Saturday, March 25, 2017  |    

हिरासतमा रहेका ५ खेलाडीलाई १७ दिन थुनामा राख्न म्याद थप गर्न विशेष अदालतको फैसला

प्रकाशित मिति: 2015/10/27

गन्तव्य नेपाल न्यूज/काठमाडौँ

म्याच फिक्सिङको आरोपमा प्रहरी हिरासतमा रहेका ५ जना खेलाडीलाई विशेष अदालतले १७ दिन थुनामा राख्न म्याद थप गरेको छ । राज्य विरुद्धको अपराधका लागि मुद्दा दर्ता गरिएको उनीहरुलाई मंगलबार विशेष अदालतले यस्तो फैसला गरेको हो । 
राज्यविरुद्धको अपराध ऐन २०४६ अन्तर्गतका मुद्दाहरु विशेष अदालतले हेर्ने र सोही अनुसार उनीहरुलाई अदालतमा लैजान लागिएको प्रहरीले जनाएको छ ।
म्याच फिक्सिङको आरोपमा राष्ट्रिय फुटवल टिमका कप्तान सागर थापा, सन्दीप राई , अन्जन केसी, रितेश थापा र विकाससिंह क्षेत्री अहिले थुनामा छन् ।
प्रहरीले असोज २७ गते उनीहरुलाई पक्राउ गरेपनि विवादका कारण अदालतमा उपस्थित गर्न सकेको थिएन् । उनीहरुलाई एसियाली फुटबल महासंघ र एन्फाले पनि प्रतिबन्ध लगाएको छ । अनुसन्धान नसकिएसम्मका लागि ५ जना खेलाडीलाई प्रतिबन्ध लगाएको महासंघ र एन्फाले जनाएको छ ।

 

तपाईंको बिचार