Friday, October 18, 2019

जिबनलाई निश्चल आँखाले हेर्नुस, सबै राम्रै पाउनुुहुनेछ :रामकुमार अधिकारी

प्रकाशित मिति: 2019/06/13

जेठ ३०, काठमाण्डौ । रामकुमार अधिकारी विगत तिन दशकयता नेपाली पर्यटन क्षेत्रमा स्थापित छन । सन १९९७ मा मारोन ट्रेक्स प्रालिको स्थापना गरेयता उनको उचाई अझ थपिएको छ । सन २००८ मा मारोन ट्रेडिङबाट व्यावसाय अझ बिस्तार गरेका अधिकारी नेपालमै पहिलो पटक जापानिज प्रबिधीको ‘सिलिका सिमेन्ट एडमिक्सचर’ भित्राउने व्यावसायी पनि हुन ।

एडमिक्सचर घर बनाउनको लागि प्रयोग हुने कंक्रिट हो, जुन जापानबाट सिधै उनले नेपाल आयात हुन्छ । आधुनिक संरचना निर्माणमा एडमिक्चरको ब्राण्ड भ्यालु सबैखाले निर्माण क्षेत्रमा बिशिष्टीकृत रहेको छ । राजधानीमा रहेका ट्रमा सेन्टर, आर्मी हेडक्वार्टर, ठुला व्यापारिक भवन र सिचाई भवनहरुमा उनले सेवा प्रदान गरेको सिलिका एडमिक्सचरकै बोलबाला रहेको छ ।
२०४५ ताका एसएलसी दिएपश्चात झापाको दमकबाट राजधानी आए । गाउँकै छिमेकीले उनलाई ठमेलमा असिस्टेन हेल्परको रुपमा हिमालयन जोर्निसमा जागिर लगाईदिए, त्यसपछि सुरु भयो उनको पर्यटनको पाईला । सुरुमा सहायक टुरगाईडको रुपमा काम गरे । जापानिज, अमेरिकनलाई लिएर डाँडाँपाखा घुमाउन निस्कीए, भाषाबोध उनलाई त्यतिबेलै भयो, जापानिज भाषा कम्मर कसेर सिके, अन्ततः टुर गाईड पनि भए । समयक्रमले उनले आफ्नै व्यावसायमा स्थापित हुनुपर्ने अवस्थाको खोजी हुँदै जाँदा मारोन ट्रेक्सको उत्पादन भएको उनको भनाई छ ।
कर्मशिल व्यक्तिलाई कर्मको खाँचो पनि नहुँदो रहेछ, सरकारले कृषि पर्यटन अगाडि बढाउने भनेर चर्चा गरिरहँदा उनी आफै भने जन्मथलो दमक आएका बखत भारतिय सिमासम्म जोडिने दमक– गौरादह हुलाकी सडककै किनारामा ‘मारोन मल्टीपल एग्रो फार्म’ सञ्चालन गरिरहेका छन । एग्रो पर्यटन, होमस्टे, अर्गानिक फिस फार्म र घरपालुवा जनावरको संगमको रुपमा उनको फार्म पूर्वबजारमा प्रचलित छ । त्यो भन्दा बढि उनले झापामै पहिलोपटक आफैले बजारीकरण गरिरहेको सिलिकाबाट बातावरण अनुकुल होमस्टे हाउस समेत निर्माण गरेका छन, जुन नमुना घरको रुपमा समेत रहेको छ ।
उनको यही जोश र सिर्जनशिलतालाई कदर गर्दै गन्तव्य नेपाल साप्ताहिकले आफ्नो १५ औ बार्षिकोत्सवको अवसर पारेर उत्कृष्ट पर्यटन व्यावसायीको रुपमा पर्यटन पुरस्कारबाट सम्मानित गरेको छ । जिबन जिउन पनि कला चाहिन्छ, सबैथोक भएर पनि जोकोही खुसी हुन सक्दैनन । यद्यपी म खुसी नै छु । ईन्डियन लाहुरेको छोरा, गाँउमा चल्तापुर्जा नै मान्छे हुन उनी, सानो छँदा लाहुरे बन्ने सपना समयक्रममा चलचित्रको हिरो अनि गायक बन्ने सपना हुँदै अन्ततः पर्यटन व्यावसायीको रुपमा स्थापित भएँ । समयक्रम सँगै फेरिएका सपनाहरुको फेहरिस्त पुरा गरेरै छाँडे । आफैले निर्माण गरेको चलचित्र एउटै मार्फत अभिनय पनि गरे, माण्डबी त्रिपाठी सँग गित पनि गाएँ, अनुभव नै सही कम्तीमा अफसोस मान्नु पर्ने अवस्थाबाट मुक्त भएँ, अब भन्नुस म किन दुःखी हुने ।
जिबन यात्राका क्रममा अमेरिका, बेलायत लगायत दर्जनौ मुलकको भ्रमण गरिसकेको छु, अरु जान परे जाँउला । जिबनलाई निश्चल आँखाले हेर्नुस, सबै राम्रै पाउनुुहुनेछ, खुसी त्यही छ, उनले भने ।

तपाईंको बिचार