Sunday, October 20, 2019

नाट्टा र हानको संयुक्त कार्यदलको बैठक सम्पन्न

प्रकाशित मिति: 2019/06/09

काठमाडौं, २६ जेठ । नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) र होटल एसोसिएसन नेपाल (हान) का पूर्व अध्यक्ष परिषद्को संयुक्त बैठक सम्पन्न भएको छ । आज बसेको संयुक्त बैठकले पर्यटन क्षेत्रका समसामयिक विषयहरुमा समान धारणा बनाएर अघि बढ्ने निर्णय गरेको छ।  

यस बाहेक सरकारले नितिगत रुपमा पर्यटन क्षेत्रलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा मान्यता दिएपनि व्यवहारमा लागु नभएकोले त्यसका लागि पहल गर्ने । र नेपाल पर्यटन वोर्डमा पर्यटन क्षेत्रका वास्तविक पर्यटन व्यवसायीहरुको प्रतिनिधित्व गराउनुपर्ने तथा  वोर्डको पुर्नसंरचना गर्न विशेष पहल गर्ने निर्णय पनि गरेको छ। 

 बैठकमा नाट्टा र हानका पूर्व अध्यक्षहरुको सहभागिता रहेको थियो । त्यस्तै, बैठकले आगामी दिनमा पर्यटन क्षेत्रका नितिगत विषयवस्तुहरुमा सुधारका लागि नाट्टाका पूर्व अध्यक्ष परिषद्का संयोजक आरआर पाण्डे, नाट्टा अध्यक्ष सिएन पाण्डे र हान पूर्व अध्यक्ष परिषद्का संयोजक योगेन्द्र शाक्य र हान अध्यक्ष सिर्जना राणा सम्मिलित कार्यदल समेत गठन गरिएको छ। 

तपाईंको बिचार