Sunday, May 28, 2017  |    

इन्डोनेसियामा ६.३ रेक्टर स्केलको भूकम्प

प्रकाशित मिति: 2015/11/04

गन्तव्य नेपाल न्यूज/काठमाडौँ
इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । पूर्वी इन्डोनेसियाको अलोर टापुको २८ किलोमिटर उत्तर–पश्चिम क्षेत्रलाई केन्द्रविन्दू बनाएर ६.३ रेक्टर स्केलको भूकम्प गएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । 
छिमेकी पूर्वी टिमोरमा समेत अनुभव गरिएको सो भूकम्पबाट घर, व्यापारिक तथा सार्वजनिक भवनहरुमा क्षति पुगेको बताईएको छ । क्षतिको पूर्ण विवरण आउन बाँकी छ । प्रारम्भिक रिपोर्टहरुमा मानवीय क्षतिको खबर नआएको आईसकेको छैन् । 
भूकम्पसँगै सुनामीको चेतावनी नदिइएको एसोसिएटेड प्रेसले जनाएको छ । 

 

तपाईंको बिचार