Saturday, August 24, 2019

कुरा होईन काम गर्नका लागि हाम्रो उमेद्धवारी :रामकुमार थपलिया

प्रकाशित मिति: 2019/06/07

जेठ २४, काठमाण्डौ । ठमेल पर्यटन बिकास परिषद्९टिटिडिसी०को भोली २५ गते हुने निर्वाचनको तयारी अन्तीम चरणमा पुगेको छ । बर्तमान अध्यक्ष समिर गुरुङ, कार्यसमिति सदस्य अर्जुनलाल प्रधान र बर्तमान उपाध्यक्ष प्रकाशनरसिंह राणा बिच नेतृत्वमा त्रिपक्षिय भिडन्त हुने देखीएको छ ।

प्रकाशनरसिंह राणा समुहबाट कोषाध्यक्षका उमेद्धवार बनेका छन । राम कुमार थपलिया ।
हाम्रो ठमेल राम्रो ठमेल भन्ने नाराका साथ चुनाबी मैदानमा उत्रिएका थपलिया ठमेलका नकारात्मक धारणालाई सकारात्मक बनाउँदै ढल व्यावस्थापन, बत्तीको तार व्यावस्थापन, पर्यटकीय नगरीको रुपमा बिश्वबजारमा फैलाउने र पर्यटक बसाई तथा सुरक्षा लम्बाउने बिषयमा आफ्नो समुह लागिपरेको बताएका छन ।
अघिल्लो समिर गुरुङ समुह पनि नेतृत्वको लागि मैदानमा रहँदै गर्दा राणा समुहको जित्ने आधार के भन्ने प्रश्नमा उनी यसरी प्रश्तुत भए ।
अघिल्लो कार्यकालमा कार्यसमिती भित्र बसेर अनुभव प्राप्त व्यक्तिहरुको हाम्रो टिम छ । पहिलो आधार यही हो ।
समिर गुरुङ समुहले ढल बनाए, बाटो बनाएँ भनेर जस लिन खोज्छन, उनीहरुले बिकास गरेको भए जनताले उनीहरुलाई नै सर्बसम्मत बनाईहाल्थे नी, किन चुनाबी मैदानमा हारगुहार गर्नुपथ्र्यो । उनीहरुले फेरी जित्ने कल्पना दिवा सपना मात्रै हो ।’ हारिन्छ की भनेर यहाँलाई डर पनि त लागेको होला नी रु
एकरति पनि छैन, हामी २ सय प्रतिशत ढुक्क छौ । चुनाब हामीलाई नै जिताउँछन ठमेलबासीले । जित्नुभएन भने चै के गर्नुहुन्छ रु‘ जिते नै भने पनि ठमेलकै बिकासमा जुट्छौ, जनताको मन जित्ने काम गरेपछि उहाँहरुले पनि त न्याय गर्नुहुन्छ, नी ।’
तपाईले भनेजस्तो अन्र्तघात चुनाबमा जहाँ पनि हुन्छ । यो चुनाबी प्रक्रिया नै हो । तर हामीलाई व्यावसायीले अन्र्तघात गर्नुपर्ने केही कारण छैन, गर्नुहुन्न ।

तपाईंको बिचार