Monday, October 21, 2019

अवैध आप्रवासीलाई निकाल्ने भारतीय गृहमन्त्रीको घोषणा

प्रकाशित मिति: 2019/09/19

असोज २, काठमाडौं । भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले नेसनल रजिस्ट्रर अफ सिटिजन्स (एनआरसी) लाई आसाममा मात्रै सीमित नराखी देशभर लागू गरिने बताएका छन् । उनले सबै अवैध आप्रवासीहरुलाई देशबाट बाहिर निकालिने पनि घोषणा गरे ।

भारतीय दैनिक पत्रिका हिन्दूस्तानले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले भने, ‘तपाईंहरु ईंग्ल्याण्ड, नेदरल्यान्ड्स, अमेरिका गएर बस्नुस् । तपाईंलाई कसैले घुस्न दिने छैन । भारतमा आएर चाहिँ कोही कसरी बस्न सक्छ ? यसरी देश चल्दैन ।’

उनले समयको आवश्यकता भन्दै देशका सबै नागरिकले दर्ता हुनपर्ने बताए । चुनावी घोषणापत्रमा नै भाजपाले देशभर एनआरसी लागू गर्ने प्रतिबद्धता जनाएको साहले स्मरण गराए । यसका अलावा अन्य कानूनी प्रक्रियाहरुमार्फत कारबाही गर्ने उनको भनाइ छ ।

नेसनल रजिस्टरको कारण भारतमा रहेका नेपाली र नेपालीभाषीहरुलाई अप्ठेरोमा पार्न सक्ने आकलन गरिएको छ ।

तपाईंको बिचार