Thursday, November 14, 2019

किन आक्रोशित बने फ्रान्सका राष्ट्रपतिसँग ब्राजिलका राष्ट्रपति ?

प्रकाशित मिति: 2019/08/27

भदौ १०, फ्रान्स । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रो ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारूविरुद्ध आक्रोशित बनेका छन् । आफ्नी श्रीमतीबारे गरिएको अशिष्ट टिप्पणीलाई अनुमोदन गरेको भन्दै राष्ट्रपति माक्रो राष्ट्रपति बोल्सोनारूविरुद्ध आक्रोशित बनेका हुन् । राष्ट्रपति बोल्सोनाका एक समर्थकले माक्रोकी श्रीमती ब्रिगिटबारे एउटा फेसबुक पोस्ट गरेका थिए ।

सो पोस्टमा ब्रिगिट तथा बोल्सोनारूकी ३७ वर्षीया श्रीमती मिसेल बोल्सोनारूको रूपरंगको तुलना गर्न खोजिएको बताइएको छ । सो पोस्टमा टिप्पणी गर्दै बोल्सोनारूले पोर्चुगिज भाषामा ठट्टाको शैलीमा उनलाई नहोच्याऊ लेखेका थिए । बोल्सोनारूको टिप्पणीका सम्बन्धमा माक्रोले सो टिप्पणी अत्यन्त अशिष्ट र दुखद भएको बताएका छन् ।

राष्ट्रपति बोल्सोनारूले आफ्नी श्रीमतीबारे निकै अनादरपूर्ण कुरा गरेको भन्दै ब्रजिलका जनताप्रति आफ्नो उच्च सम्मान भएको र ब्राजिलले चाँडै उपयुक्त राष्ट्रपति पाउने आशा राखेको समेत बताएका छन् । एजेन्सी

तपाईंको बिचार