Wednesday, August 21, 2019

जम्मू–काश्मीरलाई भारतले केन्द्र प्रशासित प्रदेश बनाएसँगै विश्वको ध्यान भारततर्फ

प्रकाशित मिति: 2019/08/08

साउन २३, भारत । नरेन्द्र मोदी नेतृत्वको सरकारले गत सोमबार संविधानको धारा ३७० खारेज गरेर जम्मु कश्मिरलाई केन्द्र प्रशसित सरकार बनाएसँगै यतिबेला विश्वको ध्यान भारततर्फ केन्द्रित छ ।

अमेरिकाले सुक्ष्म ढंगले अध्ययन गरिरहेको बताइरहँदा पाकिस्तान भारतको निर्णयको विरोधमा छ भने चीनले पनि यसलाई मान्य नहुने बताइरहँदा कश्मीरमा के हुने हो भन्ने कौतुहल बढ्दै गएको छ ।

जम्मु काश्मीरमा के भइरहेको छ, कसैलाई थाहा छैन । नेता नजरबन्दमै छन् भने सञ्चार सबै ठप्प पारिएका छन् । यता, भारत सरकारले गरेको निर्णयपछि जम्मु कश्मीरका जनताले यसबारेमा कस्तो क्रिया÷प्रतिक्रिया दिइरहेका छन् भन्ने आम कौतुहल बढ्दै गएको छ । उता, सरकारको निर्णयको भने खुलेर भारतमा प्रशंसा भइरहँदा विश्वभर यसको समर्थन र विरोध गर्ने क्रम सुरु भएको छ ।

पाकिस्तानले काश्मीरका जनतालाई जानकारी पनि नगराई निर्णय गरिएको भन्दै अन्तर्राष्ट्रिय अदालत र संघ संस्थामा भारतविरुद्ध उजुरी वा कुरा राख्ने बताइरहेको छ । उता, अमेरिका पनि यो विषयलाई नजिकबाट नियालिरहेको बताउँदा भारत आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने भन्दै सबैलाई चेतावनी समेत दिन थालेको छ ।

लद्दाखको विषयमा चीनले भारतद्वारा बनाइएकोे घरेलु कानुनले सीमा क्षेत्रमा काम गर्न नसक्ने जनाएको छ । लद्दाखको बारेमा सोधिएको प्रश्नमा चीनका विदेश प्रवक्ताले चीन सदा चीन–भारत सीमाको पश्चिमी क्षेत्रमा चीनको क्षेत्रलाई भारतको प्रशासनिक क्षेत्रमा सामेल गर्ने कुराको विरोध गर्ने बताएका छन् ।

छिमेकी मुुलुकबाट विरोधका स्वर गुन्जिरहँदा नेपालले यस विषयमा धारणा राख्नुपर्ने विषय पनि नउठेका भने होइनन् । तर, नेपालले यस विषयमा आफ्नो धारणा दिनु वा पक्ष्विपक्षमा उभिनु स्वयं नेपालको मुर्खता बाहेक अरु केही हुननसक्ने जानकारहरु बताउँदै आएका छन् । एजेन्सी

तपाईंको बिचार