Saturday, August 24, 2019

ठमेल परिषदमा बहुमत सदस्यसहित राणा समुह बिजयी

प्रकाशित मिति: 2019/06/09

जेठ २६, काठमाण्डौ । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा प्रकाशनरसिंह राणा बिजयी भएका छन । उनले ३३३ मत सहित बिजयी भएका हुन । राणाका निकटतम प्रतिद्धन्दी अर्जुनलाल प्रधानले २१३ र समिर गुरुङले ३६ मत ल्याए । उपाध्यक्षमा भविश्वर शर्मा, राजुमान डङ्गोल, र गिता गुरुङ विजयी भएका छन । महासचिवमा  ध्रुव अधिकारी विजयी भए । सचिवमा बद्रीप्रसाद तिमल्सिना विजयी भएका छन भने कोसाध्यक्षमा पुण्यराम लागेजु निर्वाचित भए ।

कार्यसमिती सदस्यहरुमा सुरेन्द्र श्रेष्ठ, दिनेश श्रेष्ठ, राजेन्द्र दुवाल, स्वप्निल शर्मा, रुपेश गुरुङ, कर्मा घले, केशव बस्नेत निर्वाचित भए । परिषद्को निर्वाचन हिजो जेठ २५ गते सम्पन्न भएको थियो । बिजयी हुनेहरुमा राणा प्यानलको बहुमत रहेको छ ।

 

तपाईंको बिचार