Saturday, September 21, 2019

कस्मिरमा १५ दिनपछि विद्यालय खुले, त्रासले विद्यार्थी स्कुलै गएनन्

प्रकाशित मिति: 2019/08/20

भदौ ३, कश्मिर । भारत प्रशासित कश्मिरमा सोमबारबाट स्कुलहरु खुले पनि जारी तनावको कारण कमै मात्रै विद्यार्थी पढनपाठनमा सहभागी भएका छन् । 

भारत सरकारले अगस्ट ५ का दिन कस्मिरलाई दिँदै आएको विशेष राज्यमा मान्यतालाई अन्य गरेको थियो । त्यसयता कस्मिरमा कुनै प्रकारका हिंसात्मक घटना नहोस भनेर निषेधाज्ञा जारी गरिएको छ ।

मुस्लिम बाहुल्य रहेको कस्मिरको राजधानी श्रीनगरमा रहेका करिब दुई सय प्राथमिक विद्यालय खुला भएको अधिकारीहरुले जनाएका छन् । अभिभावकहरुले सुरक्षाको चिन्ताको कारण आफ्ना नानीहरुलाई स्कुल नपठाएको बताएका छन् । साथै विद्यार्थीहरुमा पनि एकप्रकारको त्रास कायमै रहेकाले विद्यालय जान नसकेको बताइएको छ ।

कस्मिरमा सुरक्षा कडा पारिएको भए पनि विशेष दर्जा दिने निर्णयको विरोधमा हिंसात्मक प्रदर्शनहरु भने हुँदै आएका छन् । एजेन्सी

तपाईंको बिचार