Thursday, December 12, 2019

चीनले सन् २०३० सम्ममा ६ जी नेटवर्क ल्याउने

प्रकाशित मिति: 2019/11/20

४ मंसिर, काठमाडौं । चीनले सन् २०३० सम्ममा ६ जी नेटवर्क ल्याउने र नयाँ प्रविधि ५ जीभन्दा १०० गुणा बढी तीव्र हुने देशको अग्रणी टेलिकम्युनिकेसन विज्ञले खुलासा गरेका छन् ।
बेइजिङले यसै महिनाबाट नेक्स्ट जेनेरेसन मोबाइल इन्टरनेट कनेक्सनमा अनुसन्धान र विकास शुरू गरेको छ । सुपरफास्ट ५ जी नेटवर्कहरू चिनियाँ नागरिकहरूका लागि उपलब्ध गराइएको केही दिनपछि नै राज्यको पहलमा ६ जीको काम शुरू गरिएको हो । 

‘६ जी व्यापारिक प्रयोजनका लागि सन् २०३० सम्ममा सार्वजनिक गरिनेछ । विकासको विधिका आधारमा यो आकलन गरिएको हो तर निश्चित छैन,’ ६ जी विकास गर्ने टोलीका एक सदस्य याङ यिफेङले बताए । ६ जीको विकास प्रक्रियालाई तीव्र गति दिनका लागि थप विकसित विधि फेला परेमा सन् २०३० अघि नै त्यसलाई सार्वजनिक गरिने सम्भावना रहेको याङले बताए । 

विज्ञहरू उक्त प्रविधिको खोजको आरम्भिक चरणमा रहेको तर ६ जी अहिलेको ५ जीभन्दा १० देखि १०० गुणा तीव्र गतिको हुने अपेक्षा गरिएको उनले बताए । एजेन्सी

 

तपाईंको बिचार