Saturday, August 24, 2019

ठमेल परिषद्को प्रचारप्रसारको अवधी समाप्त, उल्लंघन गरे कारबाही गर्छौ :निर्वाचन अधिकृत

प्रकाशित मिति: 2019/06/07

जेठ २४, काठमाण्डौ । ठमेल पर्यटन बिकास परिषद्को भोली २५ गते हुने निर्वाचनका लागि २४ घण्टे मौन अवधी सुरु भएको छ ।

ठमेल परिषद्मा अध्यक्षका लागि बर्तमान कार्यसमिती सदस्य अर्जुनलाल प्रधान, उपाध्यक्ष प्रकाशनरसिंह राणा र बर्तमान अध्यक्ष समिर गुरुङ चुनाबी मैदानमा छन । ठमेलको बिकासका लागि भन्दै त्रिपक्षीय नेतृत्व भिडन्त हुदै गर्दा तिब्र प्रचार भएको थियो, जुन आज बेलुकी ५ बजेबाट सकिएको छ ।
प्रमुख निर्वाचन अधिकृत हरी तिवारीले गन्तव्य नेपालसँग कुराकानी गर्दै आचारसंहिता उल्लंघन गर्नेलाई आवश्यक कारबाही गरिने बताए ।
उनले ठमेलका स्थानिय, व्यावसायी र परिषद् सदस्यहरुलाई स्वच्छ निर्वाचन बातावरणका लागि सहयोग गर्न समेत आह्वान गरे ।
निर्वाचन भोली मध्यान्नबाट नयाँबजारस्थीत मल्टीभेन्यूमा हुँदैछ ।

तपाईंको बिचार