Wednesday, October 23, 2019

अमेरिकामा गोलीकाण्ड, ९ जनाको मृत्यु, १६ घाइते

प्रकाशित मिति: 2019/08/04

साउन १९, अमेरिका । अमेरिकाको ओहायो राज्यस्थित डेटनमा आइतबार बिहानीपख भएको गोलीकान्डमा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले गोली चलाउने व्यक्तिको मृत्यु भएको बताएको छ । गोलीकान्डमा अरु १६ जना घाइते भएका र उनीहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ । यस घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

अमेरिकाको टेक्सासमा शनिबार भएको अर्को गोलीकान्डमा कम्तीमा २० जनाको मृत्यु भएको थियो ।

उक्त गोलीकान्डमा अरु २६ जना सख्त घाइते भएका छन् । गोली चलेका बखत उक्त सपिङ मलमा अन्दाजी तीन हजार मानिस भेला भएका थिए । नयाँ शैक्षिक सत्रको पूर्वसन्ध्यामा आफ्ना स्कुले केटाकेटी लिएर शनिबार ठूलो संख्यामा अभिभावकहरु मलमा जम्मा भएका थिए ।

प्रहरीले गोली चलाउने संदिग्ध व्यक्तिलाई पक्राउ गरेको छ । ती व्यक्तिले घटना हुनुअघि फेसबुकमा राखेको सन्देशमा आफूलाई आप्रवासी अमेरिकीप्रति घृणा रहेको बताएका थिए । एजेन्सी

तपाईंको बिचार