Saturday, August 24, 2019

परिषदमा सबैभन्दा बढि मत पाउने बस्नेत भन्छन,–‘ठमेलमा सार्बजनिक शौचालय बनाएरै छाड्छौ’

प्रकाशित मिति: 2019/06/09

जेठ २६, काठमाण्डौ । ठमेल पर्यटन बिकास परिषद्को निर्वाचनमा कार्यसमिती सदस्य केशब कुमार बस्नेत सबैभन्दा बढि मत ल्याएर बिजयी भएका छन । बस्नेत ३४१ मतसहित बिजयी भए ।

बिजयी भएसँगै उनले जुनसुकै हालतमा सार्बजनिक शौचालय निर्माणको आफ्नो एजेण्डा पुरा गर्न लागिपर्ने बताए । ‘ठमेल सुधारका हामी ठुला कुर गर्छौ, तर गर्न सकिने तर नगरिएका साना ठानिएका तिनै समस्याको सिकार पर्यटक बन्न बाध्य पारिए, अब त्यस्तो हुन दिईने छैन ।’
‘ बर्षातमा ढलसमस्या हुन्छ, तर दैनिक रुपमा सार्बजनिक शौचालय अभावमा पर्यटकले भोगेको सास्तीमा हाम्रो ध्यान जान सकेन, ठमेल वरीपरी नै घुम्न निस्कने पर्यटकले शौचालयको चिन्ता गरेर हिड्नुपर्ने स्थीती आफैमा लाजमर्दो हो, ठुला योजनाका कुरा नेतृत्वले गर्ला, तर यति भन्न चाहन्छु, कम्तीमा सार्वजनिक शौचालय निर्माण गर्न मेरो पहल रहनेछ, पुरा गरेरै छाड्छौ ।
ठमेल क्षेत्रमा १८ बर्षदेखी व्यापार गर्दै आएका बस्नेतले स्थानिय, परिषद् सदस्य र व्यावसायीले देखाएको सद्भाबप्रति धन्यबाद दिए ।
हिजो जेठ २५ गते भएको निर्वाचनमा प्रकाशनरसिंह राणा समुह निर्वाचित भएको छ । जसमा राणा प्यानलकै बस्नेत सबैभन्दा बढि मत पाउने व्यक्ति बनेका छन ।

तपाईंको बिचार