Friday, June 23, 2017  |    

विश्व

भारत र पाकिस्तानका प्रधानमन्त्रीबिच भेट

जेठ २६, नयाँ दिल्ली । भारत र पाकिस्तानका प्रधानमन्त्रीबीच गएको १७ महिनापछि पहिलो पटक कजाकिस्तानमा भेट भएको छ । गएको १७ महिनापछि पहिलो पटक उहाँहरुबीच भेटघाट भएको जनाइएको छ ।


कतारले आत्मसमर्पण नगर्ने

जेठ २६, काठमाडौं । साउदी अरेबिया सहित आफ्ना अरब छिमेकी देशहरुबाट नाकाबन्दी बेहोरिरहेको कतारले दबाबका सामु आफ्नो विदेश नीति उसकै शब्दमा ‘आत्मसमर्पण’ नगर्ने जनाएको छ।


गोर्खा जनमुक्तिका कार्यकर्ता र सुरक्षाकर्मीको झडपपछि दार्जिलिङमा सेना परिचालन

गोर्खा जनमुक्तिका कार्यकर्ता र सुरक्षाकर्मीबीच झडपपछि दार्जिलिङमा सेना परिचालन गरिएको छ । तनावग्रस्त दार्जिलिङको अवस्थालाई मध्यनजर गरी एक टुकडी सेना तैनाथ गरिएको दार्जिलिङ पुलिसले जनाएको छ ।


सैनिक विमानको भग्नावशेष र शव फेला

१२२ यात्रु बोकेको सैनिक विमानको भग्नावशेष र शव फेला परेको बर्मेली सैनिकले जानकारी दिएको छ ।


कतारलाई किन एक्ल्याइयो

काठमाडौं । इस्लामिक स्टेट (आईएस) सहितका लडाकु समूहलाई सहयोग गरेको र क्षेत्रीय तथा आपसी मतभेद बढाउने गतिविधि गरेको आरोप लगाउँदै ७ मुलुकले कतारसँगको कूटनीतिक सम्बन्ध विच्छेद गरेका छन् ।


भारत उत्तरप्रदेशमा भयानक दुर्घटना, बसभित्रै जले २० यात्रु

जेठ २२, काठमाडौं । भारत उत्तर प्रदेशको बरेलीमा ट्रक र बस ठोक्किएर आगलागी हुँदा २० जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् । गएराति एक बजे यूपी रोडवेजको बस ट्रकसँग ठोक्किएपछि आगो लागेको थियो । आगो यति ठूलो थियो कि बसका सबै यात्रुहरु बाहिर निस्किनसमेत पाएनन् । २० जनाको घटनास्थलमै मृत्यु भएको थियो । आगलागी सुरु भएको करिब २०÷२५ मिनेटपछि घटनास्थलमा दमकल पुगेको थियो । आगो निभाउन्जेल बस र ट्रक पूरै जलिसकेका थिए ।


जापानी परिवारमा आर्थिक संकट आउन सक्ने

जापान । जापानका निजि वौद्दिक जमातले सन् २०३५ पछी जापानको एक चौथाई वृद्द परिवारमा आर्थिक कठिनाईको समस्या आईपर्ने विश्लेषण गरेका छन् ।


उत्तर कोरियाप्रति आक्रमक बन्दै अमेरिका र चीनसँगै अघि बढ्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा चिनियाँ राष्ट्रपति सि जिनपिङ्गबीच आज बिहान टेलिफोन वार्ता भएको छ ।


साउदी राजाको एसिया भ्रमणमा १५ सय मान्छेसहि ६ वटा बोइङ प्यासेन्जर जेट

२० फाल्गुन । आर्थिक सम्बन्ध बढाउने उद्देश्यले एक महिने लामो एसिया भ्रमण थालेका साउदी अरेबियाका राजा सलमान बुधबार इन्डोनेसिया पुगेका छन् ।


२०१८ का लागि रक्षा खर्चमा ५४ अर्ब डलर बृद्धि गर्ने ट्रम्पको घोषणा

फागुन १७, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा खर्चमा भारी बृद्धि गर्ने बताएका छन् । उनले २०१८ का लागि आफ्नो प्रस्तावित बजेटमा रक्षा खर्चमा ५४ अर्ब डलर बृद्धि गर्न चाहेका छन्, जुन कुल रक्षा खर्चको लगभग ९ प्रतिशत हो ।


भारतको ‘गोप्य आणविक सहर’

माघ २८, पाकिस्तान । पाकिस्तानको विदेश मन्त्रालयले बिहीबार सञ्चारमाध्यमसँगको नियमित कुराकानीमा भारतले ‘गोप्य आणविक सहर’ निर्माण गर्न लागेको दाबी गरेको छ ।


नाक उठाएरै पोखरीमा खसेका व्यक्तिले घण्टौंसम्म ज्यान बचाए

माघ २८ । अष्ट्रेलियाका एक व्यक्तिले पोखरीमा खसेपछि निकै मुश्किलले आफ्नो ज्यान बचाएका छन् ।


विश्वको सबै भन्दा महंगो भवन बिक्रिमा

अमेरिकाको लस एल्जलसमा रहेको संसारको सबैभन्दा भहंगो घर बिक्रिमा राखिएको छ। अहिले सम्मकै सबैभन्दा महंगो मुल्यमा राखिएको उक्त भवनको मुल्य २ सय ५० मिलियन अमेरिकी डलर रहेको छ। यसको नेपाली मुल्य २ खरब ५० अरब भन्दा बढी हुन्छ।


ट्रम्पलाई सल्लाहकारको सुझाब :पाकिस्तानविरुद्ध कठोर नीति लिनुपर्छ

माघ २६, काठमाडौं । वाशिङटनका मुख्य थिंक ट्याङ्कहरुले दक्षिण एशियाली मुस्लिम बहुल राष्ट्र पाकिस्तानप्रति कठोर नीति अख्तियार गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सुझाव दिएका छन् । यस सम्वन्धमा उनीहरुले राष्ट्रपतिलाई १८ पन्ने गोप्य रिपोर्ट बुझाएका छन् ।


सार्क बैठक भोलि काठमाडौंमा

माघ १८, काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० कार्यक्रम समितिको ५३औँ बैठक बुधबार काठमाडौंमा बस्दैछ।


ट्रम्पको निर्णय गैरकानुनी : राष्ट्रसङ्घको

माघ १८, जेनेभा । संयुक्त राष्ट्रसङ्घ मानवअधिकार प्रमुख जैयद विन राद जैयद अल हुसैनले अमेरिकी राष्ट्रपतिद्वारा अमेरिका भ्रमणमा खासगरी इस्लामिक मुलुकका विदेशीलाई लक्षित गरी लगाइएको प्रतिबन्ध गैरकानुनी भएको बताउनुभएको छ ।


आमा छोरीको रहस्यमय मृत्यु

माघ १७, मेलवर्न । अष्ट्रेलियाको मेलवर्नमा एक नेपाली महिला र उनकी ३ वर्षीया छोरीको रहस्मय मृत्यु भएको छ । घटनाका सम्वन्धमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।


अमेरिकाबाट मुस्लिम शरणार्थी फिर्ता गर्ने ट्रम्पको निर्णयमा अदालतको झड्का

माघ १६, काठमाडौं । अमेरिकामा रहेका शरणार्थीहरुलाई निर्वासित गर्ने राष्ट्रपति ट्रम्पको फैसलालाई एक अदालतले रोक लगाएको छ । यद्यपि यो अदालती रोक अस्थायी हो । द अमेरिकन सिभिल लिबर्टीज युनियन (एसीएलयू)मा ट्रम्पको आदेशविरुद्ध शनिबार उजुरी परेको थियो ।


ट्रम्पले बनाउने पर्खालको खर्च नबेर्होने मेक्सिको राष्ट्रपतिको घोषणा

माघ १३, काठमाडौं । अमेरिकाले मेक्सिकोको सीमा क्षेत्रमा बनाउने भनिएको पर्खालको खर्च नव्यहोर्ने मेक्सिकोले घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार मेक्सिकोको सीमामा पार गर्न नसकिने पर्खाल बनाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यो पर्खाल बनाउन लाग्ने अर्बौं रकम मेक्सिको सरकारले व्यहोर्नु पर्ने उनले बताएका छन् ।


ट्रम्पको निर्णयले नेपाल आउने सहयोग कटौती

माघ ११, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षित गर्भपतन गराउने र त्यससम्वन्धी सूचना दिने गैरसरकारी संस्थाहरुलाई दिने सहयोगमाथि प्रतिवन्ध लगाएका छन् । यसको प्रत्यक्ष असर नेपालमा पनि पर्नेछ । राष्ट्रपतिको पदभार सम्हालेको पहिलो दिन सोमबार ट्रम्पले कार्यकारी आदेश जारी गरेका हुन् । स्वास्थ्य क्षेत्रमा अमेरिका विश्वकै ठूलो दातृ निकाय हो । उसले अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग यूएस एआईडीमार्फत मात्र ३ अर्ब डलर खर्च गर्छ ।


ओबामाको बिदेश नितीमा ट्रम्पको झड्का, टिपीपी बाट बाहिर निस्कने आदेशमा हस्ताक्षर

माघ ११, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार सम्झौता ‘ट्रान्स प्यासिफिक पार्टनरशिप’ (टीपीपी) बाट बाहिर हुने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यो ब्यापार सम्झौतालाई पूर्व राष्ट्रपति बाराक ओबामाको एसिया नीतिको प्रमुख आधार मानिएको थियो ।


भारतको कानपुरमा रेल दुर्घटना गराउने मुख्य योजनाकार नेपाली, आइएसआईको संलग्नता

बिहार प्रहरीले गत नोभेम्बर २० मा कानपुरको पुखराया नजिक भएको रेल दुर्घटनामा आइआएसइको योजना रहेको दाबी गरेको छ ।


उर्जामा यूएईले १६३ अर्ब डलर लगानी गर्दै

अबुधावी । खाडी मुलुक संयुक्त अरब इमिरेट्सले नवीकरणीय ऊर्जामा १ खर्ब ६३ अर्ब डलर लगानी गर्ने जनाएको छ । देशका आवश्यकताको आधा ऊर्जा सिर्जना गर्नका लागि यो परिमाणको लगानी गरिन लागिएको हो ।


भारतविरुद्ध राष्ट्रसंघमा उजुरी

पाकिस्तानले भारतले आफ्नो स्वतन्त्रतामाथि हस्तक्षेप गरिरहेको भन्दै संयुक्त राष्ट्रसंघमा उजुरी हालेको छ । पाकिस्तानले आफ्नो देशमा गरेको हस्तक्षेपसँग जोडिएका सबुतसहितको एक रिपोर्ट संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजलाई बुझाएको हो ।


१३ जना नोबेल पुरस्कार विजेताद्धारा राष्ट्रसंघलाई चिठ्ठी

बर्मामा मुस्लिममाथि बर्बर दमन भएको भन्दै १३ जना नोबेल पुरस्कार विजेताहरुले आपत्ति जनाएका छन् । १३ जना नोबेल पुरस्कार विजेताले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदलाई चिठ्ठी लेखेर बर्मामा मुस्लिममाथि दमन गरिएको दावी गरेका हुन् ।


पीडित महिलाबाट अबैध बच्चा जन्माएर बेचिन्छ

इजेरियामा एउटा यस्तो स्थान छ जहाँ कुखुराको पोल्ट्री फार्मजस्तै कलिलो उमेरकी किशोरीबाट गर्भधारणबाट बच्चा जन्माएर बेच्‍ने गरिन्छ।


जेलका कैदीबन्दी र प्रहरीबीच झडप

ब्राजिलको एक जेलमा कैदीबन्दी र प्रहरीबीच भएको झडपमा ५६ जनाको मृत्यु भएको छ । क्षमता भन्दा बढी कैदी रहेको जेलमा भएको झडप भएपछि केही कैदी भाग्न समेत सफल भएका छन् ।


भ्रष्ट कर्मचारीलाई उडिरहेको हेलिकोप्टरबाट फ्याक्ने फिलिपिन्सका राष्ट्रपतिको चेतावनी

पुष १४, काठमाडौं । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले भ्रष्ट कर्मचारीलाई उडिरहेको हेलिकोप्टरबाट फ्याँक्ने चेतावनी दिएका छन् । साथै यसअघि पनि आफूले यस्तो गरेको उनले स्वीकार गरेका छन् । ‘जसले भ्रष्टाचारका लागि यो (सार्वजनिक कोष) प्रयोग गर्छ, म उसलाई हेलिकोप्टरमा मनिला लिएर जान्छु र आकासमा उडिरहेको बेला बाहिर फलिदिन्छु,’ उनले भनेका छन् ।


चीनले देखाउँदै आफ्नो शक्ति

पुस १४ । दक्षिण चीन सागरमा एयरक्राफ्ट क्यारियर पठाउनु होस् वा नयाँ लडाकू विमान, चीनियाँ सेना लगातार आफ्नो नयाँ उपकरण संसारसामू सार्वजनिक गरिरहेको छ । स्मरण रहोस्, ट्रम्पका कारणले नै ताइवान र चीनबिच पछिल्लो केही समयदेखि तनाव बढिरहेको छ ।


रुसी सैन्य बिमान बेपत्ता, खोजी कार्य जारी

पुष १०, काठमाडौं । रुसी सैन्य विमान वेपत्ता भएको छ । रुसी रक्षा मन्त्रालयका अनुसार विमानमा ९१ जना सवार थिए । सोचीबाट उडेको टीयू १५४ विमान काला सागरमाथि पुगेलगत्तै राडरबाट सम्पर्क विच्छेद भएको छ । विमान उडेको २० मिनेटमा नै वेपत्ता भएको हो ।


ट्रम्पलाई हृवाइट हाउस प्रवेशमा रोक्ने प्रयास असफल

पुस ५, काठमाडौं । राष्ट्रपति चुनाव जितेका डोनाल्ड ट्रम्पलाई हृवाइट हाउस प्रवेश गर्न नदिने प्रयास असफल भएको छ । अमेरिकी इलेक्टोरल कलेजले उनलाई राष्ट्रपति निर्वाचित गरेको छ । चुनाव जितेको ६ सातापछि ट्रम्पले २७० इलेक्टोरल भोट पाएका छन, जसले औपचारिक राष्ट्रपति चुनिएका छन् । ट्रम्पले देशलाई एकतावद्ध बनाएर कडा परीश्रम गर्ने प्रतिवद्धता जनाएका छन् । ट्रम्पलाई मत नदिन भन्दै इलेक्टोरलहरुलाई हजारौं इमेल र फोन आएको थियो । उसो त सबै राज्यका इलेक्टोरलहरुले जनमत भन्दा फरक भोट दिन सक्दैनन् । तर, केहीमा भने यो छुट थियो ।


ईन्डोनेसियामा सेनाको विमान दुर्घटना, १३ जनाको मृत्यु

पुस ३, काठमाण्डौ । इन्डोनेसियामा आइतबार सेनाको विमान दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । टीमीका सहरबाट उडेको हरकुलस सी १३० विमान निर्धारित तालिकानुसार अवतरण हुन नसकी पूर्वी क्षेत्रमा आपतकालीन अवतरण हुने क्रममा दुर्घटना भएको अधिकारीहरुले बताएका छन् । स्थानीय समयअनुसार विहान करिब ६ बजेदेखि विमान सम्पर्कबिहीन भएको प्राविधिकहरुले बताएका छन । विमानमा एकजना यात्रुसहित १२ जना रहेका थिए । तीमध्ये तीनजना विमान चालक, आठजना प्राविधिक, एकजना नाविक (विमानको पथप्रदर्शक) र सुरक्षा अधिकृत रहेका थिए । विमान दुर्घटना भएको क्षेत्र मौसमको बारेमा भविष्यवाणी गर्न नसकिने क्षेत्रको रुपमा चिनिन्छ । दुर्घटना हुनुअगाडि विमान बादलमा छिरेको बताईएको छ ।


भारतपछि भेनेजुएलामा ठुला नोट माथि प्रतिबन्ध

मंसिर २७, काठमाडौं । भेनेजुएलाको सरकारले ७२ घण्टा भित्र देशको सबैभन्दा ठूलो मूल्यको बैंक नोटलाई सिक्कामा बदल्ने घोषणा गरेको छ । सरकारको यस फैसलाले तस्करी तथा खाद्य समस्याबाट छुटकारा पाउने अनुमान गरिएको छ । राष्ट्रपति निकोलस मादुरोले नोट प्रतिवन्धले तस्कर गिरोहलाई पैसा ठेगान लगाउन समय नमिल्ने बताए । भेनेजुएलामा १०० बोलिवरको बैंक नोटको मूल्यमा पछिल्लो समय गिरावट आएको छ । र, यसको मूल्य दुई अमेरिकी सेन्ट बराबर भएको छ ।


एक चिन नितीको औचित्य नभएको नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

मंसिर २७, काठमाडौं । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफु ‘एक चीन नीति’ मा बाँधिएर नबस्ने बताएका छन् । फक्स न्यूजसँगको कुराकानीमा ट्रम्पले यस्तो बताएका हुन् । जसको चीनले आलोचना गर्नसक्ने जनाइएको छ । ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि ताइवानकी राष्ट्रपतिसँग फोनमा वार्ता गरेका थिए । जसको चिनले आलोचना गरेको थियो । ट्रम्पले आफ्नो पहल चीनसँग नीति व्यापार जस्ता विषयमा केन्द्रीत हुने बताए ।


इराकको व्यस्त बजारमा हवाई हमलामा परी ६३ जनाको मृत्यु

मंसिर २३, काठमाडौं । इराकमा इस्लामिक स्टेटको कब्जामा रहेको अल कैम क्षेत्रमा हवाई हमलामा ६३ भन्दा धेरैको मृत्यु भएको छ । मृत्यु हुनेमा धेरै बालबालिका र महिला रहेको बीबीसीले जनाएको छ । अमेरिकी नेतृत्ववाला गठबन्धन तथा इराकी एयर फोर्स दवै लगातार यस क्षेत्रमा बम खसालिरहेका छन् । तर, अहिलेसम्म यो हमला कसले गरेको भन्नेबारे पुष्टि हुन सकेको छैन ।


ह्दयघातपछि तमिल नाडुका मुख्यमन्त्री जयललिताको अवस्था गम्भीर

मंसिर २०, काठमाण्डौ । तमिल नाडुका मुख्यमन्त्री जयललितालाई ह्दयघात भएपछि अवस्था ज्यादै गम्भीर भएको बताइएको छ । टाइम्स अफ इण्डियाको अनलाइन संस्करणले उनलाई इसीएमओ र लाइफ सपोर्ट सिस्टममा राखिएको जनाएको छ । ’मुख्य मन्त्रीलाई बिशेषज्ञहरुको एक समुहले उपचार गराईरहेका छन, अपोलो हस्पिटलका चिफ अप्रेटिङ अफिसर सुविह विश्वनाथनले बिज्ञप्तिमा भनेका छन् । यसअघि पनि ६८ बर्षिया जयललितालाई अपोलो हस्पिटलमा सेप्टेम्बर २२ मा ज्वरो र डिहाइड्रेसनका कारण भर्ना गरिएको बताइएको छ ।


फिडेल कास्ट्रोको निधन

मंसिर ११ । क्युवाको राजनीतिका बहुप्रतिष्ठित व्यक्तित्व तथा पूर्व राष्ट्रपति फिडेल कास्ट्रोको शुक्रबार राति निधन भएको छ । उनी ९० बर्षका थिए ।


सन् २०१६ सर्वाधिक तातो वर्ष हुने

मंसिर १ । विश्व मौसम संगठन (डब्लुइएमओ)ले सन् २०१६ अहिलेसम्मकै सबैभन्दा उच्च तापक्रम भएको वर्ष हुने संकेत देखिएको घोषणा गरेको छ ।


भारतीय विदेशमन्त्री सुष्मा स्वराजको मृगौलामा समस्या

मंसिर १, नयाँ दिल्ली । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको मृगौलामा समस्या भएको छ ।


रुसी अर्थमन्त्री उल्याकायेब २० लाख डलर घुससहित रंगेहात पक्राउ

कात्तिक ३०, काठमाडौं । घुस लिएको आरोपमा रुसका अर्थमन्त्री एलेक्सी उल्याकायेब पक्राउ परेका छन् । रुसको भ्रष्टाचार विरोधी संस्था इन्भेष्टिगेटिभ कमिटीका अनुसार मन्त्री एलेक्सीले एक तेल कम्पनिबाट २० लाख डलर घुस लिएका छन् । रोजेनफण्टले अर्को तेल कम्पनी बासेनफण्टको ५० प्रतिशत स्वामित्वका लागि स्वीकृति दिँदा अर्थमन्त्री एलेक्सीले धम्की दिएर घुस लिएको कमिटीकी प्रवक्ता स्वतलाना पेट्रोनेकोवलाई उद्धृत गर्दै रुसी समाचार एजेन्सीले जनाएको


३० लाख आप्रवासीलाई देश निकाला गर्ने ट्रम्पको भनाई

कात्तिक २९, वासिंङ्टन । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिव ३० लाख गैरकानुनी आप्रवासीलाई उनीहरुकै देश फर्काइदिने बताएका छन् । राष्ट्रपति निर्वाचित भएपछि पहिलोपटक सीबीएस टेलिभिजनलाई अन्तरवार्ता दिँदै ट्रम्पले अपराधिक गतिबिधिमा संलग्न त्यस्ता गैरकानुनी आप्रवासीलाई देश निकाला गर्ने बताएका हुन् । पहिलो चरणमा अपराधिक रेर्कड भएका आप्रवासीहरु र लागुऔसध कारोबारमा संलग्नहरुलाई कारबाही गरिने बताउँदै ट्रम्पले त्यस्तो सं


पुटिन अमेरिकाको राष्ट्रपति ट्रम्पसँग सम्बन्ध सुधारी काम गर्ने

कार्तिक २५, मस्को । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पलाई नयाँ राष्ट्रपतिमा अमेरिकी जनताले निर्वाचित गरेपछि


जनवरी २० बाट ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हाल्ने

कार्तिक २४, वासिङ्टन डिसी । अमेरिकाको ४५ औं राष्ट्रपतिको रुपमा रिपब्लिकन पार्टीका उम्मेदवार उद्योगपति डोनाल्ड ट्रम्प बिजयी भएका छन् । आफ्नो चुनावी अभियानको केन्द्रमा उपस्थित समर्थकलाई उनले सम्बोधन गर्दै धन्यबाद दिइसकेका छन् । राष्ट्रपति निर्वाचन जितेपनि हृवाइट हाउस प्रवेशका लागि उनले अझै दुई महिनाभन्दा बढी समय पर्खनु पर्ने हुन्छ । अमेरिकी राष्ट्रपतिको चुनाव जितेका


डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित

कात्तिक २४, काठमाडौं । अमेरिकी राष्ट्रपतिमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प विजयी भएका छन् । यससँगै ट्रम्पका समर्थकहरुले खुसी मनाउन थालेका छन् भने अहिले ट्रम्पले सम्बोधन गरिरहेका छन् । डेमाक्रेटिक उम्मेदवार हिलरी क्लिन्टनलाई पराजित गर्दै ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपति बनेका हुन् । अन्तिम चरणमा पुगेको मत गणनामा ट्रम्पले २७४ इलेक्टोरल मत पाएको समाचार एजेन्सी एपीले जनाएको छ । ५३८ इलेक्ट्रोरल कलेजमा


सबै भोट गणनापछि मात्र हिलारी क्लिन्टन बोल्ने

कात्तिक २४, काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्रिटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टनले अन्तिम मत परिणाम नआउँदासम्म हार स्वीकार नगर्ने भएकी छन् । क्लिन्टनको चुनावी अभियान प्रमुख जोन पोडोस्टाले समर्थकहरुलाई सम्बोधन गर्दै क्लिन्टनले तत्काल नबोल्ने बताएका छन् । अझै मत गणना जारी रहेको र हरेक भोटको गणना हुने भन्दै उनले आज क्लिन्टनले केही नबोल्ने जानकारी दिएका छन् । क्लिन्टनले भोलि मात्र बोल्ने भ


डोनाल्ड ट्रम्पलाई जितका लागी ४ मत आवश्यक

कात्तिक २४, काठमाडौं । अमेरिकी राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प जित नजिक पुगेका छन् । मत परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । र, ट्रम्पले आफ्नो प्रतिद्वन्द्वी डेमोक्रेटिक हिलरी क्लिन्टनलाई निकै पछि पारेका छन् । साथै मत गणना भइरहेको निर्णायक मानिएका प्रमुख राज्यहरुमा ट्रम्पले नै अग्रता लिइरहेका छन् । ५० राज्यमध्ये ४२ को मत परिणाम आएको छ । र, ट्रम्पले २६६ इलेक्टोरल भोट जितेका छन् भने हिलरीले २१८ भोट जितेकी छन्


अमेरिकी राष्ट्रपति निर्वाचनमा ट्रम्प जितनजिक

कार्तिक २४,वासिंङटन । अमेरिकी राष्ट्रपतीय निर्वाचनको मतगणनामा रिपब्लिकन पार्टीका उमेद्वार डोनाल्ड ट्रम्पले अग्रता लिएका छन । हाल सम्म ट्रम्पले ४८.५ प्रतिशत भोट प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी डेमोक्रयाटिक पार्टीकी उमेद्वार हिलारी क्लिन्टनले ४७ प्रतिशत भोट प्राप्त गरेकी छन् । हाल सम्म ट्रम्पले २ सय ४४ इलेक्ट्रोल भोट जित्दा क्लिन्टनले २ सय ९ इलेक्ट्रोल भोट जितेकी छन्। अमेरिकाका सबै राज्यहरुमा ८ नोभेम्बरको बिहानैदेखि शुरु भएको मतदानपश्चात् उम्मेदबारद्वय हिलारी क्लिन्टन र डोनाल्ड जोन ट्रम्पमध्ये को को कहाँ कहाँ विजयी भएकोबारे बिभिन्न राज्यबाट धमाधम मतगणनाको प्रारम्भिक नतिजा


संभावित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कस्ता व्यक्ति हुन्

कार्तिक २४, काठमाडौं । सत्तरी वर्षका डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपतिको प्रतिष्पर्धी हुन्। उनी पूर्व राष्ट्रपति बिल क्लिन्टनकी श्रीमती र


भारु नोटवारे राष्ट्र वैंकको यस्तो निर्णय

कार्तिक २४, काठमाडौं । आकस्मिक रुपमा भारतीय सरकारले ५०० र १००० का नोट प्रतिवन्ध लगायो । निश्चित समय तोकेर सटही गर्ने व्यवस्था पनि गरेको छ ।


अमेरिकामा राष्ट्रपतीय निर्वाचन आज

२३ कार्तिक । अमेरिकाको संघीय अनुसन्धान ब्युरोले निर्वाचनको ११ दिनअघि पुनः छानबिन थालेको इमेल दुरुपयोग काण्डमा


दिल्लीमा बर्षकै प्रदुषण उच्च, विद्यालय बन्द, प्रदुषणले लियो कुहिरोको रुप

कात्तिक २१, नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीमा प्रदुषणको मात्रा लगातार बढेर नयाँ रेकर्ड कायम गरेको छ । दिपावलीमा पड्काइएका पटाकाहरुको कारण प्रदुषणको मात्रा बढेर मिटरले समेत नाप्न नसक्ने स्थितिमा पुगेको छ र राज्य सरकारले विद्यालयहरु बन्द गराएको छ । प्रदुषण बढेर खतरनाक स्थितिमा पुगेपछि दिल्ली सरकारले मन्त्रिपरिषदको आपतकालीन बैठक बोलाएको छ । वातावरणविदहरुले घर बाहिर ननिस्किन स्थानीयबासीलाई सु


आइएसका प्रमुख बग्दादी रहेको सहर नै इराकी सेनाले पूर्ण आफ्नो नियन्त्रणमा लिने प्रयास

बग्दाद चरमपन्थी विद्रोही समूह इस्लामिक स्टेट (आइएस) का प्रमुख अबु बकर अल बग्दादीले आफ्ना कार्यकर्तालाई इराकी सेना विरुद्धको लडाइमा पछाडि नहटी साटो आत्मसम्मानका साथ आफ्नो भूमिमा लड्न आग्रह गरेका छन्।


अदालतको फैसलाअनुसार साउदी राजकुमारलाई कोर्राको सजाय

साउदी अरबका एक राजकुमारलाई कोर्रा हानी सजाय दिइएको छ। साउदी अरेबियाको सत्तासीन अल साउद परिवारका एक राजकुमारलाई जेलभित्रै कोर्रा दिइएको हो।


भारत–पाकिस्तान तानब तिब्र बन्दै, २ भारतीय सैनिकको मृत्यु

कार्तिक ११ काठमाडौं । भारत–पाकिस्तान सीमामा विहिवार साँझदेखि तनाव बढेको छ । दुवै तर्फबाट एक अर्कालाई दोषी देखाउँदै फायरिङ भएको छ । भारतीय मिडियाले पाकिस्तानी रेन्जरको तुलनामा भारतीय सीमा सुरक्षा बलले १० गुणा ज्यादा फायरिङ गरेको दावी गरेका छन् । भारतीय गृहमन्त्री राजनाथ सिंहले सीमा सुरक्षा बललाई जोडदार जवाफ दिन निर्देशन दिएका छन् ।


इरानले बनायो आत्मघाती विमान

कार्तिक ११ । तेहरान–इरानको विशिष्ट रिभोलुसनरी गार्डले बुधबार आपूmले ‘आत्मघाती चालक बिहीन विमान’ को निर्माण गरेको बताएको छ ।


नोबेल शान्ति पुरस्कार कोलम्बियाका राष्ट्रपति सान्तोसलाई दिने घोषणा

असोज २१, काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार कोलम्बियाका राष्ट्रपति जुआन मानुअल सान्टोसलाई प्रदान गरिने भएको छ । ५२ वर्ष लामो गृहयुद्ध


हाइटीमा म्याथ्यू आँधीले विनाश, २८३ को मृत्यु

असोज २१, काठमाडौं । म्याथू नामक आँधीका कारण हाइटीमा मृत्यु हुनेको संख्या २ सय ८३ पुगेको सरकारी अधिकारीहरुले बताएका छन् । हाइटी र क्यूबापछि आँधी अमेरिकाको फ्लोरिडातर्फ अघि बढेको छ । विनाशकारी आँधीका कारण हाइटीको सबैभन्दा महत्वपूर्ण शहर जेरेमी पूर्ण रुपमा ध्वस्त भएको छ । त्यहाँ ८० प्रतिशत घर ढलेको छ । दक्षिणी शहर सूदमा ३० हजार घर तहसनहस भएको छ । आँधीले विनाश मच्चाएपछि हाइटीमा राष्ट्रति चुनाव स्थगित भएको छ ।


पोर्चुगलका पूर्वप्रधानमन्त्री गुटरेस राष्ट्रसंघका नयाँ महासचिव बन्ने

असोज २०, काठमाडौं । पोर्चुगलका पूर्वप्रधानमन्त्री एन्टेनियो गुटेरेश संयुक्त राष्ट्रसंघका नयाँ महासचिव बन्ने भएका छन् । बुधबार संयुक्त राष्ट्रसंघका लागि रुसका राजदूत चुरकिन वितालीले ६६ बर्षिय एन्टोनि गुटेरेशलाई लोकप्रिय व्यक्ति घोषणा गरेका थिए ।


भारतीय रक्षा विशेषज्ञ नै भन्छन– सर्जिकल स्ट्राईक भएकै छैन

असोज २०, काठमाडौं । केहि दिनअघि भारतीय मिडियाले ठूलो प्राथमिकताका साथ भारतले पाकिस्तानी भूमिमा छिरेर गरेको सर्जिकल स्ट्राइकको दावी पाकिस्तानले त्यतिबेलै खण्डन गरेको थियो । तर भारतकै एक रक्षा बिशेषज्ञले, दावी गरिएअनुसारसर्जिकल स्ट्राइक नभएको बताएपछि भारतीय मिडियाको प्रोपोगाण्डा छताछुल्ल भएको छ । भारतीय रक्षा बिशेषज्ञ अफसर करिमले भनेका छन् कि ‘त्यसलाई सर्जिकल स्ट्राइक भन्नु गलत हुनेछ । किनकी सर्जिकल स्ट्राइक परमा


कार्तिक १७ गते भारतीय राष्ट्रपति नेपाल आउने

आश्विन १७, काठमाण्डौ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले अगामी कार्तिकमा नेपाल भ्रमण गर्ने भएका छन । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा मुखर्जीले कार्तिक १७ देखि १९ सम्म नेपालको तिनदिने भ्रमण गर्ने तय भएको हो । लामो समयदेखि थाँती रहेको मुखर्जीको भ्रमणको मिति तय भएलगातै दिल्लीस्थित नेपाली दूतावास र काठमाडौंमा परराष्ट्र मन्त्राय तयारीमा जुटेको उच्च स्रोतले जानकारी दिएको छ । यसअघि नेपालकी राष्ट्रपति भण्डारीले भारत भ्रमण गर्ने र त्य


भारतद्वारा पाकिस्तानलाई आतंककारीको संज्ञा

न्युयोर्क । भारतले पाकिस्तानलाई आतंककारीको राष्ट्रको संज्ञा दिएको छ। न्युयोर्कमा जारी राष्ट्रसंघको ७१ औं महासभालाई सम्वोधन गर्दै भारतीय प्रतिनिधि मण्डलकी प्रमुख इनाम गाम्भिरले पाकिस्तानले आतंकवादलाई प्रश्रय दिइरहेको र उसले आतंकबाद विस्तारका लागि लाखौं डलर खर्चने गरेको आरोप लगाइन्।


उत्तर कोरियाद्वारा अर्को रकेट मेसिनको परीक्षण

असोज ५, सोल । उत्तर कोरियाले ठुलो शक्तिको रकेट मेसिन सफलतापूर्वक परीक्षण गरेको जनाएको छ । संयुक्तराज्य अमेरिकाको पूर्वीसमुद्रतर्फ लक्षित गरेर परीक्षण गरेको उत्तर कोरियाको आधिकारीक सञ्चार माध्यमले जनाएको छ ।


१७ भारतीय सैनिकको मृत्यु

असोज २, नयाँदिल्ली । भारत प्रशासित कश्मिरको सैन्य इलाकामा आइतबार बिहान भएको हमलामा १७ भारतीय सैनिकको मृत्यु भएको छ। समाचार संस्था पिटिआईका अनुसार सेनासँग भएको मुठभेडमा ४ विद्रोहीको पनि मृत्यु भएको छ।


न्युयोर्क सिटीमा बिस्फोट

अमेरिकाको न्युयोर्क सिटीमा बिस्फोट भएको छ । बिस्फोटनमा परि कम्तिमा २५ जना घाइते भएको अमेरिकाको अग्नी विभागलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।


विश्वमा भारत असमान देशेको दोश्रो सुचीमा

भदौं २०, काठमाडौं । संसारका सबैभन्दा बढी असमानता भएका देशको सुचिमा भारत दोश्रो नम्बरमा परेको छ । जोहानसबर्ग स्थित सम्पति अनुसन्धान गर्ने संस्था ‘न्यु वर्ल्ड वेल्थ’को रिपोर्ट अनुसार रसियापछि संसारको सबैभन्दा असमान देश भारत हो ।


विद्रोहीलाई समाप्त गर्न गोर्खा सैनिक लैजाने फिलिपिन्सका राष्ट्रपति डुर्टेतेको योजना

भदौ २०, काठमाडौं । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुर्टेतेले विद्रोही समुह अबु सयाफलाई समाप्त पार्ने योजना सार्वजनिक गरेका छन । यसका लागि गोर्खा सैनिकको सहयोग लिन पनि तयार रहेको बताएका छन् । देशको इतिहासमा सबैभन्दा पाको राष्ट्रपति (७१ बर्ष) बनेका उनलाई अहिले ‘द पनिसर’ अर्थात ‘सजाय दिने व्यक्ति’ भनेर समेत चिनिन्छ । उनले लागूऔषध तस्करमाथि कडा रबैया अपनाएका छन । राष्ट्रपति भएलगतै उनले लागूऔषध


सिरियाको एलेप्पो शहर पुनः सरकारी नियन्त्रणमा

भाद्र २०, सिरिया । सिरियाको एलेप्पो शहर पुनः सरकारी सेनाले नियन्त्रणमा लिएको छ । सेनाको नियन्त्रणबाट पछिल्लो महिना सो शहर बिद्रोहीले आफ्नो कब्जामा लिएका थिए । एलेप्पोका सबै क्षेत्रमा सेनाले आफ्नो नियन्त्रणमा राखेको स्थानीय अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । यद्यपी दक्षिणी क्षेत्रमा भने बिद्रोहीले


यसकारण असन्तुष्ट भए ओबामा चीनसँग

जी–ट्वान्टी सम्मे लनका क्रममा चीनको हाङझाउ पुगेका बेला आफूप्रति कूटनीतिक अभद्रता’ प्रदर्शन गरिएको भन्दै अमेरिकी राष्ट्रपति बाराक ओबामाले असन्तुष्टि प्रकट गरेका छन्


अफगान बलको कारबाहीमा २० आतङ्ककारी मारिए

कुन्दुज (अफगानिस्तान), भदौ ४। अफगानिस्तानमो कुन्दुज प्रान्तको खान अबाद जिल्लामा अफगान सुरक्षाबलले जारी राखेको कारबाहीमा २० तालिवान आतङ्ककारी मारिएका छन् ।


संसारकै ठूलो विमानले पहिलो उडान भर्‍यो

एजेन्सी, भदौ २। संसारकै ठूलो जहाज एयरल्यान्डर १० ले आफ्नो पहिलो उडान भरेको छ। चारदिन अघि प्राविधिक समस्या आएपछि एयरल्यान्डर १० को उडान रद्द गरिएको थियो।


सिरिया युद्धको एक भावनात्मक तस्वीर, जसले गिज्याईरहेको छ विश्वलाई

भदौ २, काठमाडौं । लामो समयदेखी सिरियामा चलिरहेको गृहयुद्धका कारण लाखौ व्यक्ति मारिईसकेका छन । राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै विगत ६ बर्षदेखी सिरियामा सरकार र विपक्षीविच युद्ध जारी छ । युद्ध आफैंमा अप्रिय शब्द हो । युद्धको संकट झेल्न नसकी भुमध्यसागरमा शरणार्थीका रुपमा युरोप प्रवेश गर्न खोज्ने हजारौ मानिसले यो विचमा समुन्द्रमा डुंगा दुर्घटनामा परेर ज्यान गुमाईसकेका छन । सिरियामा चलिरहेको गृहयुद्धले मानि


संयुक्त राष्ट्रसंघद्वारा कङ्गोमाथि कडा निन्दा

संयुक्त राष्ट्रसंघ, १ भदौ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डिआरसी)मा भएको सामूहिक हत्याको कडा शब्दमा निन्दा गरेको छ । कम्तीमा ५० जना सर्वसाधारण ज्यान जाने गरी गरिएको यस आमहत्याको संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषदले कडा शब्दमा निन्दा गरेको हो ।


इन्धन बोकेको मलेसियन जहाज अपहरण

काठमाडौं, भदौ १। इन्धनको बोकेको मलेसियन समुद्री जहाज अपहरणमा परेको छ । मलेसियाको तान्जुङ पल्पासबाट नौ लाख लिटर डिजेल भरेर आउँदै गरेको ट्याङ्कर सहितको जहाज इन्डोनेसियाको समुद्री क्षेत्रतर्फ लगिएको समुन्द्री सुराक्षार्थ खटिएका मलेसियन अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।


भारतले ७० औं स्वतन्त्रता दिवस मनाउँदै, विश्व नेतृत्वको लागि तयार हुन मोदीको आग्रह

साउन ३१, नयाँदिल्ली । भारतले आज आफ्नो ७०औं स्वतन्त्रता दिवस मनाउँदैछ । सन् १९४७ अगष्ट १५ मा बेलायती उपनिवेसबाट मुक्त भएको दिनको सम्झनामा हरेक बर्ष उसले स्वतन्त्रता दिवस मनाउदै आएको छ । भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुले ७० बर्ष अघि राजधानी दिल्लीस्थित लालकिल्लामा राष्ट्रिय झण्डा फहराएर अगष्ट १५ का दिन स्वतन्त्रता दिवस मनाउने घोषणा गरेका थिए । लालकिल्लामा आज आयोजित विशेष साँस्कृतिक कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्दै सामाजिक न्यायबाट नै देश समुन्नत हुने बताए । संयुक्त राष्ट्रसंघले विश्वको दशौँ


अमेरिकी राष्ट्रपति ओवामा आईएसको नाईके भएको रिपब्लीकन उमेद्धवार ट्रम्पको आरोप

श्रावण २७, वासिङटन । अमेरिकी राष्ट्रपति पदका रिपब्लीकन उम्मेदवार डोनाल्ड ट्रम्पले राष्ट्रपति बारक ओबामा मुस्लिम अतिवादी समुह आईएससँग सम्बद्ध रहेको आरोप लगाएका छन । मध्यपूर्वदेखि यूरोपसम्म आतंक मच्चाइरहेको इस्लामिक स्टेट समूहको गठन अमेरिकी राष्ट्रपति बाराक ओबामाले गरेको उनले आरोप लगाएका हुन । फ्लोरिडा राज्यको फोर्ट लाउडरडेलमा भएको एक र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले ओबामालाई आतंकबादसँग जोड्दै बाराक हुसैन ओबामा भनि सम्बोधन समेत गरे । रिपब्लिकनका तर्फबाट राष्ट्रपति


चर्चित भारतिय मानवअधिकारबादी महिला इरोम शर्मिलाले १६ बर्षदेखि जारी अनशन तोड्दै

श्रावण २५, मणिपुर । चर्चित मानवअधिकारवादी महिला इरोम चानु शर्मिलाले आज १६ वर्ष पछि अनशन तोड्दै छिन् । विश्वमै सवैभन्दा लामो समयसम्म अनशनमा बसेकी भारतको उत्तरपुर्वी राज्य मणिपुर निवासी ४४ बर्षिया शर्मिलाले आज स्थानिय अदालतमा पेश भएर अनशन तोड्ने बताएकी हुन । अदालतमा १० हजार धरौटी बुझाएसँगै १६ बर्षदेखीको प्रहरी हिरासतबाट समेत उनी मुक्त भएकी छन । शर्मिलाको अनशन किन ? राज्यले गरेको दमन विरोधी


पाकिस्तानको सरकारी अस्पतालमा विष्फोट, ३० को मृत्यु, दर्जनौ घाइते

साउन २४, पाकिस्तान । पाकिस्तानको बलुचिस्तान प्रान्तको राजधानी क्वेटास्थित एक सरकारी अस्पतालमा बम विष्फोट हुँदा ३० जनाको मृत्यु भएको छ । अन्य दर्जनौं व्यक्तिहरु घाइते भएका छन् । सोमबार बिहान विष्फोट हुनु अघि आक्रमणकारीले गोली चलाएका थिए । क्वेटा सहरमा एक वरिष्ठ वकीलको हत्यापछि भएको यो विष्फोटमा पनि धेरैजसो वकीलहरु नै घाइते भएको बताइएको छ । हत्या भएका वकिलको शव अस्पताल ल्याइएका बेला


थाईल्याण्डमा संविधान लागु गर्ने की नगर्ने भन्ने विषयमा जनमत संग्रह हुँदै

श्रावण २३, थाईल्याण्ड । थाइल्यान्डमा आज जनमत संग्रह भईरहेको छ । सेनाले गठन गरेको समितिले बनाएको संविधानलाई लागु गर्ने वा नगर्ने भन्ने बारेमा जनमत संग्रह भइरहेको हो । थाई सेनाले सन् २०१४ मा थाइल्यान्डको सत्ता आफ्नो कब्जामा लिएसँगै नयाँ संविधान बनाउनका लागि समिति बनाएको थियो । सत्ता पक्षले यो संविधान लागु भए देशमा प्रजातन्त्रको बहाली हुने दाबी गरे पनि विपक्षीहरुले निरंकुश संविधान लाद्न खोजेको आरोप लगाइरहेका छन् । विपक्षीले जनमत संग्रहका लागि खुलेर प्रचारप्रसार ग


पुल भत्किदा चार वटा गाडी नदीमा बगे

भारतको मुम्बई–गोवा राजमार्गमा रहेको एउटा पुल भत्किएको छ । रायगढ जिल्लामा रहेको सावित्री नदीमा बनाइएको पुल भत्किएको हो ।


महिलाले स्कूटर चलाउन नपाउने

आतंककारी संगठन हिजबुल मुजाहिद्दीनका कमान्डर बुरहान बानीको इन्काउन्टरपछि भारतको महाराष्ट्र इलाकाको घाटीको हालत दिनानुदिन बिग्रदो अवस्थामा छ । आइतबार श्रीनगरको सिटी सेन्टरमा लगाइएको पोष्टरले त्यहाँका जनतालाई तनाव थप्ने काम गरेको छ । पोष्टरमा महिलालाई धम्कीपूर्ण सन्देश दिइएको छ ।


प्यारासुट बिना २५ हजार फिटबाट जम्प गरेर किर्तिमान

श्रावण १६,काठमाडौं । अमेरिकी नागरिक ल्युक आइकिन्सले २५ हजार फिटको उचाइबाट बिना प्यारासुट जम्प गर्दै जालीमा सुरक्षित ल्यान्ड गर्ने किर्तिमान कायम गरेका छन् ।


आशाहरुलाई सधैं जीवन्त राख्न जरुरी छ । न डेमोक्रेट, न रिपब्लिकन, न लेफ्ट, न राइट

साउन १२, न्युयोर्क । अमेरिकी प्रथम महिला मिसेल ओबामाले डेमोक्य«ाटिक पार्टीको एक कार्यक्रममा हिलारीलाई समर्थन गर्न भन्दै गरेको भाषण अहिले संसारभर चर्चित बनेको छ । त्यसै भाषणको सम्पादित भावनुवाद । “अहो, मेरो श्रीमान राष्ट्रपति किन बन्नुपर्छ भनेर तपाइँहरुसँग कुरा गर्न यस्तै भेलामा आएको पनि आठ वर्ष वितिसकेछ । मैले त्यतिबेला ओबामाको चरित्र र विश्वासबारे बोलेका कुराहरु सम्झिनुहुन्छ? उनको शालिनता र अनुग्रहको कुरा पनि । ह्वाइट हाउसबाट उनले हाम्रो देशलाई सेवा गरेको हामीले प्रत्येक दिन देखिरहेका छौँ।


हिलारी औपचारीक रुपमा राष्ट्रपतिको उम्मेदवार घोषणा

साउन १२, न्युर्योक । अमेरिकाको राष्ट्रपति निर्वाचनको लागि डेमोक्रेटिक पार्टीबाट हिलारी क्लिन्टन मंगलवार उमेदवार घोषित भएकी छिन् । उनको रिपब्लिकन उमेदवार डोनाल्ड ट्रम्पसँग कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।


जर्मनीको शपिगं सेन्टरमा गोली चल्दा ९ जनाको मृत्यु

साउन ८, म्युनिख । जर्मनीको म्युनिख स्थित ओलम्पिया शपिंग सेन्टरमा गोली चल्दा ९ जनाको मृत्यु भएको छ । विविसीका अनुसार गोली चलाउने युवक १८ बर्षिय म्युनिखमा बस्ने इरानियन भएको बताएको छ । शपिंग सेन्टर भित्र गोली चलाएको केहि घण्टा पछि ती युवकले आफुलाई


पाकिस्तानी पुर्वराष्ट्रपति परवेज मुशर्रफको सम्पति जफत गर्न अदालतको आदेश

साउन ५ । पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफको सबै सम्पत्ति जफत गर्न त्यहाँको एक अदालतले आदेश दिएको छ । राजद्रोहको मुद्दामा अदालतमा उपस्थित नभएको भन्दै उनका सबै बैंक खाता र सम्पत्ति जफत गर्न अदालतले मंगलबार आदेश दिएको हो । मुशर्रफका वकील फैसल चौधरीले अदालतको यो आदेशविरुद्ध सर्वोच्च अदालतमा जाने बताएका छन् । मुशर्रफ सन् २०१६ मार्चदेखि युएईमा छन् । स्वास्थ्य उपचारका लागि त्यहाँ गएका उनी अझै स्वदेश फर्किएका छैनन् । मुशर्रफ पाकिस्तानका पूर्व सैनिक शासक हुन् । उनले सन् २००८ मा पदबाट राजीनामा दिएका थिए । उनी राष्ट्रपति हुँदा सन् २००७ मा देशमा सं


बेलायतसँग व्यापार सम्झौता गर्न इच्छुक रहेको अष्ट्रेलियाको भनाई

श्रावण २, २०७३ । अष्ट्रेलियाले ब्रिटेनसँग खुला व्यापार सम्झौताका लागी आफु तयार रहेको बताएको छ । बेलायतका प्रधानमन्त्री टेरिसा मेले अष्ट्रेलियाको कदम अत्यन्त उत्साहजनक रहेको प्रतिक्रिया दिनुभएको छ । उहाँले ब्रक्जिट बेलायतका लागी फाइदा पुर्ण रहेको पुष्टि भएको समेत उल्लेख गर्नुृभएको छ । अष्ट्रेलियन समकक्षी माल्कम टर्नबुल सँ


टर्कीमा सैन्य कू को इतिहास र सैन्य कू पछाडिका कारण

किन भयो त ‘कू’ को प्रयास ? साउन २, काठमाडौं । टर्कीमा सेनाको एक समुहले सैन्य ‘कू’को असफल प्रयास गरेपछि यतिबेला विश्वभर यसैको चर्चा छ । राजनीतिक विश्लेषकहरुले सेनाको अधिकार कटौती भएको र आन्तरिक अन्तरविरोधलाई कूको कारण मानिरहेका छन् । राष्ट्रपति एर्डोगान मार्मा्रिसमा विदा मनाइरहेका थिए, त्यसैबेला टर्किश आम्र्ड फोर्स, जसमा सैनिक, नौ सैनिक र वायु सेना समेत पर्दछ, ले देशमा कानुनी राज, स्वतन्त्रता, संवैधानिक अधिकार र सामान्य सुरक्षाको अवस्था बिग्रिएकोले सम्पूर्ण प्रशासनिक संयन्त्र आफ्नो नियन्त्रणमा लिएको दाबी ग¥यो । तर अंकारा आइपुगेका राष्ट्रपति एर्डोगानले हजारौँ जनतामाझ सडकमा ओर्लिएर अधिकार रक्षार्थ आफूलाई सघाउन सहयोग गर्न अपिल गरे । ‘कू’ को प्रयासलाई उनले राजद्रोह भन्दै निन्दा गरे । त्यसपछि दशौँ हजार मानिस सडकमा ओर्लिए । धेरैको हातमा टर्कीको झण्डा फर्फराइरहेको थियो । केही मान्छे ट्यांकमाथि चढेका तथा बाटोमा उभिएर सैनिक वाहनहरुको आवतजावतमा व्यवधान खडा गरिरहेको दृश्य पनि टेलिभिजनमा प्रसारण गरिएको थियो ।


कश्मिरमा जारी आन्दोलन हिंस्रक बन्दै ,मिडियामा सेन्सरसिप

साउन २, मुम्बई । भारत नियन्त्रित कश्मिरमा जारी हिंसालाई नियन्त्रणमा लिनका लागि उक्त क्षेत्रका अखबारमा प्रतिबन्ध लगाइएको छ । प्रशासनले स्थानीय पत्रिकाको अफिसमा छापामा मारेर पत्रिकाका प्रतिहरु जफत गरेको छ । जारी हिंसामा कश्मिरमा मारिनेको संख्या ४३ पुगिसकेको छ । त्यस्तै १५ सय सुरक्षाकर्मी र ३१४० सर्वसाधारण घाइते भएको बताइएको छ । सन् १९९० पछि उक्त क्षेत्रमा पहिलो पटक


अपडेट-टर्कीमा सेनाको कू प्रयास असफल,२०० भन्दा धेरैको मृत्यु

साउन १, स्तानबुल । टर्कीमा सेनाको एक समुहले सत्ता कब्जा गर्न खोजेको प्रयासलाई राष्ट्रपति एर्ड़ोगन समर्थित सेनाले असफल बनाइएको जनाएको छ । गए राति देखि सेनाको एक समुहले राष्ट्रिय टेलिभिजनमा सत्ता आफुले लिएको घोषणा गर्दै देश भरी कर्फ्यु र मार्शल नियम लागु भएको घोषणा गरेको थियो ।


टर्कीको कू प्रयासमा संलग्न रहेको आरोपमा ७५४जना सैनीक पक्राउ, ३० जना बर्खास्त

मृत्यु हुनेको संख्या ६० पुग्यो साउन १, स्तानबुल । टर्कीस सरकारले शुक्रबार राति भएको ‘कु’ प्रयासमा संलग्न रहेको आरोप मा ७५४ जना सैन्य अधिकारीहरुलाई पक्राउ गरेको छ भने ३० सैन्य अधिकारीहरुलाई बर्खास्त गरिएको त्यहाँको गृहमन्त्रालयले जनाएको छ ।


टर्कीमा सैन्य कू ४२ जनाको मृत्यु

साउन १, इस्तानबुल । टर्कीमा सेनाको एक सुमहले शासन सत्ता आफ्नो हातमा लिएको दाबि गरेको छ । सेनाको समुहले चलाएको गोली लागेर ४२ जनाको मृत्यु भएको छ । टर्कीका राष्ट्रपति रेसिप तैयिप एर्दोगान आफ्ना समर्थकहरुका साथ इस्तानबुल विमानस्थलमा देखिएको स्थानिय मिडियाले जनाएका छन् ।


फ्रान्समा फेरि आतंकवादी आक्रमण

३१ असार । फ्रान्सको दक्षिणी सहर नाइसमा भएको आतंकवादी आक्रमणमा ७७ जनाभन्दा बढीको मृत्यु भएको छ। घटनामा ५० भन्दा बढीको अवस्था गम्भीर रहेको बताइएको छ। फ्रान्सको नाइसका एउटा अनियन्त्रिक ट्रक भिडमा प्रवेश गरेको थियो । घटनामा १५० बढी घाइते भएका छन् ।


थेरेसा बेलायती प्रधानमन्त्री बन्ने पक्का

असार २८,लन्डन । कन्जरभेटिभ पार्टीकी नेत्री थेरेसा मे बेलायतकी नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ । प्रधानमन्त्रीका लागि प्रतिस्पर्धामा रहेकी कन्जरभेटिभ पार्टीकी अर्की नेत्री आन्द्रेई लिडसमले सोमबार आफ्नो उम्मेदवारी फिर्ता लिएपछि थेरेसा प्रधानमन्त्री बन्ने पक्का भएको हो ।


भारतको विदेश नीतीको आलोचना

असार २७,काठमाडौं । नरेन्द्र मोदीले १३ जेठ ०७१ मा भारतको प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्दा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) आबद्ध मुलुकका राष्ट्र एवं सरकारप्रमुखहरूको आतिथ्यता गर्दै दिएको सन्देश थियो, विदेश नीतिको प्राथमिकता निकटस्थ छिमेकी मुलुकहरू हुने छन् । त्यसलाई पछि ‘नेबरहुड फस्ट’ (छिमेकी पहिलो प्राथमिकता)को उपमा दिइयो । त्यसलगत्तै भुटानबाट मोदीले छिमेकी मुलुकहरूको भ्रमण प्रारम्भ गरे ।


ट्राफिक जाममा फसेर १२जनाको मृत्यु

असार२५, काठमाडौं । इन्डोनेशियामा केहिदिन यता ट्राफिक जाममा फसेका १२ जनाको मृत्यु भएको छ । पानीको कमी तथा थकानका कारण उनीहरुको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । जावा द्वीपमा रमजान महिनाको अन्त्यमा छुट्टी मनाउन निस्किएका मानिसहरु जाममा फसेका हुन् । इन्डोनेशिया ट्राफिक विभागका अधिकारीका अनुसार तीन दिनमा जाममा फसेका १२ जनाको मृत्यु भएको


क्लिन्टनलाई सहयोग गर्न बाराक ओबामाको आग्रह

असार२२, वासिङ्टन । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो समर्थन हिलारी क्लिन्टनलाई रहेको बताएका छन् । बुधबार हिलारी र डोनाल्ड ट्रम्पका बीचको चुनावी रस्साकसीको भविष्य र काल्पनिक अतितको बीचको कुनै एक विकल्पलाई चुन्ने अभ्यास भएको बताएका छन् ।


बंगलादेशमा बन्धक बनाइएकाहरुको मृत्यु भएको पुष्टि

असार १८, ढाका । बंगलादेशको राजधानी ढाकास्थित एक रेष्टुरेन्टमा आइएसले बन्धक बनाएका २० जनाको हत्या भएको बंगलादेश सरकारले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार, शुक्रबार साँझ ८ बजेर ४५ मिनेटमा कैयन् हतियारधारी मानिसहरु अल्लाह ओ अकबरको नारा लगाउँदै रेष्टुरेष्टमा पसेर भान्साका कर्मचारीदेखि सबैलाई बन्धक बनाएका थिए । उत्त घटनामा बन्धक बनाइएका २० र आतंककारी सहित २८ जना मारिएको सरकारले जनाएको छ । यो घटनाको जिम्मा अइएसले लिएको छ । आर्मी ब्रिगेडियर जेनेरल नाइम अ


भारतीय राष्ट्रपति नेपाल आउने

असार १८,काठमाण्डौं । भारतीय राष्ट्रपति प्रवण मुखर्जी नेपाल आउने भएका छन् । तर मुखर्जीको भ्रमण मिति भने तय भइसकेको छैन् । नेपाल र भारतबीच उच्च राजनीतिक भ्रमण आदानप्रदानका लागि आफूहरू सधैं खुला रहेको भारतीय विदेश मन्त्रालयको भनाइ छ। विदेश मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा राष्ट्रपति मुखर्जीको सम्भावित नेपाल भ्रमणका सम्बन्धमा सोधिएको प्रश्नमा प्रवक्ता विकास स्वरूपले भारत सधैं उच्च राजनीतिक भ्रमण आदानप्रदानका लागि खुला रहेको बताएकाछन् ।


काबुलमा बम आक्रमण ४० जनाको मृत्यु

असार १६,काबुल । अफगानिस्थानमा फेरी अर्को आत्मघाती बम विस्फोट भएको छ । प्रहरी प्रशिक्षार्थीहरुको गाडीमा गरिएको आत्मघाती आक्रमणमा परी ४० जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार दुई वटा आत्मघाती बम ग्राजुएट्स कार्यक्रमबाट फर्कंदै गरेको प्रहरी प्रशिक्षार्थीलाई लक्षित गरेर काबुलको पश्चिमी बाहिरी क्षेत्रमा विष्फोट गराइएको थियो ।


इस्तानबुलमा आतंकवादी हमला ३६ को मृत्यु, सयौं घाइते

असार १५, काठामाडौं । टर्कीको इस्तानबुलस्थित आतातुर्क अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आतंकवादी हमलामा परी ३६ जनाको मृत्यु भएको छ भने १४० बढी घाइते भएका छन् । तीनजना हमलावरले एकैसाथ टर्मिनल भवन प्रवेश गर्ने क्षेत्र नजिकै अन्धाधुन्द गोली प्रहार गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिनका लागि जवाफी कारवाही गर्दा आफैं बम बिस्फोट गराएका थिए ।


विभाजनको संघारमा बेलायत

असार १२, लन्डन । युरोपियन युनियनबाट बाहिरिने निर्णयसँगै बेलायत आफैं विभाजित हुने अवस्थामा पुगेको छ। स्क्टल्यान्डकी फस्र्ट मिनिस्टर निकोला स्टरजियोले शुक्रबार बेलायती स्कटल्यान्डको स्वतन्त्रताका लागि एकपटक फेरि जनमत संग्रहतर्फ संकेत गरेपछि बेलायत विभाजित हुने अवस्था आएको हो। ५० लाख जनसंख्या रहेको स्कटल्यान्ड उक्त जनमत संग्रहमा युरोपियन युनियनमा रहिरहनुपर्ने पक्षमा बलियोसँग उभिएको थियो। स्कटल्यान्डका ६२ प्रतिशत बासिन्दाले बेलायतले युरोपियन युनियन छोड्न नहुने पक्षमा मतदान गरेका थिए।


को हुन विश्व विजेता सिकन्दर

असार १२, काठमाडौं । सिकन्दर महानलाई अंग्रेजीमा Alexander the great पनि भनिन्छ । उनको जन्म ईसा पूर्व ११ जून ३२३ मा मेसेडोनियामा भएको थियो । उनको पिताको नाम फिलीप र आमाको नाम आलंपिया हो । उनको विवाह रखसानासँग भएको थियो । २० वर्षको उमेर मै उनी मेसिडोनिया (ग्रिक) का राजा भएको थिए । उनलाई विश्व बिजेता र इतिहासमा सबैभन्दा कुशल सेनापतिका रुपमा समेत लिइन्छ । युवा अवस्थामै राजा भएपछि उनले आफ्नो पिताले पुरा गर्न नसकेको एसिया जित्ने महात्वकांक्षा देखे । त्यही महत्वकांक्षा सहित सिकन्दरले विशाल सेना निमार्ण मात्र गरेनन् सर्वोत्कृष्ट सैन्य र उपकरणहरुसहित उनी एसिया विजयका लागि निस्किए । उनले एसिया विजयसँगसँगै विश्व विजेता बन्ने सपना समेत पालेका थिए ।


पाकिस्तानमा विवाह पूर्वको सेक्सबाट मैले के सिके ?

असार ११ ,काठमाडौं । पाकिस्तानकी एक युवतीले लेखेको आलेखले यतिबेला विश्वभरी नै हंगामा गरेको छ । पाकिस्तानमा विवाह पूर्वको यौन सम्बन्धबारे उल्लेख गर्दै लेखेको लेखका कारण जारा हैदर नामकी ती युवती चर्चामा छिन् । ‘पाकिस्तानमा विवाह पूर्व सेक्सबाट मैले के सिकें’ शीर्षकमा लेखिएको उक्त लेख भि आइ सी नामक म्यागजिनमा प्रकाशित भएको थियो । पढ्नुहोस जाराको लेखको मुख्य अंश पाकिस्तान एक इस्लामिक र कट्टरपन्थी देश हो । तर पाकिस्तानमा पोर्न साइटहरु सबैभन्दा बढी हेरिने गरेको अनुसन्धानले देखाएका छन् । यसबाट नै यहाँको समाजबारे धेरै कुरा बुझ्न सकिन्छ । हुनत हरेक देशमा यौनको विषयमा कुरा गर्नु सहज मानिँदैन । पाकिस्तानमा यो कुरा झनै कठिन छ । विवाह पूर्ण यौन सम्बन्ध राखेको थाहा पाएमा पाकिस्तानमा केटीहरुलाई सरकारले नै सजाय तोकेको छ । केटीहरुको चरित्र मुख्य विषय भएपनि केटाहरुको चरित्रको कुरामा कुनै चासो दिइँदैन । यस्तो चलन पूर्व राष्ट्रपति जिया–उल हकको तानासाही ‘इस्लामिजेशन’को समय देखि चल्दै आएको छ । पाकिस्तानमा विवाह पूर्व यौन सम्बन्ध राख्ने केटीहरुलाई ढुंगाले हानेर समेत हत्या गर्ने गरिन्छ । त्यस्तै कोर्रा लगाउने वा अनर किलिङ भनिने पारिवारिक हत्या समेत पाकिस्तानमा सामान्य विषय हुन् ।


बेलायती प्रधानमन्त्री क्यामरुनद्वारा राजीनामाको घोषणा

असार १०, काठमाडौं । बेलायत ईयुबाट छुट्टिने घोषणासँगै बेलायती प्रधानमन्त्री डेभिड क्यामरनले राजीनामाको घोषणा गरेका छन् । ब्रिटेन ईयुबाट बाहिरिने पक्षमा बुहमत आएपछि क्यामरनले अक्टोबरमा पद छाड्ने घोषणा गरेका हुन् । उनी २०१० देखि प्रधानमन्त्री थिए र २०१५ मा दोस्रो कार्यकालका लागि चुनिएका थिए । क्यामरनले नै २०१५ को आम चुनावका क्रममा आफू प्रधानमन्त्री भए


ब्रिटेन युरोपेली संघबाट बाहिरिने

लन्डन । ब्रिटेन युरोपेली संघबाट अलग हुने भएको छ । युरोपेली संघमा बस्ने कि अलग हुने भन्नेबारे ब्रिटेनमा बिहीबार भएको जनमत संग्रहमा युरोपेली संघ छाड्नुपर्ने पक्षले जित हात पारेको हो ।


डोनाल्ड ट्रम्पविरुद्ध नग्न पर्दशन गर्ने तयारीमा अमेरीकी महिला

असार ४, न्युयोर्क । अमेरिकी कलाकार स्पेन्सर ट्युनिकले महिलाहरुलाई डोनाल्ड ट्रंम्पविरुद्ध रिपब्लिकन पार्टीको आगामी राष्ट्रिय सम्मेलनमा विरोध प्रदर्शनका लागि आव्हान गरेका छन् । उक्त विरोध कार्यक्रममा महिलाहरुको एक ठूलो समूहले पूर्ण रुपले नग्न भएर ट्रंम्पविरुद्ध प्रदर्शन गर्नेछन् । ट्युनिकले १०० महिलाको तस्विर खिच्ने योजना बनाए र त्यसै अनुसार महिलाहरुलाई आव्हान गरे तर अहिले सम्म १५०० महिलाले उक्त प्रदर्शनमा भाग लिन इच्छुक रहेको निवेदन दिइसकेका छन् ।


१० जना चिनियाँ नागरिकलाई भारत छाड्न आदेश

जेठ ३२, नयाँ दिल्ली । भारतको ओडिसा सरकारले १० जना चिनियाँ नागरिकहरुलाई भारत छाड्न आदेश दिएको छ । अडानी समूहको एक कम्पनिमा कार्यरत चिनियाँ नागरिकहरुलाई १७ जून भित्र भारत छाड्न आदेश दिइएको बीबीसीले जनाएको छ । ओडिशाका गृह सचिव असित त्रिपाठीका अनुसार यो आदेश भारतको केन्द्र सरकारको निर्देशनअनुसार दिइएको हो । किनकी चिनियाँ नागरिक कार्यरत स्थान ‘व्हीलर आइल्याण्ड’ अर्थात् एपीजे अब्दुल कलाम टापूको नजिकै छ, जसलाई भारतको संवेदनशील सुरक्षा प्रतिष्ठान मानिन्छ । भद्रकभन्दा १५ किलोमिटर टाढा रहेको यस टापुबाट आकाश, अग्नि, धनुष र पृथ्वी जस्ता मिसाइलको प्रक्षेपण गरिन्छ ।


गोली प्रहारबाट गायिकाको निधन

जेठ २९, न्युयोर्क । संयुक्त राज्य अमेरिकाको फ्लोरिडामा गोली प्रहारबाट गायिकाको निधन भएको छ । गोली प्रहारबाट क्रिस्टिना ग्रिम्मीको निधन भएको छ । अमेरिकाको टेलिभिजन कार्यक्रम ’दि भ्वाइस’ बाट चर्चामा आएकी ग्रिम्मीलाई एक बन्दूकधारीले गोली प्रहार गरेको र गोली लागेपछि उपचार गराउने क्रममा मृत्यु भएको अन्तर्रा्ष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ ।


एक अर्कालाइ गाली गर्दै अमेरिकी राष्ट्रपति उम्मेदवार

जेठ २६,न्युयोर्क । अमेरिकी राष्ट्रपतिको निर्वाचन नजिकिँदै जाँदा निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका दुई मुख्य प्रतिस्पर्धी डोनाल्ड ट्रम्प र हिलारी गालीगलौजमा उत्रिएका छन् । प्राइमेरी निर्वाचन समाप्त हुनै लाग्दा रिपब्लिकनबाट निर्वाचनको दौडमा रहेका डोनाल्ड ट्रम्प र डेमोक्रयाट पार्टीका प्रत्यासी हिलारी क्लिन्टन तल्लो स्तरको गालीगलौजमा उत्रिएका हुन् । राष्ट्रपतिजस्तो गरिमामय पदका उम्मेदवारका प्रत्यासी पदीय मर्यादा बिर्सेर आरोप–प्रत्यारोपमा उत्रिएको विश्लेषकले टिप्पणी गरेका


आसामका बिधायकद्धारा नेपाली भाषामा सपथ ग्रहण

जेष्ठ २१ । सबैतिर भाषागत मान्यता र पहिचानको लडाईं चलिरहेका बेला भर्खरै राज्यसभाको चुनाव सम्पन्न आसाम राज्यका माननीयहरुले नेपाली, संस्कृतमा सपथ खाएका छन । भारतको आसाम राज्य विधानसभा सदस्य सभासद गणेश कुमार लिम्वुले नेपाली भाषामा सपथ लिएका छन् भने अंगुरलता देकाले संस्कृत भाषामा ओहोदाको सपथ लिएकी छन् । आसाममा चर्चित नायिकाको परिचय बनाएकी देका गत वर्ष मात्रै भारतीय जनता पार्टी प्रवेश गरेकी हुन् । देकाले बुधबार पदीय ओहोदाको सपथ खाएकी हुन् । नेपाली र संस्कृतमा सपथ लिने दुवैजना विधायक भारतीय जनता पार्टीसम्बद्ध छन्


भारतमा सैनिक व्यारेकमा विष्फोट हुँदा १७ जनाको मृत्यु

जेष्ठ १८ । भारतको महाराष्ट्रस्थित सैनिक व्यारेकभित्र राखिएको गोला–बारुद विष्फोट हँुदा १५ सैनिक सहित १७ जनाको मृत्यु भएको छ । १९ जना घाईते भएका छन् । महाराष्ट्रको बर्धा जिल्लामा रहेको सेनाको एक क्याम्पमा गएराती विष्फोटपछि आगलागी हुँदा १५ सैनिक र २ सर्वसाधारणको मृत्यु भएको अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।


सिरियामा छुट्टा छुट्टै बिस्फोटमा ७० को मृत्यु

जेष्ठ १०, काठमाण्डौ । सिरीयामा आज भएको छुट्टाछुट्टै बिस्फोटमा परि ७० जनाभन्दा बढिको मृत्यु भएको छ । बेलायत स्थीत एक मानवअधिकारवादी संस्थाले मर्नेहरुको संख्या १ भन्दा बढि हुन सक्ने बताएको छ । सिरियाका दुई सहर जब्लेह र टर्टसमा ७ वटा बम बिस्फोट भएका थिए ।


“आमा मरीन् सबै सकियो”

जेठ ९,कायरो । इजिप्टकी एक स्कुले छात्राले परीक्षामा आफ्नो उत्तर पुस्तिकामा लेखेको एक लाइनले धरैको मन छोएको छ । ओसामा अहमद हम्माद नाम गरेकी बालिकाकाले आमाको बारेमा रोधिएको प्रश्नमा लेखेको उत्तर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । यसले गर्दा हम्मादको सामाजिक सञ्चालमा


टाइटानिक जहाज दुर्घटनामा १२५ जनाको ज्यान बचाउने क्रिकेटरको साहसीक कथा

विश्वको सबैभन्दा ठुलो जहाज टाइटानिकका बारेमा नसुन्ने सायदै होलान् । टाइटानिक ड्बेको कथामा आधारित हलिउड फिल्म त हेर्नुभएकै होला । प्रेम कहानीमा आधारित टाइटानिक फिल्म त प्रसिद्ध नै बन्यो तर के तपाइलाई थाहा छ यसभित्र अर्का क्रिकेटरको पनि कहानी छ भनेर जसले आफ्नो ज्यानको परवाह नगरी १२५ जनाको ज्यान बचाए र उनी आफै मृत्युको अगाडी गए । उनी थिए जोन थाएर जब टाइटानिक जहाज इंल्याण्डबाट अमेरिकाको लागि छुटेको थियो त्यसबखत त्यहाँ २२२४ यात्री र क्रु मेम्बर सवार थिए । तर १४ अप्रिल १९१२ को रातमा जहाज डुव्यो र १५१७ यात्री मरे भने ७०७ जना बाँचे । मर्ने मध्यमा एक थिए जोन थाएर । उनी टाइटानिकमा सावर भएका एक मात्र प्रोफेसनल क्रिकेटर थिए । अमेरिकामा जन्मेका उनी एक शक्तिशाली क्रिकेटर थिए । उनले १८८१ देखि १८८६ सम्म ७ ओटा


बेलायतमा पहिलो नेपाली मेयर

वैशाख ३० , लण्डन । बेलायतको इतिहासमा नेपाली पहिलोपटक नेपाली मुलका नागरिक मेयर बन्न सफल भएका छन् । संयुक्त अधिराज्य बेलायतको स्वान्ली टाउन काउन्सिल केन्टका लागि बुधबार भएको निर्वाचनमा गुल्मी रूपाकोटका शंकर गैरे मेयर बन्न सफल भएका हुन् । यसअघि सोही काउन्सिलको उपमेयर रहेका गैरे बेलायतमा मेयर बन्ने पहिलो नेपाली बनेका छन् । बिभिन्न क्षेत्रमा काउन्सिलर हुने नेपालीको संख्या करिव एक दर्जन रहेपनि गैरे पहिलोपटक मेयर निर्वा्चित भएका हुन् । सन् १९९४ मा बेलायत प्रवेश गरेका गैरे बिगत १३ बर्षदे


भारतीय भूउपग्रह नेपालमा दुर्घटनाग्रस्त

शाख २९,अछाम । भारतले उडाएको एउटा शंकास्पद उपकरण मंगलबार नेपाली भूमिमा दुर्घटनााम परेको छ । भारतले मौसम प्रक्षेपण गर्नका लागि भन्दै उडाएको मानवरहित एक भूउपग्रह अछाममा दुर्घटनामा परेको हो । भारतको उत्तराखण्ड राज्यस्थित नैनीतालबाट उडाइएको सानो आकारको मानवरहित भूउपग्रह अछामको बलाता गाविसस्थित भिमडमा आइतबार दुर्घटनामा परेको हो । बलाता–५ भिमडका चेतमानसिंह थापाले घर नजिकै शंकास्पद बस्तु खसेको खबर गरेपछि सोमबार घटनास्थलमा पुगेको प्रहरीले भारतबाट उडाइएको भू–उपग्रह भएको निष्कर्ष निकालेको थियो । स्थानीयले खबर गरेपछि प्रहरी चौकी ढकारीका प्रहरी सहाक निरीक्षक परी बोहरोको नेतृत्वमा गएको टोलीले भारतबाट अत्याधुनिक बेलुनमार्फत उडाइएको भू–उपग्रह फेला परेको पुष्टि गरेको छ ।


नेताको गाडी ओभरटेक गर्दा गोली हानी हत्या

वैशाख २६, गया । भारतको बिहारमा जनता दल युनाइटेड (जेडीयू)का नेताको गाडीलाई ओभरटेक गरेको भन्दै एक १९ वर्षीय किशोरमाथि गोली हानी हत्या भएको छ। एनडीटीभीका अनुसार व्यवसायीका छोरा आदित्य सचदेव स्विफ्ट कारमा साथीहरुसँग गइरहेका थिए। उनीहरुको गाडीले जेडीइयू नेता मनोरमा देवीको रेन्ज रोभरलाई उछिन्यो। त्यो गाडीमा उनका छोरा रक्की बिहार पुलिसले उपलब्ध गराएको सुरक्षाकर्मी


बन्ला त अमेरिकी राष्ट्रपतिको निर्वाचन ऐतिहासिक ?

वैशाख २५, न्युयोर्क । अमेरिकामा आउँदो नोभेम्बरमा राष्ट्रपति निर्वाचन हुँदैछ । यो चुनावमा रिपब्लिकन पार्टीको तर्फबाट डोनाल्ड ट्रम्प उम्मेदवार बन्ने लगभग पक्का भएको छ । १२ महिना अघि धेरै कम मानिसलाई मात्रै यसको आशा थियो । डेमोक्र्या्टिक पार्टीको तर्फबाट उम्मेदवार चयन गर्ने क्रम भने चलिरहेको छ । डेमोक्र्या्टिकमा हिलारी क्लिन्टन र बर्नी सान्डेर्स्बिच प्रतिस्पर्धा जारी छ । तर क्लिन्टन नै उम्मेदवार बन्ने सम्भावना भने बढी छ । राष्ट्रपति निर्वाचनमा जस्तो परिणाम आएपनि त्यो ऐतिहासिक बन्ने भने पक्का छ । यसका धेरै कारण छन् । सन् २००९ मा जब बाराक ओबामा पहिलो पटक अमेरिकाको राष्ट्रपति बनेका थिए, त्यो बेला ओबामाको उमेर ४७ वर्ष थियो । उहाँ अमेरिका


मोदीको बिएको ‘सर्टि्फिकेट’ नक्कली!

वैशाख २३,नयाँ दिल्ली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्ययनका प्रमाणपत्र नक्कली भएको विवाद चलेको बेला नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले यसबारेमा सत्यतथ्य सार्वजनिक गर्न दिल्ली विश्वविद्यालयलाई पत्र लेखेका छन्। मोदीले दिल्ली विश्वविद्यालयबाट स्नातक र गुजरात विश्वविद्यालयबाट स्नाकोत्तर गरिएको भनिएपनि दिल्ली विश्वविद्यालयमा मोदीको कुनै रेकर्ड फेला नपरेको भन्दै केजरीवालले जनतालाई आफ्ना प्रधानमन्त्रीको योग्यताका बारेमा जान्ने हक भएकाले मोदीका बारेमा यथार्थ अनलाइनमार्फत् सार्वजनिक गर्न दिल्ली विश्वविद्यालयका उपकुलपतिलाई पत्र पठाएका हुन्। केजरीवालले दिल्ली विश्वविद्यालयमा मोदीको रेकर्ड फेला नपरेकोले उ


ग्रिसमा अपहरित नेपालीको सकुसल उद्दार

वैशाख १८,काठमाडौं । ग्रिसमा एक महिनाअघि अपहरणमा परेका संखुवासभा चैनपुरका कृष्ण गुरुङको उद्दार गरिएको छ । कृष्णको केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जले इन्टरपोलको सहयोगमा उद्दार गरेको हो । वैदेशिक रोजगारीका लागि सात वर्षअघि इराक पुगेका कृष्ण दुई वर्षअघि ग्रिस जानुभएको थियो । आफू अपहरणमा परेको परिवारलाई खबरगरेपछि दाइ चन्द्रप्रसाद गुरुङले प्रहरीमा उद्दरका लागि निवेदन दिनुभएको थियो ।


राष्ट्रसंघीय नायब महासचिव जान शनिबार नेपाल आउँदै

वैशाख १६,काठमाडौं । भूकम्पपछिको पुनर्निर्माण, मानवीय अवस्था लगायतको विषयमा प्रत्यक्ष जानकारी लिन राष्ट्रसंघीय उच्च अधिकारी शनिबार नेपाल आउने भएका छन् । महासचिव बान कि मुनपछिको दोस्रो नम्बरमा रहेका नायब महासचिव जान इलिएसन तीनदिने नेपाल भ्रमणमा आउन लागेका हुन् । राष्ट्रसंघीय महासभाको अध्यक्षसमेत रहिसकेका जान पछिल्लो समय नेपाल भ्रमण गर्ने


मलेसियामा नेपालीका लागि कानुनी सेवा सञ्चालन

वैशाख १५,क्वालालम्पुर । मलेसियास्थित नेपाली दुतावासले नेपाली कामदारलाई निःशुल्क कानुनी सेवा तथा परामर्श दिन स्थानीय कानुनी संस्था (ल र्फम) सँग सम्झौता गरेको छ । दुतावासका अनुसार कानुनी सहायताको अभावमा कामदारले विभिन्न समस्या भोग्नुपरेकाले यसै साता स्थानीय ’अब्दुल गनि चे मान एण्ड को’ (ल र्फम) सँग सम्झौता गरिएको हो ।


भारतीय सीमामा बंकर निमार्ण गर्दै पाकिस्तानः भारतको आपत्ति

वैशाख १३, काठमाडौं । पाकिस्तानले भारतको पश्चिी राज्य राजस्थानको सीमामा एक महिनायता करिब १८० वटा पक्की बंकर बनाएपछि भारतले आपत्ति जनाएको छ । भारतीय सीमा सुरक्षा बलका अधिकारीले भारत र पाकिस्तानबीच भएको द्विपक्षीय बैठकमा यस कदमप्रति भारतीय अधिकारीले आपत्ति प्रकट गरेका हुन् ।


आइएसद्वारा बंगलादेशमा प्राध्यापकको हत्या

वैशाख १२,ढाका । उत्तर पश्चिमी बंगलादेशमा शनिवार इस्लामिक लडाकू समहू आइएसका सदस्यले एक प्राध्याकको उनको घर नजिकै घाँटी रेटेर हत्या गरेका छन् । मुस्लिमको बाहुल्यता रहेको देश बंगलादेशमा केही समययता ब्लगर, बुद्धिजीवि र सामाजिक कार्यकर्तामाथि लगातार आक्रमण बढ्दै गएको छ ।


अबको अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्पल या हिलारी क्लिन्टन ?

बैशाख ९, वासिङटन डिसि । अमेरिकाको राष्ट्रपति पदको निर्वाचनमा रिपब्लिकन उम्मेद्वारको दाबदार डोनाल्ड ट्रम्पले न्युयोर्क निर्वाचनमा सजिलो जीतसँगै आफ्नो दाबी झन बलियो बनाएका छन्। यो जीतसँगै ट्रम्प रिपब्लिकन उम्मेद्वार बन्न आवश्यक डेलिगेट संख्याको नजिक पुगेका छन्।


पूर्वपत्नी भेट्न इजिप्ट एयरको विमान अपहरण !

चैत्र १६,काठमाडौं । इजिप्टको सहर अलेक्जान्ड्रियाबाट राजधानी कायरोका लागि उडेको इजिप्ट एयरको विमान अपहरण घटनामा आइएस वा त्यस्तै आतंकवादी समूह संलग्न भएको अनुमान गरिएको थियो। साइप्रसको लार्नाका विमानस्थलमा फोर्स ल्यान्ड गराएर यात्रुलाई मुक्त गरिएपछि सो विमान अपहरण केवल पूर्व पत्नी फिर्ता पाउन माग गर्दै भएको रहस्य खुलेको छ।


चीन दक्षिण एसिया संग सम्बन्ध बिस्तार गर्दै चीन

चैत्र १३, काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो देशको भ्रमणमा रहेका बेला महत्वपूर्ण सम्झौता गरेर नजिकिएको चीनले दक्षिण एसियाको अर्को देश बंगलादेशसँग निकटता बढाएको छ । चीनका राष्ट्रपति शी जिङ्गपिङ्गले बंगलादेशको ४५ औं राष्ट्रिय दिवसका अवसरमा राष्ट्रपति अब्दुल हामिदलाई पठाएको आफ्नो सन्देशमा दुई देशबीचको मित्रता केही समययता मजबुत हुँदै गएको उल्लेख गरेका छन् ।


ब्रसेल्स जलिरह्यो ओबामा नाचिरहे

चैत्र ११, काठमाडौं । दक्षिण अमेरिकाको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति बराक ओबामाले अर्जे्न्टिनाको राजधानी ब्युनसएरिसमा अर्जे्न्टिनी राष्ट्रपति माउरिसियो माक्रीले उनको सम्मानमा दिएको रात्री भोजमा ट्यांगो डान्स गरेका छन् । युरोपको राजधानी ब्रसेल्समा भएको आक्रमण पश्चात अमेरिका फर्कन उनलाई निकै दबाब रहेपनि बुधबार रातीको रात्रीभोजमा उनी एक युवतीसँग नाचेका थिए । उनको पत्नी मिचेल ओबामा पनि सरिक भएर अर्काे डान्सरसँग नाचेकी थिइन् ।


बेल्जियममा तीन दिनको शोक घोषणा

चैत्र १०,काठमाडौं । बेल्जियमको राजधानी सहर ब्रसेल्सको बिमानस्थल र भूमिगत मेट्रो स्टेशनमा मङ्गलबार भएको आक्रमणपछि त्यहाँको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । उक्त आक्रमणमा सम्लग्नको खोजी जारी छ भने प्रहरीले संदिग्ध व्यक्तिको स्केच सार्वजनिक गरी राष्ट्रिय रुपमा खोजी अभियान चलाएको जनाएको छ ।


एक चौथाई मृत्यु वातावरणीय प्रदुषणबाट विश्व स्वास्थ्य संगठन

चैत्र ५,काठमाडौं । विश्व स्वास्थ्य संगठनले विश्वमा हुने गरेका मृत्युमध्ये एक चौथाई मृत्यु वातावरणीय प्रदुषणबाट हुने गरेको जनाएको छ । संगठनले मंगलबार सार्वजनिक गरेको एक प्रतिवेदनमा वातावरणीय प्रदुषण, पानी तथा माटोको प्रदुषणका कारण विश्वमा हुने मृत्युमध्ये एक चौथाइको ज्यान जाने गरेको पाइएको हो । सन् २०१२ मा एक करोड २६ लाखभन्दा बढीको मृत्यु अस्वस्थ वातावरणमा बस्ने र कामगर्ने गरेका कारण भएको प्रतिवेदनमा उल्लेख छ ।


सारोपोभा संयुक्त राष्ट्रसंघको सद्भावना दुतबाट निलम्बीत

चैत्र,४,काठमाडौं । डोपिङमा असफल भएकी टेनिस सुन्दरी मारिया सारापोभालाई संयुक्त राष्ट्रसंघले आफ्नो सद्भावना दूतबाट निलम्बन गरेको छ । गत जनवरीमा २८ वर्षीय रसियन स्टारले मेल्डोनियम नामक प्रतिबन्धित औषधि प्रयोग गरेको पाइएपछि १२ मार्चमा निलम्बनमा परेकी थिइन् ।


यौन दासीलाई गर्भनिरोधक औषधि

काठमाडौं । बिद्रोही संगठन इस्लामिक स्टेट (आइएस¬¬)ले यौन दासीलाई विभिन्न किसिमका गर्भ्निरोधक औषधि दिने गरेको खुलासा भएको छ । इस्लामिक स्टेटले आफ्ना लडाकुका लागि यौन दासीको व्यवस्था गर्दै आएको कुराको यसअघिनै पुष्टि भईसकेको छ


भारतले काठमाडौंसम्म रेल सेवा विस्तार गर्ने

काठमाडौं । नेपालको सबैभन्दा बढी व्यापार घाटा रहँदै आएको मुलुक भारतले आफ्नो राजनीतिक र आर्थिक प्रभाव बढाउने उदेश्यका साथ भारतले उत्तर प्रदेशको बरौनीदेखि काठमाडौंसम्म रेल लाइन नेटवर्कको सर्वे तयारी थालेको छ । भारतका रेलमन्त्री सुरेश प्रभुले रेल बजेटमा बरौनी–काठमाडौं रेल नेटवर्क सर्वे गर्न बजेट छुट्याएरै योजना अघि सारेका छन् ।


बेलायती राजकुमार नेपाल आउदै

काठमाडौँ । बेलायती राजकुमार ह्यारी चार दिने भ्रमणका लागि आगामी चैत्र ७ गते नेपाल आउन लागेका हुन्। ह्यारी पहिलोपटक नेपाल आउँदैछन्। किङ्गस्टन प्यालेसले नेपालको पहाडी क्षेत्रको फोटो समेत ट्विट गर्दै भ्रमणको मितिबारे जानकारी दिएको हो।


उत्तर कोरियाको अर्को मिसाइल छिट्टै प्रक्षेपण गर्ने अनुमान

काठमाडौं । उत्तर कोरियाले तत्कालै विवादास्पद ‘भूउपग्रह’ प्रक्षेपण गर्ने तयारी गरेहेको छिमेकी शक्ति राष्ट्रहरुको अुनमान छ । मिसाईल तिब्र रुपमा प्रक्षेपण गरेपछि विश्वबाट एक्लिदै गएको यो मुलुकले फेबु्रअरी ७ देखि १४ को बीच पुन अर्को प्रक्षेपण गर्न सक्ने जापानी सरकारले जनाएको छ ।


अमेरिकाद्वारा २९ आतङ्ककारी मारिए

अफगाननिस्ताको नान्ग्राहार प्रान्तमा अमेरिकी सेनाको हवाई आक्रमणमा २९ इस्लामिक स्टेट, (आइएस) आतङ्ककारी मारिएको जनाइएको छ । सरकारी स्रोतका अनुसार गएराती मङ्गलबार उक्त घटना भएको हो ।


यी महिला एकैपटक पाँच बच्चा जन्माउँदै

अष्ट्रेलियाकी एक महिलाले एकै पटक पाँचवटा बच्चा जन्माउने भएकी छिन्। अष्ट्रेलियको पर्थमा बस्ने २६ वर्षीया मिक टुसी २६ हप्ताको गर्भवती रहेकी र उनको गर्भमा पाँच बच्चा रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।


मुस्लिमहरुको हकका लागि लड्ने फेसबुक संस्थापक जुकरवर्गको प्रतिवद्वता

गन्तव्य नेपाल न्यूज/काठमाडौँ फेसबुकका सस्थापक मार्क जुकरबर्गले फेसबुक मुस्लिमहरुको हकहितका लागि लड्ने प्रतिवद्वता जनाएका छन् । अमेरिकी राष्ट्रपतिको उमेद्धारको दौडमा रहेका एक रिपब्लिकन नेताको मुस्लिम विरोधी अभिव्यक्ति आएसँगै जुकरबर्ग मुस्लिमहरुको पक्षमा उभिएका हुन् ।


एप्पलले माग्यो माफी

गन्तव्य नेपाल न्यूज/काठमाडौँ विश्वप्रसिद्व कम्पनी एप्पलले माफी मागेको छ । कम्पनीको अस्ट्रेलिया स्थित एक स्टोरबाट ती ६ विद्यार्थी कामदारलाई कम्पनीबाट निकालेको थियो । विद्यार्थीहरुले यस घटनालाई जातीवादको संज्ञा दिएका थिए । त्यस्तै मेलवर्नको हाइपोइन्ट सपिङ सेन्टरको घटनाका फुटेज बाहिर आएपछि सामाजिक सञ्जालमा यसको चर्को निन्दा भएको थियो ।


भारतमा युद्ध थाल्ने आइएसको चेतावनी

गन्तव्य नेपाल न्यूज/काठमाडौँ इस्लामिक चरमपन्थी संगठन ‘इस्लामिक स्टेट’ (आइएस)ले भारतमा युद्वको चेतावनी दिएको छ । मंगलबार सार्वजनिक गरिएको आइएसको घोषणापत्रमा अबको युद्ध भारतमा केन्द्रित हुने बताइएको छ ।


भारतीय नाकाबन्दीविरुद्ध सिड्नीमा प्रदर्शन

गन्तव्य नेपाल न्यूज/काठमाडौँ अष्ट्रेलियामा रहेका गैरआवासीय नेपालीहरुले भारतीय नाकाबन्दीविरद्व शुक्रबार सिड्नीमा प्रदर्शन गरेका छन् । सिड्नीको मार्टिन प्लेसमा प्लेकार्डसहित भेला भएका सयौं नेपालीहरुले प्रदर्शन गर्दै भारतलाई तत्काल नाकाबन्दी हटाउन र नेपालमाथिको हस्तक्षेप बन्द गर्न आग्रह गरेका हुन् ।


पेरिसमा अर्को आक्रमण तीनको मृत्यु

गन्तव्य नेपाल न्यूज/काठमाडौँ एक सय २९ जनाको ज्यान जाने गरी आइएस आतंकवादीले गत शुक्रबार गरेको हमलापछि फ्रान्सको राजधानी पेरिसमा बुधबार पुनः अर्को आक्रमण भएको छ । आक्रमणमा परी तीन संदिग्ध आतंककारीसहित एक प्रहरीको पनि ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।


पेरिस हमलाको जिम्मा आइएसले लियो, फ्रान्सेली नागरिक पनि संलग्न

गन्तव्य नेपाल न्यूज/काठमाडौँ शुक्रबार राति पेरिसमा भएको हमलाको जिम्मेवारी मुस्लिम अतिवादी संगठन स्लामिक स्टेट (आइएस) ले लिएको छ । आफ्ना लडाकुले आक्रमण गरेको विज्ञप्तिमार्फत सो संगठनले जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।


दक्षिण सु्डानमा विमान दुर्घटना हुँदा ४० जनाको मृत्यु

गन्तव्य नेपाल न्यूज/काठमाडौँ दक्षिण सुडानको राजधानी जुबामा बुधबार कार्गो विमान दुर्घटना हुँदा ४० जनाको मृत्यु भएको छ ।


इन्डोनेसियामा ६.३ रेक्टर स्केलको भूकम्प

गन्तव्य नेपाल न्यूज/काठमाडौँ इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । पूर्वी इन्डोनेसियाको अलोर टापुको २८ किलोमिटर उत्तर–पश्चिम क्षेत्रलाई केन्द्रविन्दू बनाएर ६.३ रेक्टर स्केलको भूकम्प गएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।


हिरासतमा रहेका ५ खेलाडीलाई १७ दिन थुनामा राख्न म्याद थप गर्न विशेष अदालतको फैसला

गन्तव्य नेपाल न्यूज/काठमाडौँ म्याच फिक्सिङको आरोपमा प्रहरी हिरासतमा रहेका ५ जना खेलाडीलाई विशेष अदालतले १७ दिन थुनामा राख्न म्याद थप गरेको छ । राज्य विरुद्धको अपराधका लागि मुद्दा दर्ता गरिएको उनीहरुलाई मंगलबार विशेष अदालतले यस्तो फैसला गरेको हो ।


संविधान जारी भएकोमा ओबामाद्वारा खुसी व्यक्त

गन्तव्य नेपाल न्यूज/काठमाडौँ अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालमा लोकतान्त्रिक र समावेशी संविधान जारी भएकोमा नेपाल र नेपाली जनतालाई बधाई एवम् शुभकामना दिएका छन् ।


मक्कामा भागदौड : दुई सय २० जनाको मृत्यु

गन्तव्य नेपाल न्यूज संवाददाता/काठमाडौँ मुस्लिम धर्मावलम्बीहरुको प्रसिद्व धार्मिकस्थल साउदी अरबको मक्कामा हजका क्रममा भागदौड हुँदा २ सय २० जना बढीको मृत्यु भएको छ । सैतानको प्रतिमूर्तिलाई ढुंगा बर्साउने क्रममा बिहीबार भएको भागदौडका क्रममा अन्य ४ सय ५० जना बढी हजयात्री घाइते भएका छ्न् ।


पर्यटन प्रवद्र्धनका लागि बुद्धसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनको तयारी

बेल्जियमको ब्रसेल्समा आगामी मङ्सिर १४ र १५ गते गौतम बुद्ध र लुम्बिनीसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन हुने भएको छ । अन्तर्राष्ट्रिय रुपमा गौतम बुद्ध र बुद्धको जन्मस्थल लुम्बिनीको प्रचारप्रसार तथा सोसम्बन्धी भएका विवादलाई निस्तेज पार्न र बेल्जियममा बुद्धको दर्शनलाई आधिकारिक मान्यता दिलाउने उद्देश्यले लुम्बिनी कपिलवस्तु दिवस विश्व अभियानले आफ्नो सातौं वार्षिकोत्सवका अवसरमा सम्मेलन गर्न लागेको हो ।


जहाँ १२ वर्षमा केटीहरुको लिंग पलाउँछ

सुन्दैमा अपत्यारिलो, अनौठो तथा विचित्र लाग्ने यो कुनै कल्पना नभई सत्य रवास्तविकता हो । डोमिनिक गणतन्त्र नामक देशको दक्षिण पश्चिमी इलाकामा पर्ने स्यालिनास नामक गाउँमा केटीहरु किशोरावस्थामा प्रवेश गर्नैलाग्दा आफसेआफ केटा बन्ने गरेका छन् ।


मलेसियामा नयाँ संविधानको स्वागत

नेपालमा जारी हुन लागेको नयाँ संविधानको स्वागतमा मलेसियामा रहेका नेपालीहरुले भव्य स्वागत गरेका छन् । मलेसियामा सक्रिय तीन दलको सक्रियतामा क्वालालम्पुरमा संयुक्त रुपमा स्वागत कार्यक्रम गरेका छन् ।


ब्रिटिस एयरको जहाजमा आगो लाग्यो

एक सय ७२ जना यात्रुसहित अमेरिकाको लस भेगसबाट बेलायतको लण्डनका लागि उड्न लागेको जहाजमा धावनमार्गमै आगो लागेको छ । लस भेगसस्थित म्क्रान विमानस्थलबाट मंगलबार राति उड्नै लागेको ब्रिटिस एयरवेजको बोइङ ७७७ जहाज आगोले पूरै जलेको छ ।


चीनले विश्व सामु देखायो आफ्नो शक्ति

एजेन्सी। राजधानीमा करिब १२,००० सेना अनि आकाशमा उडाइएका फाइटर जेट सहित दोस्रो विश्वयुद्ध समाप्ती र जापान माथी गरेको विजयको ७० औं वार्षिकोत्सवको अवसर पारेर चीनले आफ्नो अभुतपुर्व सैन्य शक्तिको प्रदर्शन गरेको छ। चिनियाँ हतियारका बारेमा जान्न संसार व्यग्र प्रतिक्षामा थियो। तर चीनले जे निर्णय गर्यो अमेरिकापनि दंग पर्यो।


नेपालमा एक करोड भारतीय, उनीहरुको सुरक्षाप्रति भारतको चासो : भारतीय गृहमन्त्री |

काठमाडौं, भदौ १४ । भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालको तराई क्षेत्रमा एक करोड भारतीयहरु रहेको भन्दै उनीहरुको हीत रक्षाका लागि भाजपा सरकार सचेत रहेको बताएका छन् । नेपालको विद्यमान राजनीतिक अवस्थाप्रति भारत सजग रहेको भन्दै उनले नेपालमा बस्ने भारतीयहरुको सेवा–सुरक्षाप्रति भारत सरकारको चासो रहेको बताएका हुन् । भारत, उत्तर प्रदेशको महाराजगन्ज जिल्लामा आइतबार भारतीय सशस्त्र सीमा बल (एसएसबी)को नयाँ पोस्टको शिलान्यासका क्रममा नेपालबारे बोल्दै सिहंले मधेसको समस्या नेपालको आन्तरिक मुद्दा भएकोसमेत उल्लेख गरे । भारतको ‘मेल टुडे अनलाइन’ले सिंहको भनाइ उद्धृत गर्दै सोमबार प्रकाशन गरेको समाचारमा वर्षौंअघि भारतबाट बसाइँ सरेर नेपाल गएका मधेसीहरु भारतीय भएको र उनीहरुमध्ये धेरैले अझै पनि नागरिकता नपाएको उल्लेख गरेको छ । सो अनलाइनले गोरखपुरबाट निर्वाचित भारतीय जनता पार्टीका सांसद योगी आदित्यनाथले अहिले मधेसीहरुले चलाइरहेको आन्दोलनका लागि ‘लजिस्टिक’ सहयोग गरेको दाबीसमेत गरेको छ । यसैबीच, काठमाडौंस्थित भारतीय दूतावासले भने आफ्ना गृहमन्त्री राजनाथ सिंहले नेपालको तराईमा एक करोड भारतीय रहेको भन्ने अभिव्यक्ति नदिएको दाबी गरेको छ । सोमबार अपरान्ह विज्ञप्ति जारी गर्दै दूतावासले उक्त अनलाइन संस्करणमा प्रकाशित भनाइ गृहमन्त्री सिंहको नभएको बताएको हो ।


मलेसियामा पूर्वप्रधानमन्त्रीले नै मागे प्रधानमन्त्रीको राजीनामा |

काठमाडौं, भदौ १४ । भ्रष्टाचारमा संलग्न भएको भन्दै प्रदर्शनकारीले लगातार राजीनामाको माग गरे पनि मलेसियाका प्रधानमन्त्री नजिव रजाकले भने पद त्याग नगर्ने प्रष्ट गरेका छन् ।


आइएसद्वारा फेरि अर्को प्राचीन मन्दिर ध्वस्त |

काठमाडौं, भदौ १४ । सिरियाको प्राचीन सहर पल्माइरामा इस्लामिक अतिवादी समूह (आइएस)ले फेरि अर्को प्राचीन मन्दिर ध्वस्त पारेको छ । ठूलो विस्फोटका साथ मन्दिर ध्वस्त पारिएको स्थानीयले जनाएका छन् ।


डोमेनिकनमा ‘एरिका’ आँधीमा परी २० जनाको मृत्यु |

काठमाडौं, भदौ १२ । क्यारिबियन राष्ट्र डोमेनिकनमा ‘एरिका’ नामक आँधीमा परी २० जनाको मृत्यु भएको छ । आँधीमा दर्जनौं व्यक्ति हराइरहेका छन् ।


नागाल्यान्डमा ७ जना पृथकतावादी मारिए |

काठमाडौं, भदौ १२ । भारतको नागाल्यान्डमा सुरक्षा कारबाहीमा ७ जना पृथकतावादी मारिएका छन् । मारिने पृथकतावादी संगठन ‘एनएससीएन’ का ७ सदस्य हुन् ।


भूमध्यसागरको बीच बाटोमै डुंगा रोकिदाँ निसास्सिएर ५० जनाको मृत्यु

काठमाडौं, भदौ १० । लिबियाबाट भूमध्यसागर हुँदै युरोप प्रवेश गर्ने क्रममा रहेको एक डुंगा बीच बाटोमै रोकिँदा ५० जनाभन्दा बढीको मृत्यु भएको छ ।


प्रत्यक्ष प्रशारणका क्रममा अमेरिकामा दुई पत्रकारको हत्या

जागिरबाट निकालिएको रिसमा एक पूर्व पत्रकारले आफ्ना दुई सहकर्मीको टेलिभिजनको प्रत्यक्ष प्रशारणको क्रममा गोली हानी हत्या गरेका छन् । भेस्टर लि फ्लानागन नाम गरेका ती पूर्व पत्रकारले भर्जि्नियाको डब्लुबीजे नामक टेलिभिजनका दुई पत्रकारहरुको हत्या गरेका हुन् ।


माल्दिभ्सका पूर्व राष्ट्रपतिलाई जेल चलान |

काठमाडौं, भदौ ८ । माल्दिभ्सका पूर्व राष्ट्रपति मोहमद नसिदलाई जेल चलान गरिएको छ ।आतंकवादलाई प्रश्रय दिएको अभियोग लगाइएका नसिदलाई केही समयअघि माल्दिभ्सको सर्वोच्च अदालतले १३ वर्ष जेल सजाँय तोकेको थियो ।


रेलसँग ठोक्कियो लरी, विधायकसहित पाँचजनाको मृत्यु |

बेंग्लोर, भदौ ७ । भारतको आन्ध्र प्रदेशमा सोमबार बिहान लरी र रेल आपसमा ठोक्किदा एक विधायकसहित ५ जनाको मृत्यु भएको छ । आन्ध्र प्रदेशको अनन्तपुर जिल्लामा स्थानीय समय अनुसार बिहान २ः२२ बजे सो दुर्घटना भएको हो ।


उत्तरी फिलिपिन्समा आँधीबाट सात जनाको मृत्यु

उत्तरी फिलिपिन्समा आएको शक्तिशाली सामुद्रिक आँधी आएको छ । आँधीका कारण कारण सात व्यक्तिको मृत्यु भएको अन्तराष्ट्रिय माध्यमहरुले जनाएका छन् ।


दक्षिण कोरियाली पूर्वप्रधानमन्त्रीलाई भ्रष्टाचार मुद्दामा जेल

दक्षिण कोरियाकी पहिलो महिला प्रधानमन्त्रीलाई भ्रष्टाचारको आरोपमा जेल सजाय सुनाइएको छ । बिहीबार सर्वोच्च अदालतले उनीमाथि लागेको मुद्दाका सम्बन्धमा यसअघिको अदालतको फैसला सदर गरेपछि उनलाई जेल चलान गर्न आदेश दिइएको हो । यो फैसलासँगै उनलाई जेल चलान गरिने छ ।


आधा घण्टा लिफ्ट मै थुनिए भाजपा अध्यक्ष शाह

पटना, भदौ ४ । भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह पटनामा आधा घण्टा लिफ्ट मै थुनिएका छन् । बिहारमा विधानसभा निर्वाचनको तयारीस्वरुप एक दिनका लागि पटना आएका उनी एक गेस्ट हाउसको लिफ्टमा थुनिएका हुन् ।


ग्रीसका प्रधानमन्त्रीले राजीनामा दिए

ग्रीस, भदौ ४ । ग्रीसका प्रधानमन्त्री एलेक्सिस सिप्रासले राजीनामा दिएका छन् । उनले चाँडै मध्यावधी चुनाव गर्ने घोषणासमेत गरेका छन् ।


समुद्रमा फेला पर्‍यो सुनको सिक्का

काठमाडौं, भदौ ३ । अमेरिकाको फ्लोरिडाको समुद्रमा एक गोताखोरले सुनका सिक्काहरु फेला पारेका छन् ।अमेरिकी गोताखोर विलियम बार्ट्लेटले अटलान्टिक महासागरको किनारामा ३ सय ५० ओटा सुनका सिक्का फेला पारेका हुन् ।


इन्टरनेटमा भाईरल बनेको यो तस्बिर

कुनै पनि आमाले नवजात शिशुलाई स्तनपान गराउने कुरा कुनै नौलो होईन । तर, यहाँ एउटा यस्तो तस्विर छ, जहाँ एउटा बच्चा आफ्नो एउटी महिलाको गुप्ताङ्ग छोपिने गरी बसेको देखिन्छ, महिलाको भने शल्यक्रिया गरेको जस्तो देखिने घाउ देखिन्छ । छोटो समयमा नै यो तस्विर इन्टरनेटमा भाईरल भएको छ ।


‘ओसामा बिन लादेन पनि महात्मा गान्धीबाट प्रेरित थिए’

क्यालिफोर्निया, भदौ २ । अन्तर्राष्ट्रिय आतंकवादी संगठन ‘अल कायदा’ का पूर्व प्रमुख ओसामा बिन लादेनले कुनै समय अफगानिस्तानको कान्दाहारलाई आफ्नो अड्डा बनाएका थिए । सन् १९९७ देखि कान्दाहारमा बस्दै आएका लादेन अमेरिकाको हमलापछि त्यहाँबाट पलायन भएका थिए भने अलकायदाले रातारात आफ्ना कयौं अड्डा खाली गर्नुपरेको थियो ।


भारतीय राष्ट्रपतिलाई पत्नीशोक

नयाँ दिल्ली, भदौ १ । भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई पत्नी शोक परेको छ । राष्ट्रपति मुखर्जीकी पत्नी सुभ्रा मुखर्जीको ७४ वर्षको उमेरमा निधन भएको हो ।


इन्डोनेसियामा दुर्घटनामा परेको विमानमा सवार सबै यात्रुको मृत्यु भएको पुष्टि

काठमाडौं, भदौ १ । इन्डोनेसियामा आइतबार दुर्घटनामा परेको ‘ट्रिगाना’ एयर ‘एटिआर–४२’को विमानमा सवार सबै ५४ जनाको मृत्यु भएको छ ।


फूल फुल्ने विश्वकै सबैभन्दा पुरानो विरुवा पत्ता लाग्यो

काठमाडौं, भदौ १ । अमेरिकी वैज्ञानिकहरुले फूल फुल्ने विश्वकै सबैभन्दा पुरानो विरुवा पत्ता लगाएको दाबी गरेका छन् । यो विरुवा पानीमुनि रहन्छ ।


आधिकारिक मत परिणाम आउनु अघि नै हार स्वीकारे राजापाक्षेले

कोलम्बो, भदौ १ । श्रीलंकाका पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेले प्रधानमन्त्री बन्नका लागि गरेको प्रयास श्रीलंकाली जनताले विफल तुल्याएका छन् ।


बैंककमा विस्फोट, २१ जनाको मृत्यु

बैंकक, भदौ १ । थाइल्याण्डको राजधानी बैंककमा सोमबार साँझ एक हिन्दु मन्दिर नजिकै भएको विस्फोटमा कम्तीमा २१ जनाको मृत्यु भएको छ ।


अफगानिस्तानमा शक्तिशाली भूकम्प, भारतसम्म हल्लियो

काठमाडौं, श्रावण २५ । अफगानिस्तानमा सोमबार दिउसो ५ दशमलव ९ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ ।भूकम्पको झट्का भारत प्रशासित जम्मु-कश्मिर, पन्जाब, दिल्लीलगायत पाकिस्तानको राजधानी इस्लामावादमासमेत महसुस गरिएको थियो ।


अमेरिकामा एउटै घरबाट ८ ओटा शव बरामद

काठमाडौं, श्रावण २५ । अमेरिकाको टेक्ससस्थित एक घरबाट प्रहरीले ८ ओटा शव बरामद गरेको छ ।टेक्ससको हुस्टनस्थित एक घरमा प्रहरीले छापा मार्नेक्रममा प्रवेश गरेकै बेला सुरक्षाकर्मीमाथि गोली प्रहार भएपछि घटना उजागर भएको हो ।


बाँदरले पानीट्यांकीमा खसाल्दा दुई महिनाकी बालिकाको मृत्यु - See more at: http://imagekhabar.com/samachar/detail/50840/28/.meroml#sthash.7edP4Xlg.dpuf

राजस्थान, श्रावण २५ । भारतको राजस्थानस्थित रसीदपुरा गाउँमा एउटा बाँदरले दुई महिनाकी बालिकाको हत्या गरेको छ । घरको कोठामा सुतिरहेकी बालिकालाई बाँदरले बोकेर पानी ट्यांकीमा लगेर खसालेको थियो ।


एशियाली शेयर बजार निराशाजनक

साउन , शाङ्हाई (चीन) । सोमवार एशियाली शेयर बजारको अगष्टको शुरुआत निकै निराशाजनक बनेको छ । चीनको निराशाजनक तथ्याङ्कका कारण लगानीकर्ताको मनोबल प्रभावित बन्दा शेयर बजारमा कमी आएको हो । जुलाईमा चीनको म्यानुफ्याक्चरिङ क्षेत्रमा उच्च सङ्कुचन आएको तथ्याङ्क सार्वजनिक भएपछि त्यसको प्रभाव एशियाली शेयर बजारमा समेत देखिएको हो । यससँगै विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको सुस्ताउँदो वृद्घिप्रतिको चिन्ता झनै थपिएको विश्लेषण गरिएको छ । चीनको निजी तथा सरकारी दुवै सर्वेक्षणले कारखाना गतिविधि खस्किएको देखाएको छ । सोमवार चीनको बेञ्चमार्क शाङ्हाई कम्पोजिट इण्डेक्स १ दशमलव १ प्रतिशतले घटेर ३ हजार ६ सय २२ दशमलव ९१ अङ्कमा ओर्लिएको थियो । उता, हङकङको ≈याङ सेङ इण्डेक्स शून्य दशमलव ९ प्रतिशतले घटेर २४ हजार ४ सय ११ दशमलव ४२ अङ्कमा पुगेको छ । त्यस्तै अमेरिकी तलब वृद्घिको कमजोर तथ्याङ्कले पनि लगानीकर्ताको मनोबलमा कमी ल्याएको पाइएको छ । यो वर्षको दोस्रो त्रैमासमा अमेरिकाको श्रम कटौतीमा ३३ वर्षकै न्यून वृद्घि भएको बताइएको छ । त्यसैगरी सोमवार जापानी शेयर परिसूचक निक्केई शून्य दशमलव २ प्रतिशतले घटेर २० हजार ५ सय ४८ दशमलव ११ अङ्कमा आएको थियो भने अष्ट्रेलियाको एएसएक्स२०० शून्य दशमलव ४ प्रतिशतले घटेर ५ हजार ६ सय ७९ दशमलव ३० अङ्कमा आएको थियो । उता, जुनमा कोरियाको निर्यातमा भएको वृृद्घि र आयातमा आएको कमीका कारण चालू खाता बचत कीर्तिमानी उचाइमा पुगेको तथ्याङ्क हुँदाहुँदै पनि कोरियाली शेयरमूल्यमा भने कमी आएको छ । सो अवधिमा कोरियाली परिसूचक कोस्पी १ दशमलव १ प्रतिशतले घटेर २ हजार ८ दशमलव ४९ अङ्कमा आएको थियो । एजेन्सी


तेलको भाउ ६ महीनाकै न्यून बिन्दुमा

साउन , लण्डन (बेलायत) । अन्तरराष्ट्रिय बजारमा सोमवार कच्चा तेलको भाउ ६ महीनाकै न्यून बिन्दुमा ओर्लिएको छ । अत्यधिक आपूर्तिको समस्या थप बढेको र चीनको माग सुस्ताएको तथ्याङ्क सार्वजनिक भएपछि तेलको भाउ घटेको हो ।


तेलको भाउ बढ्यो

असार, लण्डन (बेलायत) । बुधवार अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ । चीनको बढ्दो शेयर बजारमा आएको सुस्ती र ग्रीसको ऋण सङ्कटले आर्थिक वृद्घि कमजोर बनाउने सम्भावनाबीच तेलको मागसमेत प्रभावित बन्ने चिन्ताका कारण शुरुआती कारोबारमा तेलको भाउ ३ महीनाकै न्यून बिन्दुमा ओर्लिएको थियो ।


जापानको चालू खाता बचत ११औं महीनामा

असार , टोकियो (जापान) । सन् २०१५ को मेमा जापानको चालू खाता बचत ११औं महीनामा उक्लिएको छ । सो अवधिमा कच्चा तेलको भाउमा आएको कमीले आयात लागत घटाएको र येनको अवमूल्यनले वैदेशिक नाफा बढाएका कारण बचत बढेको त्यहाँको अर्थ मन्त्रालयले बताएको छ ।


दक्षिण कोरियाको एफडीआई आप्रवाहमा उच्च कमी

असार, सोल (दक्षिण कोरिया) । सन् २०१५ को पहिलो अर्धवार्षिकीमा दक्षिण कोरियाको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) आप्रवाहमा कमी आएको एक प्रतिवेदनले देखाएको छ । सो अवधिमा कोरियामा भएको विदेशी लगानीमा दोहोरो अङ्कको कमी आएको त्यहाँको व्यापार, उद्योग तथा ऊर्जा मन्त्रालयले बताएको छ ।


सूर्तीजन्य पदार्थमा कर कम भयो

यसैबीच, डब्ल्यूएचओले संसारका कमैमात्र देशले उक्त सङ्गठनको मापदण्डबमोजिम सूर्तीजन्य पदार्थमा कर लगाएको बताएको छ । सङ्गठनले सूर्तीजन्य पदार्थहरूमा स्थानीयस्तरमा तय गरिएको खुद्रा मूल्यको कम्तीमा पनि ७५ प्रतिशत कर लगाउँदा विश्वमा धूम्रपान नियन्त्रणमा सहयोग पुग्ने धारणा व्यक्त गरेको छ ।


म्यागीका प्याकेट नष्ट गर्न नेस्लेले २० करोड रुपया खर्चियो

असार २२, नयाँ दिल्ली (भारत) । स्वीस बहुराष्ट्रिय खाद्य तथा पेय पदार्थ कम्पनी नेस्लेको भारतस्थित एकाइले आफ्नो उत्पादन म्यागी तयारी चाउचाउका प्याकेट नष्ट गर्न करीब २० करोड रुपया खर्च गरेको बताइएको छ ।


दक्षिण कोरियाली अटो निर्यात घट्यो

असार , सोल (दक्षिण कोरिया) । सन् २०१५ को पहिलो अर्धवार्षिकीमा दक्षिण कोरियाली अटोनिर्माताहरूको कार निर्यातमा कमी आएको छ । सो अवधिमा उदीयमान बजारको कार मागमा आएको कमी र जापानी मुद्रा येन र यूरोपेली मुद्रा यूरोको भाउमा आएको कमीका कारण कार निर्यात ३ प्रतिशतले घटेको एक सरकारी प्रतिवेदनले देखाएको छ ।


विश्वका अढाइ अर्ब मानिस सरसफाइको पहुँचबाहिर

असार , मनिला (फिलिपिन्स) । विश्वमा अढाइ अर्ब मानिस सरसफाइको पहुँचबाट बाहिर रहेको एक प्रतिवेदनले देखाएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) तथा राष्ट्रसङ्घीय बालकोष युनिसेफले सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वका हरेक तीन जनामध्ये एक जना सरसफाइको पहुँचबाहिर रहेका छन् ।


सामसुङको सञ्चालन नाफा बढ्यो

असार , सोल (दक्षिण कोरिया) । सन् २०१५ को दोस्रो त्रैमासमा दक्षिण कोरियाली बहुराष्ट्रिय इलेक्ट्रोनिक्स कम्पनी सामसुङको सञ्चालन नाफामा वृद्धि भएको छ ।


ग्रीस बहिर्गमनको जोखीम लिन चाहन्नौं : फ्रान्सेली प्रधानमन्त्री

असार २२, पेरिस (फ्रान्स) । ग्रीस यूरोजोनबाट बाहिरिने विषयले पार्नसक्ने प्रभावका बारेमा फ्रान्सले कुनै पनि जोखीम लिन नचाहेको फ्रान्सेली प्रधानमन्त्री म्यानुअल भल्सले बताएका छन् ।


ग्रीसको जनमतसङ्ग्रहपछि शेयर बजारमा हलचल

असार , बर्लिन (जर्मनी) ।ग्रीसमा भएको जनमतसङ्ग्रहमा कर्जादाताको प्रस्ताव अस्वीकार गर्ने पक्षको जितसँगै एशियाली तथा यूरोपेली शेयर बजार घटेको छ । यससँगै यूरापेली मुद्रा यूरोको मूल्यसमेत घटेको छ ।


ग्रीसले कर्जादाताको प्रस्ताव नमान्ने

असार २१, एथेन्स (ग्रीस) । ग्रीसमा आइतवार भएको जनमतसङ्ग्रहमा त्यहाँका नागरिकले अन्तरराष्ट्रिय कर्जादाताहरूले पेश गरेको प्रस्ताव मान्न अस्वीकार गरेका छन् ।


नेपाल सरकार र नेपाली जनताको साथमा भारत सधैँ रहन्छ : भारतीय विदेशमन्त्री

असार ९, काठमाडौँ । भारतका विदेशमन्त्री सुष्मा स्वराजले भूकम्पपछिको पुनःनिर्माणका लागि आफ्नो मुलुक नेपाल सरकार र नेपाली जनताका साथ सदैव रहने बताएकी छिन् । बाह्य सहायता जुटाउने उद्देश्यले आयोजना हुने ‘नेपालको पुनःनिर्माणका लागि अन्तरराष्ट्रिय सम्मेलन’ मा भारत सरकारको प्रतिनिधित्व गर्दै बुधबार साँझ नेपाल आएकी उनले


पाकिस्तानद्वारा विदेशी दाता समूहलाई मुलुकमा रहन दर्ता नवीकरण गर्न आग्रह

इस्लामाबाद, असार २ गते । पाकिस्तानले मङ्गलबार मुलुकमा सञ्चालन भएका सबै अन्तर्राष्ट्रिय दाता समूहलाई तीन महिनाभित्र सम्बन्धित अधिकारीहरूसमक्ष आफ्नो दर्ता नवीकरण गर्न आग्रह गरेको छ ।


नेपालमा भूकम्पले सगरमाथालाई दक्षिणपश्चिमतर्फ सार्यो : चिनियाँ अध्ययन

बेइजिङ, असार २ गते । अप्रिल महिनामा नेपालमा आएको विनाशकारी भूकम्पले सगरमाथालाई तीन सेन्टिमिटर ९एक इन्चभन्दा केही बढी० दक्षिणपश्चिमतर्फ सारेको तर त्यसको उचाइमा परिवर्तन नभएको मङगलबार प्रकाशित एक चिनियाँ अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।


अफगानिस्तानको दक्षिणी भागमा लडाकूले सत्र प्रहरी मारे

अफगानिस्तान, जेठ ३० गते । अफगानिस्तानको दक्षिणी प्रान्त हेलमान्डको एक सुरक्षा चौकीमा शनिबार बिहान तालिवान लडाकूले आक्रमण गरी १७ प्रहारी मारेको जानकारी अधिकारीहरूले दिएका छन् । हेलमान्ड प्रान्तका प्रहरी प्रमुख नबी जान मुल्लाहखिलले हेलमान्डको मुसा कला जिल्लाको प्रहरी चौकीमा दजनौँ सशस्त्र तालिवानले आक्रमण गरेको बताउनुभयो ।


तालिवानले गरे १७ प्रहरीको हत्या

अफगानिस्तान, जेठ ३० गते । अफगानिस्तानको दक्षिणी क्षेत्रमा रहेको एक प्रहरी चौकीमा तालिवानहरुले आक्रमण गरी कम्तीमा पनि १७ प्रहरीको हत्या गरेका छन् ।दर्जनौँको सङ्ख्यामा आएका तालिवानले सो प्रहरी चौकीमा अकस्मात हमला गरेका थिए । हेल्मण्ड प्रान्तमा रहेको प्रहरी चौकीमा सो हमला भएको हो ।


प्रमुख तेलक्षेत्रहरु कब्जा गरेको दावी

जुबा, जेठ २५ गते । दक्षिणी सुडानमा विद्रोहीहरु देशको उत्तरी भागमा अवस्थित तेलको प्रमुख क्षेत्रहरु शनिबार कब्जा गरेको दावी गरेका छन् । सरकारी सुरक्षाबलसँग भीषण लडाई भएको केही हप्ता पछाडी सो तेल क्षेत्रहरु कब्जा भएको दावी विद्रोहीले गरेका जनाइएको छ । विद्रोहीका प्रवक्ता जेमस गत्डेट दाकले एएफपी समाचार समितिलाई युनिटी राज्यको तेलक्षेत्रहरु सवै संरचना विद्रोहीको हातमा आएको दावी गरेका हुन् ।


यमनमा ११ विद्रोही मारिए

साना, जेठ २५ गते । यमनमा साउदी अरेबियाको नेतृत्वको हवाई कारबाही जारी नै रहेका बेला आइतबार ११ जना विद्रोही मारिएको समाचार छ । त्यहाँका हुथी विद्रोहीविरुद्धको विरुद्धमा साउदी अरेबियाको सेनाको नेतृत्वमा कारबाही जारी नै रहेको बताइएको छ ।सो कारबाहीका क्रममा आइतबार बिहानसम्ममा कम्तीमा पनि ११ जना विद्रोही मारिएका बताइएको छ ।


कारबम विस्फोटमा नौको मृत्यु

कारबम विस्फोटमा नौको मृत्यु बग्दाद, जेठ १५ । इराकको राजधानी बग्दादमा भएको एक कार बम विस्फोटमा परी मर्ने व्यक्तिको सङ्ख्या नौ पुगेको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । सो विस्फोटमा परी दर्जनौँ व्यक्ति घाइते भएका छन् । मध्य बग्दादमा रहेको इजहतार र बेबिलोन होटेल परिसरमा बिहीबार मध्य रातमा बम विस्फोटन भएको थियो ।


टान चरम आर्थिक संकटमा फस्दै जानुमा मुख्य दोषि को ?

मागेर भोजभतेर गर्नेले फूर्ति गर्न मिल्दैन

मागीमागी छोराको बिहे गर्दा जुन खालको परिस्थितिको सामना गर्नुपर्छ, ठीक यही ढंगको समस्या टानले वर्तमानमा बेहोरिरहेको छ । टानको क्रियाकलाप हेर्दा व्यवसायीको उत्थानभन्दा पनि एनजियो शैलीमा प्रचारमुखी र उत्तेजनामा टान नेतृत्व अगाडि बढिरहेको छ । अन्धाधुन्ध कार्यक्रम आयोजना गर्दै संस्थालाई आर्थिक घाटा लगाएर व्ययभार बढाउनु भएन । कुहिरोमा हराएको कागजस्तै टानले आफ्नो लक्ष्य र दिशा पहिचान गर्न नसक्दा ठूलो आर्थिक ऋणमा फस्न गएको अवस्था हो ।

वर्तमानमा व्यावसायिक संस्थाको बीचमा टानको गरिमा भन्दा बेइज्जत भएको छ । व्यवसायीको पीरमर्का र भावनालाई आत्मसाथ नगर्ने र कार्यसमितीभित्र छलफल नै नगर्ने प्रबृत्तिकै कारण आर्थिक भार थपिन गएको कुरामा शंका छैन । संस्थाको सफलतामा कार्यसमितिकै महत्वपूर्ण भूमिका हुने भएपनि टान नेतृत्वले यसलाई गम्भिरताका साथ नलिने र बेलाबखत कार्यसमितिभित्रको विरोध शान्त पार्न आंशिक बजेट परिचालन गर्ने स्थितिकै कारण ऋणको बोझ थपिदै गएको हो ।
उत्तेजनाकै स्वरुपमा केही दिनअघि सम्पन्न टान साधारणसभामा रु ३९ करोडको बजेट टिम्सबापतको रकम भन्दै पर्यटन बोर्डबाट ल्याउने घोषणा भयो । रकम आउनु त सकारात्मक कुरा हो । यद्यपि लेखासमितिले पर्यटन बोर्डलाई टानको आर्थिक हैसियत पारदर्शी नभएको भन्दै कुनै पनि कारोबार नगर्नु भनेको स्थितिमा टिम्सबापतको रकम तत्काल टानले प्राप्त गर्ने स्थीति देख्दिन ।
उत्तेजक योजना होइन, व्यावहारिक हुन सक्नुपर्यो । टान कर्मचारीलाई समयमा तलब खुवाउन नसक्नेले भारी उपदानको चर्चा छाड्नुपर्यो । ट्रेकिङ आफैँमा जोखिमको क्षेत्र हो , पर्वतीय पर्यटन यात्राका दौरान फेरी पनि हुदहुद आँधीजस्ता समस्या सामना गर्नु नपर्ला भन्ने हुँदैन, यस्तोमा वर्तमानको टानको छविले उद्धार तथा राहतको स्थिति सबल हुने सम्भावना एकदमै कम छ । सहयोगी संस्थाको सहयोग नरहन सक्छ । यसर्थ यस किसिमको जोखिमको पूर्व तयारीका लागि टान नेतृत्वले सामूहिक छलफल गरेर नयाँ भिजनका साथ प्रस्तुत हुनुपर्छ । टानको ऋण तिर्न हामी सक्षम छौ । टानको हालत सधँै यही अवस्थामा रहन रहने छैन, अप्ठेरोलाई समाधान गरेरै छाड्छौँ ।

छेटुप तामाङ, प्रबन्ध निर्देशक –अल्टिच्यूट र्यान्डम ट्रेकिङ

यस्तो छ, पर्यटन व्यावसायीको दसैँ शैली

दसैँ मान्न यसपालि गृह जिल्ला धादिङ जाने तयारीमा छु ।   सप्तमीका दिन धादिङ घर पुग्ने कार्यक्रम छ । भूकम्पपछि पुर्ननिर्माण भएको पुर्खौली घरमा परिवारका सदस्यहरुमाझ यस वर्षको दसैँ मनाउने हाम्रो तयारी छ । तीन दाजुभाइमध्ये एक जना विदेशमा हुनुहुन्छ, हामी दुईजना दाजुभाइ, बुबा आमा र परिवारका अन्य सदस्य तथा छोराछोरी र भतिजभतिजीहरु सबै भेला हुँदा साँच्चै रमाइलो अनुभुति हुन्छ । परिवारको संख्या ठूलो भएको र परिवारमा सबैजसो मांसाहारी सदस्यहरु रहेकाले सदा झैँ यस वर्ष पनि ठूलो खसी काट्छौँ । मान्यजनको आर्शिवाद लिने र आफूभन्दा सानालाई टिका लगाइदिने, खानपिनमा परिवारका सदस्यहरुसँगै सहभागी हुन्छौँ ।

सानो छँदा गाँउमा रोटे पिङको चलन थियो । यद्यपि अहिले केही हराएजस्तो भएपनि केटाकेटीहरु त्यसमै झुम्मिएको देख्दा मन फुरङ्ग हुन्छ । दसैँ मान्न गाउँ जाने भएकाले यसपालि पर्यटकहरुलाई टिका लगाउने काम भने हुँदैन । सबै साथीहरुलाई बडादशैको शुभकामना भन्न चाहन्छु ।

 

राजेन्द्र सापकोटा, प्रबन्ध निर्देशक -मोजाइक एड्भेन्चर ट्रेकिङ

पर्यटनमन्त्रीलाई व्यवसायीको सुझाव ?

विदेशी एयरलाइन्सको अनुगमन आवश्यक

– आन्तरिक भ्रमण बर्ष २०७३ लाई सफल पार्न पर्यटन मन्त्रालयले तदारुकता देखाउन जरुरी छ ।
– विदेशी एयरलाईन्सको अनुगमन गर्नु जरुरी छ । सम्बन्धित एयरलाइन्सको जिडिएस सिस्टम सबैले नपाउने अवस्था छ, यसलाई सन्तुलित गर्नुप¥यो ।
– पर्यटन बोर्डमा कर्मचारीको संख्या बृद्धि गरिनु नितान्त आवश्यक छ । आवश्यक कर्मचारी अभावमा व्यवसायीको काम समयमै नभएको प्रति पर्यटन मन्त्रालयको ध्यान जाओस् । यसका साथै पुर्व मेची देखी पश्चिम महाकालीसम्मका पर्यटकीय संभावना बोकेका क्षेत्रलाई उजागर गर्न जरुरी छ ।

 

यम बहादुर खड्का, अध्यक्ष –सोसाइटी अफ ट्राभल एण्ड टुर्स अपरेटर्स

घुमफिर तथा आन्तरिक भ्रमण वर्ष २०७३ बारे के भन्छन् व्यवसायी ?

प्रचारप्रसारमा कञ्जुस्याई गर्नुहुँदैन

सरकारले कुनै योजना विना नै घुमफिर तथा आन्तरिक भ्रमण वर्ष २०७३ घोषणा ग¥यो । त्यस कारणले पर्यटन व्यवसायी र सरोकारवाला निकायहरु अन्योलमा परेका छन् । घोषणा गरेको जानकारी आम जनमानसमा राम्रोसँग नपुग्दा घोषणा भएको यत्तिका समय वितिसक्दा पनि त्यसको प्रभावकारिता देखिएको छैन । यस अवसरमा देशभित्रका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गरेर टूर प्याकेजको घोषणा गर्नुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा प्रचारप्रसार गर्न कञ्जस्याई गर्नु हुदैन ।

ऋषि प्रसाद नेपाल, प्रबन्ध निर्देशक -इन्काउन्टर्स नेपाल डट कम प्रालि

पर्यटन विकास गर्ने सरकारी योजना तपाईलाई कस्तो लाग्यो ?

उत्साहित बनाउने कुरै छैन 

समग्रमा सरकारले आर्थिक वर्ष २०७३÷०७४का लागि ल्याएको नीति तथा कार्यक्रम राम्रो छ । पढ्दा र सुन्दा त लाग्छ नेपाल विकासको गतिमा कहाँ पुगेछ, तर विडम्बना हेर्नुहोला सरकारले ल्याएको यो कार्यक्रम कार्यन्वयन नै हुँदैन । यसले गर्दा मलाई  यो नीति तथा कार्यक्रम आएकोमा खासै उत्साह छैन ।

योजना बनाउनु राम्रो हो । त्यसलाई कार्यन्वयन गर्ने दृढता पनि देखाउनुपर्छ । जस्तो उदाहरणका लागि सरकारले २०१८ लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने घोषणा गरेको छ तर त्यसका लागि आवश्यक पूर्वाधार निर्माणका विषयमा ध्याए दिए जस्तो मलाई लाग्दैन । ०१८ मा होइन ०१९ मा मनाऊ तर त्यसका लागि आवश्यक पूर्वाधारको विकास गरेर । अहिले सबै खालका पर्यटकीय गतिविधिहरु डामाडोल छन् । त्यसले यस्तो परिस्थितिबाट कसरी उकास्ने भन्ने तर्फ हामीले सोच्नुपथ्र्यो । हाम्रो कार्यक्रम र योजनाहरु त्यसतर्फ केन्द्रित हुनुपथ्र्यो ।  महत्वकांक्षी योजनामात्र बनाएर हुँदैन । अहिले हेर्नुुुस् आएका पर्यटकलाई त राम्रो सेवा दिन सकेका छैनौं उनीहरुलाई सुरक्षित महशुस गराउन सकेका छैनौं भने टाउको गनेर मात्र के हुन्छ । त्यसकारण पर्यटक विकास गर्ने हो भने धेरै महत्वकांक्षी योजना मात्र बुन्ने होइन, पाहुनालाई बोलाएर कसरी राम्रो सत्कार गर्ने भन्नेतर्फ पनि सोच्नुपर्छ ।  

एकराज अधिकारी, (सचिव –रेष्टुरेन्ट एन्ड बार एसोसिएशन)

वैशाख १२ लाई कसरी लिएका छन् पर्यटन व्यवसायीले ?

अन्तर्राष्ट्रिय संचारमाध्यलाई नेपाल झिकाउ

    बैशाख १२ को भूकम्पले हामीलाई  विनाश गर्‍यो र त्यहीअनुसार हामीले पुर्ननिर्माणको काम पनि थालनी गर्‍यौ । त्यसकारण यो दिनलाई  हामीले विनाशपछिको विकासको रुपमा मनाउनुपर्छ । जसले गर्दा बैशाख १२ को सन्देश नेपाल सुरक्षित छ र विकासको गतिमा अगाडि बढ्दैछ भन्ने पनि हो ।  
    अहिले भूकम्पपछि नेपालको पर्यटन क्षेत्री केही रुपमा खस्किएको छ । जसलाई माथि उठाउनु पनि आजको आवश्यकता हो । त्यसकारण पर्यटन प्रवद्र्धनका लागि सबै भन्दा महत्वपूर्ण कुरा भनेको प्रचार प्रसारनै हो । नेपाल सुरक्षित छ भन्ने सन्देश प्रवाह गनुपर्छ । जसका लागि नेपालका साथसाथै अन्तराष्ट्रिय संचारमाध्यमलाईसमेत नेपाल ल्याएर नेपालको बारेमा अन्तर्राष्ट्रिय जगतमा नयाँ सन्देश प्रवाह गर्नुपर्छ । नेपालबारे समाचार संकलनका लागि सरकारले बीबीसी, सीएनएन जस्ता संचार माध्यमका प्रतिनिधिलाई नेपाल बोलाई दियोस् हामी व्यवसायीले उनीहरुलाई भ्रमण र अन्य व्यवस्थापनको जिम्मा लिन तयार छौ । अर्को कुरा बैशाख १२ गतेको दिन हामीले यो एक वर्षमा पुनः निर्माण गरेको एउटा स्थानमा विशेष कार्यक्रमको आयोजना गरि पुनःनिर्माणमा हामीले गरेको कामको उदाहरण सबैमाझ प्रस्ततु गर्नुपर्छ । जसले गर्दा अन्तर्राष्ट्रिय साथ र सहयोग सदैव रहिरहोस् ।

मोहन लम्साल, प्रबन्धनिर्देशक –मकालु एड्भेञ्चर

नेपाल पर्यटन बोर्डका नवनियुक्त सिइओलाई व्यवसायीहरुको सुझावः

सम्झौता कार्यान्वयन गर्नुस्  

चार वर्षपछि नेपाल पर्यटन बोर्डले सीईओ पाएको छ । पर्यटनका लागि यो पक्कै पनि खुसीको कुरा हो । मुलुकको पर्यटन क्षेत्र गम्भिर मोडमा पुगेको बेला बोर्डले नेतृत्व पाउनुले आशाको सञ्चार गरेको छ । 

पर्यटन बोर्ड आफैँ ‘प्यारालाईज्ड’ भएको छ, राम्रोसँग कार्यसम्पादन भइरहेको छैन । विगतको कुराहरुबाट पाठ सिकेर बोर्डले अब आफ्ना गतिविधिहरु दु्रतगतिमा अगाडि बढाउनुपर्छ । नयाँ नेतृत्व आएपछि बोर्डको संरचनागत सुधार होला भन्ने अपेक्षा छ । विगतमा पर्यटन बोर्ड र टानबीच पदयात्री सूचना व्यवस्थापनलगायत ‘इस्यू’हरुमा विभिन्न सम्झौताहरु भएका थिए । अब बोर्डले ध्यान दिनु जरुरी छ । पहिले आधिकारीक व्यक्ति नहुँदा समस्या थियो । अब त्यो अवस्था छैन । 
समस्याहरु समाधान होलान्, अब ती सम्झौताहरु कार्यान्वयन होलान् भन्ने आशा छ । निजी क्षेत्र र बोर्डको सम्बन्ध पनि अब सुमधुर होला भन्ने हाम्रो अपेक्षा छ । अन्तर्राष्ट्रिय प्रवद्र्वनका कामले पनि गति पाउलान् । 

कर्ण लामा, महासचिव -ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)

पर्यटन क्षेत्रमा उत्पन्न समस्या र अबको बाटो ?

विकल्प खोजेर समस्या समाधान गर्नुपर्छ

नाकाबन्दीका कारण अहिले इन्धनलगायत अन्य अत्यावश्यक बस्तुको चरम अभाव छ । जसकारण देशका हर क्षेत्र प्रभावित भएको छ । यसको प्रभाव पर्यटन क्षेत्रमा अझ गम्भिर रुपमा परेको छ । अहिले नेपाल भ्रमणमा रहेका पर्यटकहरुले आफ्नो भ्रमण छोट्याएर स्वदेश फर्किएका छन् भने नेपाल आउने तरखरमा रहेकाहरु पनि भ्रमण रद्ध गरेर बसेका छन् । 


पर्यटन जस्तो निकै संवेदनशिल र निकै महत्वपूर्ण यो क्षेत्रलाई यस्तो अभावका बेला राज्यले विशेष क्षेत्र तोकेर केही सहयोग गर्नुपथ्र्यो तर त्यो भएको छैन । भूकम्पपछि केही खस्किएको पर्यटनलाई माथि उकास्न हामीले नेपाल सुरक्षित छ भन्ने सन्देश दिन स्वदेश तथा विदेशमा प्रचारप्रसार पनि ग¥यौ । त्यसपछि हामीलाई केही आशा पनि पलाएको थियो तर अहिले विदेशीलाई नेपाल आउ भनेर भन्ने अवस्था समेत छैन । तथापी नाकाबन्दीको समस्या समाधानका लागि सरकारले तत्काल वार्ता र छलफलको बाटो अलम्बन गर्नुपर्छ । 

कमल सापकोटा प्रबन्ध निर्देशक : माउन्टेन डिलाइट्स ट्रेक्किङ

आगामी टान निर्वाचन बारेमा यसो भन्छन् व्यवसायी

टानमा शंका गर्नुपर्ने अवस्था देखिएको छ

टानले अहिले जे गरिरहेको छ, यो जिम्मेवारीपूर्ण कुरा भएन । आफ्नो मार्गबाट टान च्यूत भएको अवस्था देखिएको छ । विगतको अभ्यासअनुसार सेप्टेम्रबमै चुनाव सम्पन्न गर्नपर्ने हो । तर, यसका लागि तयारीका हिसावले शून्य देखिएको छ । अन्तिम घडीसम्म पनि निर्वाचनका लागि मिति घोषणा नगर्नुले टानमा शंका गर्नुपर्ने अवस्था देखिएको छ । 
टानको खर्च गर्ने प्रणाली पनि गलत छ । आफुलाई मन लागेको शिर्षक र क्षेत्रमा बजेट लैजाने, खर्च गर्ने परिपाटी छ । शिर्षस्त नेतृत्व र कार्यप्रणालीमा थुप्रै समस्याहरु देखिन्छ । 
हालसम्म निर्वाचनका लागि मिति तय गरिएको छैन् । अहिलेसम्म मिति घोषणा नगर्नुले सेप्टेम्बरमा चुनाव हुने सम्भावना टेरेको छ । अव डिसेम्बर वा यसको आसपासमा चुनाव होला । सेप्टेम्बरमै चुनाव गर्नका लागि हामी सचेत व्यवसायीहरु एक भएर नेतृत्वलाई दवाव दिनु जरुरी छ । 

 

शेखर बहादुर थापा, प्रबन्धनिर्देशक -अलपाईन एसियन ट्रेक्स एण्ड एक्स्पेडिसन

पर्यटनमा बजे‌ट ?

बजे‌टले‌ खासै‌ उत्साह दिन सके‌न आर्थिक वर्ष २०७२०७३ को‌ बजे‌टमा सर‌कार‌ले‌ पर्यटन क्षे‌त्रको‌ प्रवद्र्धन र‌ विकासका लागि खासै‌ उत्साहजनक रुपमा कार्यक्रम र‌ बजे‌ट छुट्याएको‌ दे‌खिँदै‌न । सर‌कार‌को‌ कार्यक्रम र‌ बजे‌ट अध्ययन गर्दा तीन÷चार‌वटा महत्वपूर्ण कुर‌ामा ध्यान नदिएको‌ दे‌खिन्छ । पहिलो‌ कुर‌ा पर्वतीय पर्यटनलाई पुनरुत्थान यो‌जनाअन्तर्गत र‌ाखे‌र‌ पुनर्निर्माण गर्नुपथ्योर्‌, त्यो‌ कुर‌ा आएन । भूकम्पबाट क्षतिग्रस्त पर्वतीय पर्यटनका रुटहरु र‌ प्रभावित क्षे‌त्रहरुको‌ पुनरुत्थानका लागि बजे‌ट विनियो‌जन भएको‌ पाइएन । साहसिक र‌ पर्वतीय पर्यटनको‌ पुनरुत्थानका लागि संसद्को‌ विकास समितिले‌ पर्यटन विकासका लागि सिफारि‌स गर‌े‌को‌ कुर‌ालाई समे‌त बजे‌टले‌ छो‌एको‌ छै‌न । अकोर्‌ कुर‌ा भूकम्पबाट प्रभावित पर्यटन क्षे‌त्रमा आबद्ध दुई लाख मजदुर‌ विस्थापित भएको‌ अवस्था छ । ठूलो‌ संख्याका मजदुर‌हरुलाई सम्बो‌धन गनेर्‌गर‌ी बजे‌ट छुट्याउनुपथ्योर्‌ त्यो‌ पनि छै‌न । त्यस्तै‌ पर्यटन क्षे‌त्रमा आबद्ध व्यवसायी र‌ लगानीकर्ताहरुलाई न्यूनतम ब्याजदर‌मा ऋण उपलब्ध गर‌ाउने‌ कुर‌ामा बजे‌ट मौ‌न छ । उपल्लो‌ मुस्ताङलगायतका क्षे‌त्रमा र‌ो‌यल्टी छुट्याउन सर‌कार‌ले‌ पहल गर‌े‌न । र‌ाज्यले‌ अर्थतन्त्रको‌ महत्वपूर्ण हिस्सा बो‌के‌को‌ पर्यटनलाई नजर‌अन्दाज गर‌े‌को‌ प्रष्ट छ । तर‌ यो‌ क्षे‌त्रलाई जति प्राथमिकता दिनुपथ्योर्‌ त्यो‌ पाइँदै‌न । शिक्षा, स्वास्थ्यलगायतका क्षे‌त्रमा संवे‌दनशील दे‌खिए पनि पर्यटनलाई स्थान दिएन । समग्रमा बजे‌टबाट हामी उत्साहित हुने‌ अवस्था छै‌न ।

र‌मे‌श धमला, अध्यक्ष -टान

पर्यटन र‌ाजनीति मुक्त हुनुपर्छ