Thursday, July 18, 2019

टान निर्वाचनको चहलपहल सुरु, अध्यक्षमा उत्रिए ७ जना जोशिला अनुहार

प्रकाशित मिति: 2019/06/17

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को चुनावी चहल पहल सुरु भएको छ । टान कार्यसमितिले आउदो सेप्टेम्बरको दोस्रो हप्ताभित्र निर्वाचन गर्ने तयारी थालेपछि   बजारमा चुनावी चहल पहल सुरु भएको हो ।

टानका कोषाध्यक्ष रामकृष्ण तिमिल्सीनाले गन्तव्य नेपालसँग संक्षिप्त कुराकानी गर्दै सेप्टेम्बर महिना भित्र नेतृत्व हस्तान्तरण गर्ने गरि आवश्यक तयारी थालेको जानकारी दिए । उनले टानका बिबिध समस्याहरुसँग जोडेर निर्वाचन धकेल्ने मोडमा आफुहरु नरहेको बताउँदै पर्यटकीय सीजनको पूर्वसन्ध्यामा नै निर्वाचन सम्पन्न गर्ने गरी नेतृत्व हस्तान्तरण गर्न आफुहरु लागिपरेको बताए ।

टानको आगामी नेतृत्वको लागि नेपाली कांग्रेस निकट नेपाल पर्यटन व्यावसायी संघ(नीट) सम्बद्ध व्यावसायीको तर्फबाट मकालु एड्भेञ्चरका संचालक मोहन लम्साल, टानका बर्तमान बरिष्ठ उपाध्यक्ष खुमबहादुर सुबेदी र माउण्टेन लिडर ट्रेकिङका संचालक केशव पाण्डेको नाम चर्चामा छ भने त्यस्तै नेकपा निकटका पर्यटन व्यावसायी संगठन नेपाल सम्बद्ध व्यावसायीको तर्फबाट आसाई ट्रेक्स एन्ड एक्सपिडिसनका संचालक कुमार थापा (अञ्जन) र आउटडोर हिमालयन ट्रेक्सका सञ्चालक राजेन्द्रप्रसाद सापकोटाको नाम चर्चामा छ । त्यसैगरी नेकपा निकट राष्ट्रिय पर्यटन व्यावसायी संगठनको तर्फबाट हिमालयन अनफुट्सका मुक्ति पाण्डे चर्चामा छन । त्यस्तै शेर्पा पर्यटन व्यावसायी संघको तर्फबाट संगम शेर्पाको नाम चर्चामा छ ।  यता व्यावसायीहरुले पदयात्रा पर्यटन व्यावसायमा अस्वस्थ प्रतिष्पर्धा र चरम समस्याहरुको समाधानको लागि टानमा सर्बसहमतिय नेतृत्व आवश्यक रहेको बताए ।

तपाईंको बिचार