अर्को प्रशंगमा गिरीले पूर्व कार्यसमिति र बर्तमान कार्यसमितीले थालनी गरेका कामलाई पुर्णता दिनको लागि र ठमेलमा पर्यटनमैत्री बातावरण सिर्जना गर्नको लागि नै समिर गुरुङको समुह प्रश्तुत भएकोले सबै परिषद् सम्बद्ध सदस्य तथा शुभचिन्तकहरुलाई आफ्नो अमुल्य मत प्रदान गरि हौसला प्रदान गर्नको लागि अनुरोध समेत गरेका छन ।
समिर गुरुङ समुहको घोषणापत्र
१) ठमेल क्षेत्रभित्र रहेका विकृति र विसंगतिहरुको अन्त्य गर्दै सम्पूर्ण जनसमुदायहरुलाई अमनचैन कायम गर्न । 
२) दीर्घकालीन विकासको योजनाहरुलाई शुरुआत गर्न । 
३) व्यवसायी घरधनी एवं पर्यटकहरुको हितमा चौकीदारको भूमिका निर्वाह गर्न । 
४) ठमेल क्षेत्रको विकास गर्न । 
५) यस कार्यकालमा रहेको अधुरा योजनालाई पुरा गर्न । 
६) २१ औं शताब्दिको विकसित ठमेल बनाउने सपनालाई पुरा गर्न

 

तपाईंको बिचार