Saturday, September 21, 2019

अन्तिम गोली र अन्तिम सेना रहुन्जेल भारतसँग लड्छौँः पाकिस्तान

प्रकाशित मिति: 2019/08/18

भदौ १, पाकिस्तान । भारत प्रशासित कश्मीरमाथि भारतले आफ्नो हक जम्ने गरेपछि भारत(पाकिस्तानबीच चर्कौ तनाब सिर्जना भएको छ । भारतसँग युद्ध गर्नसमेत तयार रहेको भन्दै प्रतिक्रिया जनाउन लागेको पाकिस्तानले शनिबार फेरी नयाँ प्रतिक्रिया जनाएको छ ।

पाकिस्तानले शनिवार फेरी भारतसँगल आफ्नो अन्तिम सैनिक रहुन्जेल एवं अन्तिम गोली भएसम्म लड्ने भन्ने प्रतिक्रया जनाएको हो । पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले भने ‘प्रोफेसनल सेना भारतसँग लड्न तयार छ, हाम्रा सबै संघहरु भारतविरुद्ध लड्न तयार छन् ।’

पाकिस्तानको कश्मीरमा बसेको मिटिंकै क्रममा इन्टर(सर्भिस पब्लिक रिलेशनका डायरेक्टर जनरल मेजर आसिफ गम्फरले पनि पाकिस्तान भारतसँग आफ्नो अन्ति सेना एवं अन्तिम गोली रहेसम्म लड्ने बताएका हुन् । उनले भनेका छन्, ‘भारतले कश्मीर फ्रि रहने भन्ने कुरा बिर्सियोस र आफ्नो प्रशासित कश्मीरका बारेमा सोचोस् ।’

कश्मीरका बारेमा संयुक्त राष्ट्रको सुरक्षा परिषदको बैठक ऐतिहासिक बनेको र सुरक्षा परिषदका कुनै पनि स्थायी सदस्यले यस्को विरोध नगरेको उनले बताएका छन् ।

अमेरिकाका लागि पाकिस्तानी राजदूत हुसैन हक्कानी ले ट्विट गर्दै भनेका छन्, ‘पाकिस्तानलाई चिनले समर्थन गरेको छ र गर्दै आएको थियो ।’ एजेन्सी

तपाईंको बिचार