Thursday, July 18, 2019

अमेरिका चिन व्यापार युद्ध रोकियो, हुवावेमाथिको प्रतिबन्ध फकुवा

प्रकाशित मिति: 2019/06/30

असार १५, काठमाण्डौ । अमेरिकी चिनियाँ व्यापार युद्ध तत्कालका लागि रोकिएको छ ।  

जापानको ओसाकामा भएको जी–२० सम्मेलनमा भएको राष्ट्रपति डोनाल्ड ट्रम्प र समकक्षी सी चिनपिङबीचको साइडलाइन वार्तापछि व्यापार रोकिएको हो । 
शनिबार भएको वार्तामा अमेरिकाले तीन सय अर्ब डलरका चिनियाँ सामानमा थप कर नलगाउने भएको छ भने चीनले अमेरिकासँगको व्यापार असन्तुलनलाई कम गर्न धेरै अमेरिकी सामान किन्ने भएको छ । 
यद्यपी यसअघि दुई देशले एकअर्काका सामानमा लगाएको कर भने कायम छ । 

उक्त वार्ताको सबैभन्दा महत्वपूर्ण उपलब्धि अमेरिकाले चीनको सबैभन्दा ठूलो सूचना प्रविधि कम्पनी हुवावेलाई लगाएको प्रतिबन्ध हटाउने भएको छ । 
राष्ट्रपति ट्रम्पले पत्रकार सम्मेलन गर्दै हुवावेका सामान अमेरिकी कम्पनीले बिक्री गर्न सक्ने पनि प्रष्ट पारेका छन ।
पछिल्लो समय सुरक्षाको कारण देखाउँदै अमेरिकाले हुवावेलाई प्रतिबन्ध लगाएपछि अमेरिका–चीन व्यापार युद्ध थप जटिल बनेको थियो । हुवावेले आफ्नो गोप्य सूचना चोरेको आरोप अमेरिकाले लगाएको थियो । 
राष्ट्रपति ट्रम्पले चीनमाथि वैद्धिक सम्पत्ति चोरी गर्ने प्रयास गरेको आरोप लगाएका थिए । चिनियाँ सामान अमेरिकामा बेचेर उनीहरूले अमेरिकी सुरक्षासँग जोडिएको विशेष सूचना दिन बाध्य बनाएको उनले बताउँदै आएका थिए। चीनले भने आरोप अस्वीकार गर्दै आएको छ ।

तपाईंको बिचार