Wednesday, October 23, 2019

जम्मू कश्मिरमा १० हजार अर्धसैनिक बल

प्रकाशित मिति: 2019/07/28

साउन १२, भारत । भारतको केन्द्रीय गृह मन्त्रालयले जम्मू कश्मिरमा थप सुरक्षाकर्मी तैनाथ गर्ने भएको छ । मन्त्रालयले जम्मू कश्मिरका मुख्य सचिव, गृह सचिव र डीजीपीलाई पत्र पठाउँदै थप सुरक्षाकर्मी नैताथ गरिन लागेको जानकारी दिएको छ । 

पत्रमा सीआरपीएफको ५० कम्पनी, बीएसएफको १० कम्पनी, सशस्त्र सीमा बल (एसएसबी) को ३० र आईटीबीपीको १० कम्पनीहरु जम्मू कश्मिरमा तैनाथ गरिने उल्लेख छ । 

भारतीय सञ्चार माध्यमहरुका अनुसार केन्द्रीय गृह मन्त्रालयले २५ जुलाईमा केन्द्रीय सशस्त्र पुलिस बलको सय कम्पनीहरु तत्काल तैनाथ गर्न निर्देशन दिएको जनाएका छन् । अधिकारीहरुका अनुसार थप सय कम्पनीहरु घाटी क्षेत्रमा पठाउने सम्भावना रहेको छ । एक कम्पनीमा झण्डै सय जना सुरक्षाकर्मी हुन्छन् । 

ती सुरक्षाकर्मीहरुलाई कश्मिर घाटीमा आतंकवाद निरोधक ग्रिडलाई सघाउन र कानुनी व्यवस्था बनाई राख्न तैनाथ गरिएको बताइएको छ । उनीहरुलाईं विमान र ट्रेनमार्फत घाटी क्षेत्रमा पुर्याउन सुरु गरिएको छ । लाइभहिन्दूस्तान 

 

तपाईंको बिचार