Wednesday, October 23, 2019

पञ्जावमा छोरीलाई नर्सरीदेखि पिएचडीसम्मै निःशुल्क

प्रकाशित मिति: 2019/07/17

साउन १, भारत । भारतको पञ्जाव राज्यसरकारले पञ्जाबमा महिलालाई नर्सरीदेखि पिएचडीसम्म निःशुल्क शिक्षा दिने घोषणा गरेको छ।

क्याप्टेन अमरिन्दर सिंह नेतृत्वको सरकारले सरकारी विद्यालय र क्याम्पसमा छोरीलाई शिक्षा निःशुल्क गरेको हो।

मुख्यमन्त्री सिंहले आगामी शैक्षिक सत्रदेखि सबै विद्यार्थीलाई सरकारी विद्यालयमा पाठ्यपुस्तक पनि निशुल्क उपलब्ध गरिने  बताए।

साथै सरकारी विद्यालयमा आगामी शैक्षिक सत्रदेखि नर्सरी र एलकेजीका कक्षा पुनःसञ्चालन गरिने जानकारी दिए।

सिंहले चुनावी अभियानका क्रममा पञ्जाबभरी महिला शिक्षा निःशुल्क  गर्ने वाचा गरेका थिए।

पूर्ववाचाअनुसार उनले राज्यका १३ हजार प्राथामिक विद्यालय र ४८ सरकारी क्याम्पसमा वाइफाई निःशुल्क गर्ने घोषणा समेत गरेका छन्।

सन् २०११ को जनगणनाअनुसार पञ्जाबमा ७५ दशमलब ८४ प्रतिशत साक्षरता दर छ, जवकी भारतको औसत साक्षरता ७३ प्रतिशत छ। एजेन्सी

तपाईंको बिचार