Thursday, November 14, 2019

व्यापार युद्धले चीनमा ३० लाख नोकरी गएकै हुन् त ?

प्रकाशित मिति: 2019/09/02

भदौ १६, वाशिङ्टन । गएको साल अमेरिका र चीनले एक अर्काको सामानमा अर्बौं डलर आयात शुल्क लगाइसकेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई गलत व्यापारिक गतिविधि र बौद्धिक सम्पतिको चोरी गरेको आरोप लगाएका छन् । 

हालै जी–७ कौ बैठकमा ट्रम्पले भनेका थिए, ‘‘बितेका केही महिनामा चीनलाई ठूलो झड्का लागेको छ । त्यहाँ ३० लाख मानिस नोकरीविहीन भएका छन् । चाँडै यो भन्दा बढी संख्यामा बेरोजगार हुनेछन् । ’’

पहिलो पटक ट्रम्पले ट्रेड वारबाट चीनलाई भएको नोक्सानबारे भनाइ राखेका थिए । बितेको हप्तामा उनले भनेका थिए, ‘‘उनीहरुले कम समयमा २५ लाख नोकरी गुमाइसकेका छन् ।’’

ट्रम्पलाई यो संख्या कहाँबाट मिल्यो भन्ने कुरा खुलेको छैन । बीबीसीको यो सवालको जवाफमा ह्वाइट हाउसको पत्रकार सम्मेलनका क्रममा हङ्गकङ्गस्थित अखबार साउथ चाइना मर्निङ्ग पोस्टमा जुलाईमा छापिएको एक लिंकमार्फत् दिइएको छ । सो लेखमा चीनको लगानी बैंक चाइना इन्टरनेशनल क्यापिटल कर्प (सीआइसीसी) को हवाला दिँदै जुलाई २०१८ बाट मे २०१९को बीचमा म्यानुफ्याक्चरिङ सेक्टरमा ट्रेड वारका कारण १९ लाख नोकरी गएको जनाइएको छ । 

ट्रम्पका प्रवक्ताका अनुसार सीआइसीसी सर्वेमा मे महिनापछिको तथ्यांक सामेल छैन । त्यतिबेला चीनको सामानमा आयात शुल्कमा भारी बढोत्तरी गरिएको थियो । 

यद्यपि यो कुराको कुनै स्पष्टीकरण दिइएन । २५ लाख वा ३० लाखको तथ्यांक सम्म राष्ट्रपति कसरी पुगे रु बीबीसीले अमेरिकी वित्त विभागसँग सम्पर्क गर्यो तर अहिलेसम्म जवाफ दिइएको छैन ।

अमेरिका र चीनको ट्रेड वारका कारण चीनमा नोकरी गएको कुनै आधिकारिक आँकडा छैन । तर, चीनका दुई वटा बैंकको आर्थिक सर्वेक्षणले बताए अनुसार यसबाट औधोगिक क्षेत्रमा १२ लाख देखि १९ लाख नोकरीमा असर गरेको छ । आयात शुल्कमा बढोत्तरीले चीनको म्यानुफ्याक्चर क्षेत्रमा असर परेको छ । तर, नोकरी दोस्रो कारणले पनि गएको छ । 

अमेरिकास्थित थिंक ट्यांक पिटर्सन इन्स्टिच्युट अफ इन्टरनेसनल इकोनोमिक्ससँग जोडिएकी मेरी लबली भन्छिन्, ‘‘नोकरीमा गिरावट गन्न सकिन्छ । तर, समस्या यो छ कि यसको कारण के हो त्यो भन्न गाह्रो हुन्छ ।’’

कुन कारणले यस्तो भयो यो साबित गर्न असम्भव छ । चीनमा म्यानुफ्याक्चरिङ्ग क्षेत्रमा नोकरीमा गिरावट पहिलेदेखि नै भइरहेको छ ।

किनकी चीन अव सर्भिसमा आधारित अर्थव्यवस्था तर्फ अघि बढेको छ । वित्त क्षेत्रमा नयाँ नोकरी पैदा भएका छन् । यो परिवर्तन ट्रेड वारबाट शुरु भएको थियो । चीनको म्यानुफ्याक्चरीङ्ग क्षेत्रका कारण ती देशमा पनि दबाबको सामना गर्नु परिरहेको छ, जहाँ सस्तो श्रम उपलब्ध छ । चीन सरकारले सहरी क्षेत्रमा रोजगारी बढाउने तर्फ विशेष ध्यान दिएको छ । 
विश्व वैंकका अनुसार सन् २०१८ मा चीनमा कुल श्रम शक्ति ७८।८ करोडको रहेको थियो । अर्थात् म्यानुफ्याक्चरिङ्ग सेक्टमा २० लाखको गिरावटको अर्थ केवल ०.२५ प्रतिशत हो ।
 
सरकारको आधिकारिक तथ्यांक अनुसार देशमा ३.८ प्रतिशत बेरोजगारी छ जुन सन् २००२ देखि अहिले सम्मकै सबैभन्दा कम हो । 
तर, अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ यस्तो समयमा आएको छ जुन बेला चीनको कम्युनिस्ट पार्टीले आफ्नो ध्यान नोकरीको बजारमा विशेष रुपमा दिइरहेको छ । गएको जुलाईमा देशको सर्बोच्च फैसला लिने चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरो बैठकले भनेको थियो, ‘‘रोजगारी उसको सबै भन्दा ठूलो प्राथमिकताको क्षेत्र हो ।’’ 
बीबीसी

तपाईंको बिचार