Sunday, October 20, 2019

ठमेल परिषद्को अध्यक्षमा प्रधान प्यानललाई मतदान गर्न वाम व्यवसायी संगठको आह्वान

प्रकाशित मिति: 2019/06/07

काठमाडौं, २४ जेठ । तत्कालिन एमाले र माओवादी निकट व्यवसायीहरुको संगठन नेपाल पर्यटन व्यवसायी संगठन, नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन र पर्यटन व्यवसायी संगठनले ठमेल पर्यटन विकास परिषद्मा अर्जुनलाल प्रधान नेतृत्वको प्यानललाई मतदान गर्न आह्वान गरेको छ । 

परिषद्मा सर्वसम्मत अध्यक्ष चयनका लागि अधिकतम प्रयास गर्दा पनि सम्भव नभएकाले निर्वाचनमा जानु परेको भन्दै तीनै संगठनले यस्तो आह्वान गरेका हुन ।  नेपाल पर्यटन व्यवसायी संगठनका तर्पmबाट नवराज पाण्डे, राष्ट्रिय पर्यटन व्यवसायी संगठनका तर्फबाट पूर्णबहादुर कुँबर र पर्यटन व्यवसायी संगठनको तर्फबाट राजेन्द्रप्रसाद सापकोटाको संयुक्त कार्यदल बनाई सर्वसम्मत नेतृत्व चयनका लागि अधिकतम प्रयास गरिएको थियो । ठमेललाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य निर्माणका लागि प्रधान प्यानलको टिम सक्षम भएको उनीहरुको निष्कर्ष छ ।  

परिषद्को निर्वाचन भोली हँुदैछ । 

 

तपाईंको बिचार