Wednesday, August 23, 2017

पेरिस हमलाको जिम्मा आइएसले लियो, फ्रान्सेली नागरिक पनि संलग्न

प्रकाशित मिति: 2015/11/15

गन्तव्य नेपाल न्यूज/काठमाडौँ
शुक्रबार राति पेरिसमा भएको हमलाको जिम्मेवारी मुस्लिम अतिवादी संगठन स्लामिक स्टेट (आइएस) ले लिएको छ । आफ्ना  लडाकुले आक्रमण गरेको विज्ञप्तिमार्फत सो संगठनले जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले  जनाएका छन् ।  
त्यस्तै पेरिस आक्रमणका अनुसन्धानकर्ताहरुले घटनास्थलको अनुसन्धानबाट घटनामा एक जना फ्रान्सेली नागरिक पनि संलग्त भएको बताएका छन् । ती फ्रान्सेली नागरिक २९ वर्षीय उमर इसमाइल मुस्तर्फइको पहिचान भएको अधिकारीहरुले बताएका छन् । शुक्रबार राति पेरिसमा भएको आतंकवादी आक्रमणमा १२९ जनाको मृत्यु भएको थियो ।
उमर इसमाइली आपराधिक पृष्ठभूमिका हुन् र इस्लामिक कट्टरपन्थी प्रवृत्तिका कारण उनको सेक्युररिटी फाइल पनि बनेको थियो ।
यस्तै घटनामा मारिएका एक आक्रमणकारीबाट सिरियाली पासपोर्ट भेटिएको छ । उनी गत महिना ग्रिस हुँदै गएको ग्रिस सरकारले बताएको छ ।
आक्रमणकारीहरु ग्रिसको बाटो भएर युरोप आएकोबारे अनुसन्धान भइरहेको छ ।
पेरिस प्रहरीले आक्रमणकारीहरुको बारेमा थप तथ्य पत्ता लगाउने प्रयास भइरहेको बताएका छन् ।
आइएस समूहले इराक र सिरियालाई केन्द्र बनाएर आफ्ना गतिविधि सञ्चालन गरिरहेको छ। 

 

तपाईंको बिचार