Wednesday, August 21, 2019

अस्ट्रेलियामा नेपाली संस्कृति एवम् परिकार महोत्सव भव्यताका साथ सम्पन्न

प्रकाशित मिति: 2019/07/31

साउन १५, काठमाडौं । नेपालीहरुको छाता संगठन (एनएएनटी) द्वारा आयोजित अष्ट्रेलियाको डार्विनमा नेपाली संस्कृति एवम् परिकार महोत्सव–२०१९ भव्यताका साथ सम्पन्न भएको छ । सो कार्यक्रम डार्विनको मुटुआटर फ्रन्टमा भएको थियो ।

नेपाली संस्कृतिक झाँकिद्वारा कार्यक्रमको सुरुवात भएको थियो, भने त्यस्तै जिवित कुमारी, नाखेनाच, कुमारी नाच, ढुङ्गेधारा, नेपाली भान्छा, नेपाल झल्कने कलावस्तु र नेपाली खानाका विभिन्न परिकारहरु बनाएका थिए ।

कार्यक्रममा औपचारिक रुपमा (एनएएनटी) का प्रसिडेन्ट सुभाष पोखरेल, अष्ट्रेलियन साँसद् लुक घोस्लीङ, स्थानिय सरकारका मन्त्रीहरु पल कर्ली र केट वार्डनले शुभकामना मन्तव्य राखेका थिए । 

सोहि कार्यक्रममा नेपाली समूदायमा निरन्तर सहयोग गर्ने व्यक्तित्व एवं संस्थाहरुलाई मायाको चिनो प्रदान गरीएको थियो ।

कार्यक्रममा विभिन्न नृत्य गायन एवं कविता वाचनहरु भएको थियो । कार्यक्रममा लगभग छ हजार व्यक्तिहरु सहभागि भएका थिए ।

तपाईंको बिचार