Saturday, August 24, 2019

ठमेल परिषद्को बिजयी उमेद्धवारको र्याली आज दिउँसो ३:३० बजे त्रिदेबी मार्गबाट सुरु

प्रकाशित मिति: 2019/06/10

जेठ २७, काठमाण्डौ । ठमेल पर्यटन बिकास परिषद्को यही २५ गते सम्पन्न भएको निर्वाचनबाट बिजयी भएका प्रकाशनरसिंह समुह लगायतको बिजयी पदाधिकारीहरुको आज ठमेलको त्रिदेबीमार्गबाट बिजय र्याली हुने बताईएको छ । दिउँसो ३ः ३० बजेबाट सुरु हुने बिजयउत्सबमा ठमेलका परिषद् सम्बद्ध सदस्यहरु, ठमेलका घरधनी तथा व्यावसायीहरुलाई सहभागिता जनाउनको लागि प्रकाशनरसिंह राणा समुहका प्रचारप्रसार समितीका संयोजक रामशरण थपलियाले बताएका छन ।

थपलियाले गन्तव्य नेपालसँग संक्षिप्त कुराकानी गर्दै आज दिउँसो हुने र्यालीले ठमेलका सम्पूर्ण चोक तथा भुभागहरुको परिक्रमा गरि कोण सभामा परिणत हुने बताएका छन ।

तपाईंको बिचार