Saturday, September 21, 2019

क्यालिफोर्नियामा डुङ्गामा आगलागी हुँदा २५ को मृत्यु

प्रकाशित मिति: 2019/09/03

भदौ १७, लस एन्जेलस । दक्षिण क्यालिफोर्नियाको सान्टा क्रुज द्वीपमा डुङ्गामा एक्कासी आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ९ व्यक्ति बेपत्ता भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनामा ५ जनालाई जीवितै उद्धार गरिएको छ । 

क्यालिफोर्नियाको तटीय क्षेत्रमा सोमबार मध्यरात दुर्घटना भएको हो ।

बेपत्ता व्यक्तिहरुको खोजी जारी रहेको प्रहरीले जानकारी दिएको छ । स्थानीय समयानुसार सोमबार बिहान ३ः१५ बजे दुर्घटना भएको तटीय गार्डका क्याप्टेन मोनिका रोचेस्टरले बताएका छन् । डुङ्गामा ३९ व्यक्ति सवार रहेका पनि मोनिकाले बताए । सिन्ह्वा

तपाईंको बिचार