Wednesday, August 21, 2019

भारतको १३२ गाउँमा छोरी नै जन्मिएनन्

प्रकाशित मिति: 2019/07/27

साउन ११, भारत । भारतको सानो हिमाली राज्य उत्तराखण्डको १३२ ओटा गाउँमा गएको तीन महिनामा एउटा पनि बालिका नजन्मेको एक प्रतिवेदनले देखाएको छ । 

यो प्रतिवेदन सार्वजनिक भएसँगै सरकारलाई यसबारेमा अनुसन्धान गर्न दबाव पुगेको छ । ‘नो गर्ल भिलेज अर्थात् बालिकाबिनाको गाउँ उत्तर काशीको हो । जहाँ ५५० गाउँ र पाँच ओटा शहरमा गरी चार लाख मानिसहरु बसोबास गर्दछन् ।  

धेरै इलाका पहाडी र दुर्गम क्षेत्रका रहेका छन् । यो तथ्यांकले एउटा देशको भयानक लैङ्गिक अनुपातलाई देखाएको छ । अवैधानिक लिङ्ग छनोट, गर्भपतनको कारण यस्तो डरलाग्दो तथ्यांक सार्वजनिक भएको बताइएको छ । 

आशा गरौँ यो पूर्ण रुपमा सत्य होइन । 

प्रतिवेदनका अनुसार १३२ ओटा गाउँमा गएको अप्रिल र मे महिनाको अन्तरालमा २१६ जना बालक जन्मिँदा एक जना पनि बालिका जन्मिएका छैनन् । त्यस्तै १२९ ओटा अन्य गाउँमा यही महिनाको अन्तरमा १८० जना बालिका जन्मिँदा एक जना पनि बालकको जन्म नभएको तथ्यांकले देखाएको छ । 

यसैगरी १६६ ओटा अन्य गाउँमा भने मिश्रित तथ्यांक सार्वजनिक भएको हो । ती गाउँमा तीन महिनाको अवधिमा ८८ जना बालिका र ७८ जना बालकको जन्म भएको तथ्यांकले देखाएको छ । 

समग्रमा उत्तरकाशीमा गएको अप्रिल र जुन महिनाको अवधिमा ९६१ जनाले जन्म लिएका छन् । जसमा ४७९ जना बालिका र ४६८ बालक रहेका छन्, बाँकी रहेको संख्या सम्भवतः जन्मनेबित्तिकै मृत्यु भएको पनि हुनसक्छ । 

यो संख्या १ हजार जना पुरुषको तुलनामा १ हजार २४ जना महिला हुन्छ, जुन अनुपात राष्ट्रिय औसतभन्दा धेरै छ । भारतको महिला र पुरुषको राष्ट्रिय औसत ९३३ महिलाको तुलनामा १ हजार पुरुष छ । 

अधिकारीहरुले भने सञ्चारमाध्यमहरुले स्वयंसेवी स्वास्थ्य तथ्यांक संकलनकर्ताहरुको सहयोगमा आफूखुशी प्रस्तुत गरेको बताएका छन् । झण्डै ६ सय जना स्वयंसेवकहरुलाई ती क्षेत्रमा रहेका गर्भवती महिला, शिशुको जन्मका साथै खोप र परिवार नियोजनका कार्यक्रम सञ्चालन गर्ने जिम्मा दिइएको थियो । 

‘मलाई लाग्छ सञ्चारमाध्यमहरुले छोरी नै नजन्मिएको समाचारलाई गलत ढंगले प्रस्तुत गरेका हुन् । हामीले यो विषयमा अनुसन्धान गर्न टिम बनाइसकेका छौँु, जिल्लाका वरिष्ठ अधिकारी आशिष चौहानले भने । 

पहिलो कुरा त यो तथ्यांक नै अपूरो र गलत हुनसक्छ, स्वास्थ्यकर्मीहरु पनि चुकेका हुनसक्छन् । कुनै एक गाउँमा छोरा मात्रै र अर्को गाउँमा छोरीको मात्रै संख्या पनि गणना गरिएको हुनसक्छ । 

दोस्रो कुरा, उत्तरकाशीमा थोरै जनसंख्या रहेको छ । एउटा गाउँको औसत जनसंख्या ५०० छ, केही ग्रामीण भेगका गाउँको औसत जनसंख्या झण्डै १०० छ । स्वास्थ्य अधिकारीहरुले एउटा सानो गाउँमा १०र१५ वटा घर भएको हुनसक्ने र ती गाउँमा एउटा मात्र लिङ्गका मात्रै शिशु भएको तथ्यांकले ‘विशेष अर्थ नराख्ने बताएका छन् । 

‘यदी केही गाउँमा बालिकाको जन्म नै नभएको भए त्यसले जिल्लाकै लैङ्गिक अनुपातमा प्रभाव पर्ने थियो, चौहानले भने ।  

स्थानीयहरुले भने छोरा र छोरीमा विगतको इतिहास हेर्दा केही भिन्नता भएको र उचित लैङ्गिक अनुपातमा जोड दिने गरेको बताएका छन् । 

‘बालक होस् या बालिका, हामी उनीहरु स्वस्थ र खुशी रहोस् भनेर प्रार्थना गर्छौुं, स्थानीय महिला रोशनी रावतले भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सलाई भनिन् । 

यी गाउँमा महिलाहरु पुरुषले भन्दा धेरै काम गर्ने गर्दछन् । खेतमा काम गर्ने, घाँस काट्ने, गाइ दुहुने, खाना पकाउने र घरका सबै काम महिलाले गर्ने गर्दछन् । पुरुषहरुमा मदिरा लत छ । 

अधिकारीहरुले केही वर्षयता ती गाउँका महिलाहरुको भ्रूणहत्याको तथ्यांक नभएको बताएका छन् । जिल्लाभरि तीन ओटा अल्ट्रासाउण्डका उपकरण छन्, तर ती सरकारी क्लिनिकहरुमा मात्र छन् । 

जनसंख्याले खाशै प्रभाव नपार्ने भएकोले गैरकानुनी भ्रूणहत्याको दर पनि उच्च नरहेको चौहानले बताए । 

तर एउटा चिन्ताजनक कुरा पनि छ । 

गएको अप्रिल र जुन महिना ९६१ जन्म मध्ये २०७ जन्म घरमा नै भएको तथ्यांक रहेको छ । बाँकी रहेको जन्म संख्या अस्पताल र क्लिनिकमा भएको हो । तीमध्ये १०९ जना बालक र ९३ जना बालिका रहेका छन्, यसले जिल्लाको लैङ्गिक अनुपातमा नै उथलपुथल गरिदिएको छ । 

‘यो तथ्यांक अलि आश्चर्यजनक छ । हामी अनुसन्धान गर्नुपर्छ । एम्बुलेन्स र क्लिनिक नपुगेका दुर्गम क्षेत्रका गाउँमा घरमा नै शिशुको जन्म हुने अवस्था छ, जिल्लाका वरिष्ठ चिकित्सक अधिकारी चन्दनसिंह रावतले भने । 

अबका केही हप्तामा हामीले हराइरहेका बालिका का बारेमा अझ बढी थाहा पाउन सक्छौँ । एजेन्सी

तपाईंको बिचार