Monday, October 21, 2019

इण्डोनेसियामा शक्तिशाली भूकम्प

प्रकाशित मिति: 2019/09/26

असोज ९, जकार्ता । पूर्वी इण्डोनेसियामा आज बिहान ६.५ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी जियोलोजिकल सर्भेले जनाएको छ । सो भूकम्प मालुकु प्रान्तमा बिहान ८ बजेर ४६ मिनेटमा गएको हो । जनधनको क्षति भएको विवरण आइसकेको छैन ।  भूकम्प निकै शक्तिशाली महसुस गरिएको स्थानीयले बताएका छन् ।

सर्वसाधारण घरबाट निस्केर भागाभाग गरेका थिए ।

सो भूकम्पबाट सुनामीको खतरा भने नरहेकोले शान्त हुन स्थानीय अधिकारीहरुले सर्वसाधारणलाई आग्रह गरेका छन् । एजेन्सी

तपाईंको बिचार