Friday, April 28, 2017  |    

पेरिसमा अर्को आक्रमण तीनको मृत्यु

प्रकाशित मिति: 2015/11/18

गन्तव्य नेपाल न्यूज/काठमाडौँ
एक सय २९ जनाको ज्यान जाने गरी आइएस आतंकवादीले गत शुक्रबार गरेको  हमलापछि फ्रान्सको राजधानी पेरिसमा बुधबार पुनः अर्को आक्रमण भएको छ । आक्रमणमा परी तीन संदिग्ध आतंककारीसहित एक प्रहरीको पनि ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 
आक्रमण भएको स्थानमा अहिले पुलिस र आतंकवादीबीच झडप जारी रहेको छ । भवनमा पेरिस हमलाका मास्टरमाइन्ड लुकेको हुनसक्ने अनुमान गरिएको छ । 
पुलिसले त्यहाँबाट तीनजना संदिग्ध व्यक्तिहरुलाई पनि गिरफ्तार गरेको छ ।  योसँगै पुलिसले पेरिसमा सर्च अपरेनशलाई तीब्र पारेको हो । 

 

तपाईंको बिचार